"संसदीय व्यवस्था" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
'''संसदीय व्यवस्था'''को जननी [[बेलायत]] लाई मानिन्छ । बेलायतमा १३ औ शताव्दीको अन्त देखि नै संसदको उत्पति भएको हो । त्यस्तै प्रकारले (कार्टेश - [[स्पेन]]को संसद )को अभ्यास पनि १३ औ शताव्दी देखि [[स्पेन]]मा हुन थालेको इतिहासकारहरूको भनाइ छ । [[बेलायत]]मा १०६६ इ.भन्दा पहिले एग्लो सेक्सन (Anglo-Saxon) राजघरानाको शासनमा विटेनागेमोट ९ध्ष्तभलबनamयत० र पछि नर्मन वंशीय राजाहरूका पालामा सामन्त, सरदार तथा भारदारहरूको भेला गरिन्थ्यो, जसलाई म्याग्नम कान्सिलियम ९ःबनलum ऋयलअष्िष्um० अर्थात महासम्मेलन भनिन्थ्यो । राजा स्वयं यसका अध्यक्ष हुन्थे । म्याग्नम कान्सिलियमको वैठक वरावर गरिरहनु बहुतै अप्ठ्यारो थियो । यस कारण राजाले चान्सलर, चेम्वरलेन आदि सर्वोच्च भारदारहरूको वैठक गरेर महत्वपूर्ण सवालहरूमा राय लिने गर्दथे यस वैठकलाई क्युरिया रेजिस ९ऋगचष्ब च्भनष्क० अर्थात राजकीय परिषद भन्दथे । (''खड्का,२०६३ पृष्ठ ११'')
यसरी विटेनागेमोट, म्याग्नम कान्सिलियम तथा क्युरिया रेजिस जस्ता सभा सम्मेलनबाट सामन्त, भारदार, पादरी हरूको प्रतिनिधित्व हुन्थ्यो । यसरी यी सामन्तहरूले विस्तारै आफनो अधिकार खोज्दै जाँदा सन् १२१५ मा राजा जोन ९प्ष्लन व्यजल०लाई १५ जुन १२१५मा एक अधिकार पत्रमा हस्ताक्षर गराए जसलाई [[म्याग्ना कार्टा|म्याग्नाकार्टा]] भनिन्छ । कानुन बमोजिम मुद्धा चलाई आपराधी नठहरेसम्म राजाले मनपरी कसैलाई थुन्न अथवा कानुनद्धारा प्राप्त कसैको सुविधा हरूको अपहरण गर्न अथवा कसैलाई ज्यान सजाय दिन नसक्ने ([[बन्दी प्रत्यक्षीकरण]]) तथा महासभाको स्वीकृति विना राजाले कुनै किसिमको कर लगाउन नसक्ने जस्ता कुरा त्यस महान अधिकार पत्रमा उल्लेखित थिए । म्याग्नाकाटा राजाको अधिकारलाई सीमा भित्र बाँध्ने पहिलो दस्तावेज थियो । (''पूर्ववत, पृष्ठ ११'')
राजा जोनका उतराधिकारीहरूले आफूखुसी भेला वोलाउने र मनलागेका बखत मात्र म्याग्नाकाटा परेका दफा वमोजिम कारवाही गर्दथे । यसवाट राजा र सामन्त पादरी महन्त वीचमा मनमुटाव वढ्दै गयो । सन् १२९५ इ.मा राजा इडवार्ड प्रथमलाई युद्धको निमित धन चाहिएकोले संसदको वैठक वोलाए, जसमा अर्ल ९भ्बचकि० अन्य महत्वपूर्ण भारदार ९द्यबचयलक० प्रधान पादरी ९ब्चअजदष्कजयउ० पादरी ९द्यष्कजयउ ० महन्तका साथै प्रत्येक काउन्टी वाट दुई दुई जनाका दरले सरदारहरू ९प्लष्नजतक० र प्रत्येक शहरवाट दुई जनाका दरले नागरिक पनि डाकिएका थिए । जसलाई आदर्श संसद ९ःयमभ एिबचष्बिmभलत ० भनिन्छ । यद्यपी यो पनि सच्चा जनप्रतिनिधि हरूको सभा नभइ धनी व्यापारी र नामुद व्यक्तिहरू थिए । (''पूर्ववत, पृष्ठ ११'')