"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३९५:
[https://en.m.wikipedia.org/wiki/Brock_Lesnar Brock lesnar] यसको उच्चारण झट्ट हेर्दा ब्रक लेस्नर जस्तो देखिन्छ। किनभने s लाई स तरिकाबाट उच्चारण गरिएको तर यसको अ.ध.व हेर्दा /ˈlɛznər/ यस्तो देखियो तसर्थ यसको मानक शीर्षक ब्रक लेज्नर बन्यो। तथापि, तपाईले लेस्नरको बाहुल्यता देख्नु हुन्छ, सञ्चार माध्यममा जसलाई मानक उच्चारण प्रति वास्ता नहुन सक्छ। अर्को पृष्ठ,[https://en.m.wikipedia.org/wiki/Louis_Tomlinson Louis Tomlinson] लुइस टम्लिन्सन देखिए पनि यसको उच्चारण /ˈluːi ˈtɒmlɪnsən/ यो अनुसार लुई हुन्छ। कयौँ शीर्षक लेखेको अनुसार उच्चारित हुँदैन। फरक तरिकाबाट हुन्छ र आधिकारिक थाह पाउनका लागि अ.ध.व को प्रयोग विश्वव्यापी रूपमा हुन्छ, यो मञ्चमा मात्र होइन। मराठी, हिन्दी नेपाली र अन्य देवनागरीमा लेखिने भाषामा '''क'''लाई '''क''' नै भनिन्छ। तर, रोमन लिपिमा लेखिने भाषाहरूमा उच्चारण फरक हुन्छ। उदाहरण, A= ए (अङ्ग्रेजी), J = जे (अङ्ग्रेजी), A = आ (स्पेनी, पुर्तुगाली, फ्रान्सेली आदी), J = (होता, hola =ओला), यसरी उच्चारण समानता नहुने हुँदा मानिसहरू निकै झुक्किन्छन् भनेर
[ˈxamez roˈðɾiɣes] राखिन्छ, ˈxamez = ˈxa= हा, me = मे, z = (सेता) = स, र हुन्छ हामेस। यसरी भ्रम मेटाउन निकै काम लाग्ने र एकदमै मानक मानिएको छ संसार भरि जस्को प्रयोगमा बढावा दिनु पर्छ। अङ्ग्रेजी शीर्षकमा त्यति धेरै समस्या देखिन्न किनभने हामी परिचित हुन सक्छौँ तर हालसालै फेरिएको शीर्षक उच्चारण विपरीत छ। [https://ne.m.wikipedia.org/wiki/%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%97%E0%A5%8B%E0%A4%9F_%E0%A4%B0%E0%A5%8B%E0%A4%AC%E0%A5%80 मार्गोट रोबी], तपाईले खोज्नुभयो भने २,३ थरिका शीर्षक फेला पार्नु हुन्छ, उदाहरण, म्याड्रिड पनि र मड्रिड पनि, थुप्रै छन् यस्ता शीर्षक, स्टकहोम, स्टोकहोम, स्टोकहोल्म, स्टकहोल्म, सबै भेटिन्छन् कुनलाई भरपर्दो मान्ने एउटाको माने अर्कोको उपेक्षा। [ˈstɔ̂kː(h)ɔlm] = ??। मलाई के लाग्छ भने नेपाली बृहत् शब्दकोशमा भएको शब्दको अनुसरण गर्नु पर्छ, गलत भएपनि। उदाहरण, आधिकारिक आर्हेन्तिना, नेबृश अर्जेन्टिना। नेबृशमा भएको शीर्षक अधव भन्दा पनि महान हो, र यो मानक निकाय हो। यहाँ बाहेकका उच्चारण [[अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला]] अनुसार हुनु पर्छ। नितिमा भनिए अनुसार, निकै प्रचलित को प्रयोग तसर्थ हामीले मान्ने म्यानमार, पोर्चुगल, ग्रीस आदी होला तर यी सबै अनाधिकृत उच्चारणहरू हुन् जसलाई नेबृशले पुष्टि गर्छ। यसमा किन काम लाग्दैन, प्रचलित??, [https://en.m.wikipedia.org/wiki/Saad_Lamjarred saad lamjarred], यसमा कसरी भयो सअद लिमुजर्रद भन्ने सबैलाई हुन सक्छ, किनकि यहाँ देखियो, साद लमजारिद, अथवा लमजार्रड अथवा अन्य कुनै। [https://en.m.wikipedia.org/wiki/Peshawar Peshawar], कसरी पिशावार? किनभने सधैँ pe पे, हुँदैन, पि पनि हुन्छ, उदाहरण wikipedia = विकिपिडिया सही पेडिया गलत। जसरी सजिलो भयो त्यसरी राख्छ अङ्ग्रेजीले भने हामीले गलत उच्चारण लिन पनि सक्छौँ, जस प्रति सचेत हुनुपर्छ। वर्ण सधैँ उच्चारणका लागि पूर्ण हुन्छ भन्ने छैन वा शान्त शब्दहरू हुन्छन् जुन लेखिने तर उच्चारण नहुने। एउटै वर्णको पनि फरक फरक उच्चारण भाषा अनुसार फरक हुन्छ। उदाहरण = ج यो जिम हो अरबीको जसले (ज) को काम गर्छ तर, मिस्री अरबीमा यो गीम हो जसले (ग)को काम गर्छ, गिजा भनिन्छ मिस्री अरबीमा तर पुस्राह अरबीमा यो जिजा हो। सबैले मान्ने अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्षमाला यहाँ सम्म की सबै विकिपिडियाले, हामीले मान्नु कुनै आपत्ति जनक छैन र अनुसारण हुन पर्छ मानक उच्चारणका लागि। [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) ०९:४६, २ जुलाई २०२० (नेपाली समय)
::नेपाली विकि हेर्ने भनेकै नेपालीहरुले हो। त्यसकारण लेखको नाम पनि नेपाली उच्चारणका आधारमा हुन पर्छ जस्तो मलाई लाग्छ।नेपालमा स्वर तथा उच्चारण जस्तो छ त्यस्तै शैलीमा लेख सृजना हुनु पर्छ। स्पेनी, फ्रान्सेली हरुको आधारमा उच्चारण गर्न कोसिस गरौंं।नगरौंं। अनि पर्वत जि को मैले पुराना सम्पादन हरु नि हेरे र अचम्म लागेर आयो, तपाईं त कोडहरुमा पनि नेपाली शब्दको प्रयोग गर्नुहुदो रहेछ। सबै कुराहरुको नेपाली अनुबाद हुदैन। कतिपय नेपालीहरुलाई त कम्प्युटर को नेपाली अर्थ नि थाहा नहोला। जसरी वेबसाईटहरुको युआरएल नेपाली भाषामा हुदैन त्यसै गरि कतिपय अङ्ग्रेजी शब्दहरुको ठोस नेपाली अर्थ नेपाली व्याकरणमै सामेल छैन। फेरि मानिसको नाम नै परिवर्तन गरि स्पेनी, पुर्तगाली इत्यादिमा परिबर्तन गर्न पक्कै नमिल्ला। याद गर्नुस विकिपिडियामा चौतारीको सहमती हुन जरुरी छ। तपाइँलाई ठिक लाग्यो भन्दैमा तपाईं आफ्नो मर्जी गर्न नि पाउनु हुन्न। नेपाली भाषा प्रयोग गरौ तर पढ्नेहरूले पनि बुझ्न सकुन, पुरै उच्चारणनै परिवर्तन गरि लेखलाई झन जटिल बनाउने कोसिस नगर्नुहोस्। मेरो राय यति मात्र हो। धन्यवाद [[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) १३:४३, २ जुलाई २०२० (नेपाली समय)