"नेपालको प्रधानमन्त्री" का संशोधनहरू बिचको अन्तर

831788द्वारा पुनरावलोकन Nepalaya001 (वार्तालाप) खारेज गर्नुहोस
चिनो: पूर्ववत
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
 
=== परिचय ===
नेपालको प्रधानमन्त्रीको पदलाई नेपाली इतिहासको फरक समयमा फरक नामले बोलाइएको छ। [[शाह वंश|शाह राजवंश]]को समयमा चौतारीया, काजी वा मुल्काजी (प्रमुख काजी) ले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्थे। वि.सं. १८६३ मा [[रणबहादुर शाह]]ले मुख्तियारको पद स्थापना गरे जसले देशको कार्यकारी शक्तिको जिम्मेवारी लिए।<ref>{{cite book|last=Nepal|first=Gyanmani|title=Nepal ko Mahabharat|publisher=Sajha|language=Nepali|year=2007|edition=3rd|pages=314|location=Kathmandu|isbn=9789993325857}}</ref> मुख्तियार शब्द दुई शब्दहरुबाट बनेको छ: 'मुख्य' र 'अख्तियार'। मुख्यको अर्थ प्रमुख<ref>{{cite web|url=https://www.collinsdictionary.com/dictionary/hindi-english/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF|title=English Translation of "मुख्य" - Collins Hindi-English Dictionary|date=|website=www.collinsdictionary.com|accessdate=26 March 2018|author=}}</ref> र अख्तियारको अर्थ अधिकार<ref>{{cite web|url=https://www.collinsdictionary.com/dictionary/hindi-english/%E0%A4%85%E0%A4%96%E0%A4%BC%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%B0|title=English Translation of "अख़्तियार" - Collins Hindi-English Dictionary|date=|website=www.collinsdictionary.com|accessdate=26 March 2018|author=}}</ref> हो। समग्रमा यसको अर्थ "राज्यको कार्यकारी प्रमुख" हो। सन् १८४३ मा प्रधानमन्त्रीको पद अंगिकार गर्नुपूर्व मुख्तियार कार्यकारी प्रमुखको पदमा थिए।<ref name="Kandel4">{{Cite book|last=Kandel|first=Devi Prasad|title=Pre-Rana Administrative System|publisher=Siddhababa Offset Press|pages=95|year=2011|location=Chitwan}}</ref> बेलायती परम्परा अनुसार प्रधानमन्त्रीको रूपमा आफूलाई उपाधि दिने पहिलो मुख्तियार [[माथवरसिंह थापा]] थिए।<ref name="Kandel4" /> सन् १९४३ को नोवेम्बरमा [[राजेन्द्र विक्रम शाह]]की दोस्रो रानी, ​​[[राज्यलक्ष्मी देवी|रानी राज्यलक्ष्मी देवी]]को घोषणाबाट माथवरसिंह प्रधानमन्त्री तथा [[नेपाली सेना]]को [[प्रधान सेनापति|कमाण्डर-इन-चीफ]] बने।{{refn|उनलाई सन् १८४३ को नोवेम्बरमै मुख्तियार एवं सेनापती घोषणा गरिएतापनि उनको नियुक्ती पत्र वि. सं. १९०१ आश्विन ७ गते (अर्थात् सन् १८४४ सेप्टेम्बर) मा मात्रै जारी गरिएको थियो।{{sfn|Regmi|1971|p=24}}|group=note}} [[राणा वंश|राणावंश]]को क्रममा प्रधानमन्त्रीको पद वंशानुगत थियो र उक्त पदाधिकारीले लम्जुङ र कास्कीका महाराजा, नेपालका सर्वोच्च कमाण्डर-इन-चीफ र नेपालको शाही आदेशका ग्रान्ड मास्टर जस्ता थप पदकहरू पनि प्राप्त गरेका थिए।
 
=== पहिलो प्रधानमन्त्रीका बारे राय: दामोदर पाँडे वा भीमसेन थापा ===
मुख्तियार [[भीमसेन थापा]] पहिलो व्यक्ति थिए जसलाई [[ब्रिटिश ईष्ट इण्डिया कम्पनी|बेलायती]]ले प्रधानमन्त्री भनेर सम्बोधन गरेका थिए।<ref name="Kandel4" /> त्यस्तै इतिहासकार चितरंजन नेपालीका अनुसार राज्यको सम्पूर्ण अधिकार र शक्ति राख्ने पहिलो संस्था मुख्तियारको स्थापना राजा राणा बहादुर शाह वाराणसीबाट नेपाल फर्केपछि भएको थियो। यद्यपि इतिहासकारहरुका अनुसार [[दामोदर पाँडे|काजी दामोदर पाँडे]] प्रधानमन्त्रीको रूपमा सत्ता सम्हाल्ने पहिलो व्यक्ति थिए किनभने दामोदर पाँडेको उदयसँगै आधुनिक प्रशासन प्रणालीको उत्पत्ति नेपालमा भएको थियो। सन् १७९४ को अप्रिल मा नेपालका संरक्षक चौतारीया [[बहादुर शाह]]को उनका भतिजा राजा राणा बहादुर शाहद्वारा केन्द्रीय शक्तिबाट निष्कासन गरियेपछि दामोदर पाँडे सबैभन्दा प्रभावशाली काजी थिए। नाबालिग [[गीर्वाणयुद्ध विक्रम शाह|राजा गीर्वाणयुद्ध]]को समय (सन् १७९९–१८०४)मा दामोदर पाँडेले प्रशासनलाई मूलकाजी वा प्रधानमन्त्रीको रूपमा प्रशासन र विदेश मामिलाहरू संचालन गर्ने पूर्ण अधिकारको साथ लिए। उनले पछिल्ला नेपाली इतिहासको महत्वपूर्ण उदाहरण प्रस्तुत गरे, जसमा राजा र प्रधानमन्त्रीका बीच प्रभावकारी शक्तिका लागि दोहोरो संघर्ष देखिएको छ। दामोदर पाँडेको मुख्य नीति नाबालिग राजाका अप्रत्याशित बाबुलाई वाराणसीमै राखी उनको रक्षा गर्नु र पुर्वराजाका पत्नीहरूको योजनालाई विफल पार्नु थियो। सन् १८०४ सम्ममा उनको यो निती असफल भैसकेको थियो। पुर्वराजाले आफु स्वयम फर्की मुख्तियारको जिम्मेवारी लिए।<ref>[http://countrystudies.us/nepal/10.htm Nepal:The Struggle for Power] (Sourced to [[U.S. Library of Congress]])</ref><ref>[https://books.google.co.jp/books?id=UWQtAAAAQBAJ&pg=PT216&lpg=PT216&dq=Damodar+Pande+kill&source=bl&ots=h8Fn__Pyjn&sig=4ugODHUyPsIvz317b3j-vnQsuz4&hl=ja&sa=X&ved=0CEsQ6AEwBmoVChMIsfq6jaLzxgIVlxqSCh2HAwpu#v=onepage&q=Damodar%20Pande%20kill&f=false The Bloodstained Throne Struggles for Power in Nepal (1775-1914) - Baburam Acharya]</ref>
 
=== वि.सं. १८२५–१८६३ (सन् १७६८–१८०६) ===