"नेपालको प्रधानमन्त्री" का संशोधनहरू बिचको अन्तर

नेपालको संविधानको लिंक थपियो। अन्य लिंक पनि थप गरियो।
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
 
=== परिचय ===
नेपालको प्रधानमन्त्रीको पदलाई नेपाली इतिहासको फरक समयमा फरक नामले बोलाइएको छ। [[शाह वंश|शाह राजवंश]]को समयमा चौतारीया, काजी वा मुल्काजी (प्रमुख काजी) ले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्थे। वि.सं. १८६३ मा [[रणबहादुर शाह]]ले मुख्तियारको पद स्थापना गरे जसले देशको कार्यकारी शक्तिको जिम्मेवारी लिए।<ref>{{cite book|last=Nepal|first=Gyanmani|title=Nepal ko Mahabharat|publisher=Sajha|language=Nepali|year=2007|edition=3rd|pages=314|location=Kathmandu|isbn=9789993325857}}</ref> मुख्तियार शब्द दुई शब्दहरुबाट बनेको छ: 'मुख्य' र 'अख्तियार'। मुख्यको अर्थ प्रमुख<ref>{{cite web|url=https://www.collinsdictionary.com/dictionary/hindi-english/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF|title=English Translation of "मुख्य" - Collins Hindi-English Dictionary|date=|website=www.collinsdictionary.com|accessdate=26 March 2018|author=}}</ref> र अख्तियारको अर्थ अधिकार<ref>{{cite web|url=https://www.collinsdictionary.com/dictionary/hindi-english/%E0%A4%85%E0%A4%96%E0%A4%BC%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%B0|title=English Translation of "अख़्तियार" - Collins Hindi-English Dictionary|date=|website=www.collinsdictionary.com|accessdate=26 March 2018|author=}}</ref> हो। समग्रमा यसको अर्थ "राज्यको कार्यकारी प्रमुख" हो। सन् १८४३ मा प्रधानमन्त्रीको पद अंगिकार गर्नुपूर्व मुख्तियार कार्यकारी प्रमुखको पदमा थिए।<ref name="Kandel4">{{Cite book|last=Kandel|first=Devi Prasad|title=Pre-Rana Administrative System|publisher=Siddhababa Offset Press|pages=95|year=2011|location=Chitwan}}</ref> बेलायती परम्परा अनुसार प्रधानमन्त्रीको रूपमा आफूलाई उपाधि दिने पहिलो मुख्तियार [[माथवरसिंह थापा]] थिए।<ref name="Kandel4" /> सन् १९४३ को नोवेम्बरमा [[राजेन्द्र विक्रम शाह]]की दोस्रो रानी, ​​[[राज्यलक्ष्मी देवी|रानी राज्यलक्ष्मी देवी]]को घोषणाबाट माथवरसिंह प्रधानमन्त्री तथा [[नेपाली सेना]]को [[प्रधान सेनापति|कमाण्डर-इन-चीफ]] बने।{{refnNote|उनलाई सन् १८४३ को नोवेम्बरमै मुख्तियार एवं सेनापती घोषणा गरिएतापनि उनको नियुक्ती पत्र वि. सं. १९०१ आश्विन ७ गते (अर्थात् सन् १८४४ सेप्टेम्बर) मा मात्रै जारी गरिएको थियो।{{sfn|Regmi|1971|p=24}}|group=note}} [[राणा वंश|राणावंश]]को क्रममा प्रधानमन्त्रीको पद वंशानुगत थियो र उक्त पदाधिकारीले लम्जुङ र कास्कीका महाराजा, नेपालका सर्वोच्च कमाण्डर-इन-चीफ र नेपालको शाही आदेशका ग्रान्ड मास्टर जस्ता थप पदकहरू पनि प्राप्त गरेका थिए।
 
=== पहिलो प्रधानमन्त्रीका बारे राय: दामोदर पाँडे वा भीमसेन थापा ===
पङ्क्ति ३५:
 
=== वि.सं. १८२५–१८६३ (सन् १७६८–१८०६) ===
नेपाल अधिराज्यको सरकारको प्रणाली अघिल्लो गोरखा राज्यको परामर्शदाता राज्य अंगझैं संचालित थियो, जसलाई '''भारदार''' भनेर चिनिन्छ।{{refnNote|भारदार शब्दको अर्थ "राज्यको भार बोक्ने" हुन आउँछ।|group=note}} यी भारदारहरूको नियुक्ती उच्च जात र प्रभावशाली राजनीतिक परिवारहरूबाट हुन्थ्यो। गोरखाको कुलीन वर्ग मुख्यतः क्षेत्री परिवारका हुन्थे र उनीहरूको प्रशासनिक मामिलामा ठूलो उपस्थिति थियो। सन् १७६८ देखि १९५० को बीचमा [[रङ्गनाथ पौडेल|रङ्गनाथ पौड्याल]] बाहेक नेपालका सबै प्रधानमन्त्रीहरू क्षेत्री थिए, पौड्याल ब्राह्मण थिए। भारदारहरूले राज्यका सबैभन्दा महत्त्वपूर्ण कामका लागि सल्लाहकार, मन्त्री र कूटनीतिज्ञहरू सम्मिलित एक सल्लाहकार निकायको गठन गर्थे। यद्यपि दरबारको राजनीतिमा ठूला गुटबन्दी, लगातारका षडयन्त्र र विपक्षी भारदारी परिवारप्रति बेग्लाबेग्लै कानुनी बहिष्कारका कारण गरिने हत्याका कारण त्यस समयका कुनै पनि गठबन्धन सरकार सफल हुन सकेनन्। त्यस्तै सन् १७७७ देखि १८४७ का बीचमा शासन गर्ने राजा नाबालिग भएका कारण त्यस्ले अराजकतावादी शासनको स्थापना गर्‍यो। त्यस समयमा सरकारको बागडोर संरक्षक, मुख्तियार तथा राजनीतिक गुटको गठबन्धनद्वारा बलियो आधारभूत समर्थनका साथ सम्हालिएको इतिहासकारहरुद्वारा बताइएको छ। १८ औँ शताब्दीको अन्त्यमा केन्द्रीय राजनीतिमा नियमित रूपमा दुई उल्लेखनीय राजनीतिक गुटहरू थिए; [[थापा वंश|थापा]] र [[पाँडे वंश|पाँडे]]। इतिहासकार र समकालीन लेखक फ्रान्सिस ह्यामिल्टनका अनुसार नेपाल सरकारको बनावट{{refnNote|यहाँ नेपाल सरकारलाई सरल ढंगमा ''भारदारी सभा'' भन्न सकिन्छ।|group=note}} निम्नानुसार थियो:
 
* २ चौतारीया
पङ्क्ति ५५:
सन् १७९४ मा राजा राणा बहादुर शाह बालिग भइसकेका थिए र उनको पहिलो कार्य काका [[बहादुर शाह]]लाई कुनै आधिकारिक भूमिका खेल्न नदिई सरकारको पुनर्गठन गर्नु थियो। नवनियुक्त चार काजी मध्ये रणबहादुरले दामोदर पाँडे सबैभन्दा प्रभावशाली काजी भएतापनि [[कीर्तिमान सिंह बस्न्यात]]लाई [[अभिमान सिंह बस्न्यात]]को उत्तराधिकारीको रूपमा मूलकाजी नियुक्त गरे भने बहादुर शाहको उत्तराधिकारीका रुपमा राजकुमार रणद्योत शाहलाई मूल चौतारीयाको स्थानमा नियुक्त गरे। सन् १७९४ मा मूल चौतारिया राजकुमार बहादुर शाहको पतन पश्चात् काजीले देशको प्रशासनिक र कार्यकारी अधिकार राखेका थिए। सन् १८०१ सेप्टेम्बर २८ मा [[महारानी राज राजेश्वरी|रानी राजराजेश्वेरी देवी]]का समर्थकहरुद्वारा किर्तीमान सिंहको गुप्त हत्या गरिएपश्चात उनका भाई [[बख्तावर सिंह बस्न्यात|बख्तावरसिंह बस्न्यात]]लाई मूलकाजी नियुक्त गरियो। मूलकाजीको रूपमा बख्तावरसिंहको कार्यकालमा सन् १८०१ अक्टोबर २८ मा नेपाल र [[ब्रिटिश ईष्ट इण्डिया कम्पनी|इष्ट ईन्डिया कम्पनी]] बीच वाणिज्य र गठबन्धन सम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो। रानी राजराजेश्वेरीलाई सन् १८०२ डिसेम्बर १७ मा नेपालको संरक्षकका रूपमा पुनःस्थापित गरियो। त्यस्पछी फेब्रुअरीमा आफ्नो संरक्षक पद पुनःस्थापित गर्न मद्दत गरेस्वरूप उनले दामोदर पाँडेलाई मूलकाजी नियुक्त गरिन्।
 
सन् १७९४ को अप्रिल मा नेपालका संरक्षक चौतारीया बहादुर शाहको उनका भतिजा राजा राणा बहादुर शाहद्वारा केन्द्रीय शक्तिबाट निष्कासन गरियेपछि दामोदर पाँडे सबैभन्दा प्रभावशाली काजी थिए। सन् १७९७ सम्म निर्वासित जीवन बिताइरहेका र नयाँ सम्राटसँग भेट्ने बहानामा चीनमा शरण लिन चाहेका काकासँग रणबहादुर शाहको सम्बन्ध यस्तो हद सम्म बिग्रिसकेको थियो कि उनले सन् १७९७ फेब्रुअरी १९ मा बहादुर शाहलाई कारावास चलान गर्न र त्यसपश्चात जुन २३ मा हत्याको आदेश दिन कत्तीपनि हिच्किचायेनन्। त्यसैगरी सन् १७९५ मा उनी एक मैथिल ब्राह्मण विधवा, कान्तीवती झासँग मोहित भए र आफ्नो पहिलो उच्च क्षेत्री जातकी श्रीमती, [[महारानी सुवर्णप्रभा देवी|रानी सुवर्णप्रभा देवी]]बाट जन्मिएका वैध उत्तराधिकारी राजकुमार रणद्योत शाहको सट्टा उनका नाजायज आधा-जातका छोरालाई आफ्नो उत्तराधिकारी बनाउने शपथका साथ विवाह गरे।{{refnNote|कान्तीवतीसँग विवाह गर्नु अघि रणबहादुर शाहका दुई वैध पत्नी थिए। पहिलो श्रीमती राजराजेश्वरी देवीबाट उनको एक छोरी जन्मीयिन्। उनकी दोस्रो श्रीमती सुवर्णप्रभा देवीबाट उनका दुई छोरा रणद्योत शाह र शमशेर शाह थिए। रणद्योत शाह रणबहादुर शाहका ज्येष्ठ पुरुष उत्तराधिकारी थिए।|group=note}} त्यस्ता कार्यहरूले रणबहादुर शाहलाई दरबार र साधारण मानिसहरू दुबैका बीच कुख्यात बनायो। कान्तावतीको मृत्‍युपश्चात रणबहादुरको मानसिक स्थितिमा गम्भिर असर पर्न थाल्यो, जसका कारण उनले मठमन्दिर र देवीदेवताप्रती अपमानजनक व्यवहार गर्नुका साथै उनका निम्ती उपस्थित चिकित्सक र ज्योतिषीहरुलाई क्रूर सजाय दिन थाले। त्यसपछि उनले आफ्नो तपस्वी जीवन त्यागेर आफ्नो शाही अधिकार पुन: जोड हत्याउने कोशिश गरे। यसले गर्दा वैधानिक राजा गीर्वाणयुद्धप्रति निष्ठाको सपथ खाएका सबै दरबारीयाहरुसँग उनको प्रत्यक्ष द्वन्द्वको स्थिती सिर्जना गर्‍यो। यस द्वन्द्वले द्विपक्षिय सरकारको स्थापनाका साथसाथै एक गृहयुद्ध निम्त्यायो, जसमा दामोदर पाँडेले असन्तुष्ट पूर्वराजा र उनको समूहविरुद्ध आफ्नो सैन्य वलको नेतृत्व गरे। धेरै जसो सैन्य अधिकारीहरूले दामोदर पाँडेको पक्ष लिएका कारण रणबहादुरले उनको अख्तियार पुनःस्थापित गर्न नसकिने महसूस गरे र उनलाई सन् १८०० को मे मा बेलायती नियन्त्रणमा रहेको वाराणसी भाग्न बाध्य पारियो।
 
==== दामोदर पाँडेको पतन र भीमसेन थापाको उदय ====
खबर प्राप्त गर्ने बित्तिकै रणबहादुर र उनको समूह काठमाडौंतिर लागे। काठमाडौं दरबारद्वारा एक सैन्य टुकड़ीलाई उनीहरुको प्रगतीजांच गर्नका निम्ती परिचालन गरिएको थियो; तर पूर्वराजासमक्ष पुग्नासाथ उनीहरुले आफ्नो वफादारी परिवर्तन गरे। उनीहरुले दामोदर पाँडे र उनका मान्छेहरूलाई थानकोटमा पक्राऊ गरे जहाँ उनीहरू पूर्वराजालाई राज्य सम्मानका साथ स्वागत गर्दै नजरबन्दमा लैजान पर्खिरहेका थिए। रणबहादुरले आफू सत्तामा पुनःस्थापित भएपछि उनलाई निर्वासनमा पठाउन खोजेका व्यक्तिहरूमाथि बदला लिन थाले। उनले राजराजेश्वेरी देवीलाई दामोदर पाँडेको पक्षमा लागी बेलायतीहरूसँग मिलेर काम गरेको आरोपमा हेलाम्बुमा निर्वासनमा पठाए, जहाँ उनी बौद्ध भिक्षुणी बनिन्। दामोदर पाँडे र उनका दुई निर्दोष छोरालाई सन् १८०४ मार्च १३ मा प्राणदण्ड दिईयो; उनको समूहका केही सदस्यहरूलाई यातना दिइयो र बिना कारण मुद्दा नचलाइ प्राणदण्ड दिईयो, तर अन्य कतिपयले भने भारत भाग्न सफल भएका थिए।{{refnNote|भारत भाग्न सफलमध्ये दुई दामोदर पाँडेका छोराद्वय करविर पाँडे र रणजंग पाँडे थिए।|group=note}} रणबहादुरले आफू निर्वासनमा रहँदा सहयोग नगर्नेहरुलाई पनि सजाय दिए। तीमध्ये एक पाल्पाका राजा पृथ्वीपाल सेन पनि थिए, जसलाई छल गरेर झ्यालखानामा कैद गरी उनको राज्य जबरजस्ती कब्जा गरियो। सुवर्णप्रभा र उनका समर्थकहरूलाई भने रिहा गरेर आममाफी दिइयो। रणबहादुरलाई काठमाडौं फर्कन सहयोग गर्नेहरुलाई पद, जग्गा र सम्पत्तिले मोहित पारिएको थियो। [[भीमसेन थापा]] दोस्रो काजी बने; भीमसेनको भाइका ससुरा [[रणजीत पाँडे]]लाई मुलकाजी बनाइयो। रणबहादुरका सौतेनी भाइ, [[शेरबहादुर शाह]], मूल चौतारीया बने; त्यसैगरी [[रङ्गनाथ पौडेल]]लाई राजगुरु (शाही आध्यात्मिक प्रशिक्षक) बनाइएको थियो।
 
लगभग दुई बर्ष पछि अचानक रणबहादुरलाई मुख्तियार (प्रमुख अधिकारी) बनाइयो र भीमसेनले रणबहादुर मार्फत आफ्ना योजनाहरु कार्यान्वयन गर्न कोशिश गरे। भीमसेनले गोप्य रूपमा रणबहादुरलाई हटाउने योजनाको बारेमा पनि चाल पाइसकेका थिए। शेरबहादुर गुटका सदस्य त्रिभुवन खवास (प्रधान) लाई नोक्स मिशन लक्ष्यित अङ्ग्रेजसँग मिलेर षडयन्त्र रचेको आरोपमा माफी पाइसकेपनि पुनः कैद गरी मृत्युदण्डको आदेश दिइयो। त्रिभुवन खवासले बेलायतीहरूसँगको वार्तामा संलग्न सबैका बारेमा सत्यतथ्य प्रकट गर्ने निर्णय गरे। पक्राउ पर्नेमध्ये शेरबहादुर शाह पनि थिए।<!-- This is the continuation of a similar event at a similar timeframe. Thus it's been written within the same paragraph. --> सन् १८०६ अप्रिल २५ को रात रणबहादुरले त्रिभुवन खावासको घरमा अन्य दरबारियाहरू सहित गुप्त सभा बोलाए जसमा उनले शेरबहादुरलाई मार्ने धम्की दिए। रात १० बजे हताश भएका [[शेरबहादुर शाह|शेरबहादुर]]ले तरवार निकाले र रणबहादुर शाहको हत्या गरे। लगत्तै भीमसेनका सहयोगी [[बम शाह]] र [[बालनरसिंह कुँवर|बाल नरसिंह कुँवर]]ले शेरबहादुरको हत्या गरे। रणबहादुर शाहको हत्याले भण्डारखाल ([[वसन्तपुर दरबार क्षेत्र|काठमाडौं दरबार]]को पूर्वपट्टिको शाही बगैंचा) र [[विष्णुमती नदी|विष्णुमति नदी]]को किनारमा [[भण्डारखाल पर्व (१८६३)|ठूलो नरसंहार निम्त्यायो]]। त्यस रात, शेरबहादुर गुटका सदस्य - बिदुर शाह, त्रिभुवन खवास र नरसिंह गुरुङ तथा [[पाटन दरवार क्षेत्र|पाटन दरबार]]मा नजरबन्दमा रहेका पाल्पाका राजा [[पृथ्वीपाल सेन]]लाई पनि भण्डारखालमा द्रुत गतिमा जम्मा गरियो र मारियो। भीमसेनले उनीसंग सहमत नहुने वा भविष्यमा उनका लागि समस्या बन्न सक्ने जोसुकैलाई मार्न सफल भए। करिब दुई हप्तासम्म चलेको यस नरसंहारमा कुल ९३ जना (१६ महिला एवं ७७ पुरुष) ले आफ्नो ज्यान गुमाए।