"बेसार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३५:
सुपरिचित मसला बाली बेसारको बहुउपयोगी गानो जमीनमुनि हुन्छ। नेपालमा यसको खेती प्राचीन कालदेखि नै भएको पाइन्छ। आजकल बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणहरूको उत्तम श्रोतको रूपमा लिने गरेको पाइन्छ। चिनियाँ चिकित्सा पद्धतिमा बेसारलाई पर्याप्त मात्रामा प्रयोग गर्ने गरिन्छ, बेसारमा रहेको सङ्क्रमण हटाउने र घाउको जलन कम गर्ने विशेष तत्वले यसलाई औषधिको रूप दिएको हो।
 
विशेष गरी यो बेसार- पिंडालु, भण्टा, मूला आदि अन्य तरकारी बालीहरूसँग मिश्रति वा अन्तर खेती गर्ने चलन छ। आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन्। यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मूल गर्न यसलाई प्रभावकारी मानेका छन्भने अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा. अमोन ए नान्जीले के प्रमाणित गरेका छन् भने बेसार नियमित खाँदा रक्सीले कलेजोलाई पुर्‍याउने क्षतिसमेत कम हुन्छ। क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदनअनुसारप्रतिवेदन अनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ। उक्त अनुसन्धान अन्तर्गत बेसार मुटु रोगले प्रभावित मुसालाई सेवन गराइएको थियो।
 
बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसाधनमा र औषधिको रूपमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ।
"https://ne.wikipedia.org/wiki/बेसार" बाट अनुप्रेषित