"गृहयुद्ध" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''गृहयुद्ध''' भनेको एक देश भित्र नै संगठित समूहहरू बीचको '''युद्ध हो''' । कहिलेकाँही गृहयुद्धलाई दुई देशको युद्ध पनि भनिन्छ, जुन कुनै समयमा एउटै देशको भुभाग रहेका थिए । गृहयुद्धमा लड्ने गिरोहको उद्देश्य फरक फरक हुन्छ। कोही सम्पूर्ण देशलाई नियन्त्रण गर्न चाहन्छन् र आफ्नै शासन व्यवस्था प्रणाली लागू गर्न चाहन्छन्, कोही देशको सरकारी नीति बदल्न चाहन्छन् भने कोही देशलाई विभाजित गरेर आफ्नो क्षेत्रलाई स्वतन्त्र बनाउन चाहन्छन्। गृहयुद्ध घातक हुन्छन् - लाखौं मानिसहरु मर्दछन्, लाखौं घरबारविहीन र विस्थापित हुन बाध्य हुन्छन्, देेेेशमा दशकौं सम्म भयङ्कर गरिबी र भोकमरी फैलिन सक्छ र देशको उद्योग लामो समयको लागि चौपट हुन सक्छ। [[म्यानमार|बर्मा]], [[एङ्गोला|अंगोला]] र [[अफगानिस्तान]] त्यस्ता देशहरू हुन् जसको विगत कुनै समयमा एकदमै उज्ज्वल मानिन्थ्यो, तर गृहयुद्धको यी विश्वको सबैभन्दा पिछडिएका र कमजोर देशहरूमाथि गनिन थाल्यो । गृहयुद्धको क्रममा प्राय: विदेशी सेनाहरूले देशलाई कमजोर पाएर त्यसमा हस्तक्षेप गर्दछन्, जस्तो कि [[लेबनान|लेबनानको]] गृहयुद्धमा १९७५-१९९० सम्म चलेको थियो। <ref name="ref43mihay">[http://books.google.com/books?id=ERopl7JMSLoC Civil wars: internal struggles, global consequencesG - Reference, Information and Interdisciplinary Subjects Series], Marie Olson Lounsbery, Frederic Pearson, University of Toronto Press, 2009, ISBN 978-0-8020-9672-2</ref>
 
== सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/गृहयुद्ध" बाट अनुप्रेषित