"गणेशमान सिंह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४३:
वि.सं. २००७ (असोज ९, १० र ११) मा तत्कालीन जहाॅनिया राणा शासन विरूद्ध [[भारत]]को बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित ''''''बैरगनिया सम्मेलन'''''' मा गणेशमान सिंह, [[खड्गजीत बराल]], [[बहादुर सिंह बराल|बहादुरसिंह बराल]], डाक्टर [[कुँवर इन्द्रजित सिंह|के.आई. सिंह]], [[मातृकाप्रसाद कोइराला]], बि.पि. कोइराला, [[कृष्णप्रसाद भट्टराई]] र महेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो । 'बैरगनिया सम्मेलन' मा भाग लिने जति सबैले तत्कालीन जहाॅनिया राणा शासन फाल्न ''''''डु अर डाई' ('गर या मर') अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने निति अप्नाउन स्विकारेका थिए ।''''' <ref> {{cite web|url=http://nepal.ekantipur.com/news/2017-06-22/20170622190502.html|title=[स्मरण] त्यो नखोतलिएको दु:खदायी घटना}} </ref> <ref> {{cite web|url=http://nepal.ekantipur.com/news/2017-06-14/20170614190313.html|title=[स्मरण] सशस्त्र आन्दोलनका लागि हतियार खोजतलास}} </ref> <ref> {{cite web |url=http://archive.setopati.com/samaj/66850/|title="म ज्युँदै छु भन्दा मान्छे अचम्ममा पर्छन्"}}</ref> २००७ सालाको क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउ पर्नुभयो । उनलाई शारीरिक यातना दिइयो। २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि रिहा भए र मोहन शमशेरको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा सिंहले उद्योग तथा वाणिज्य मन्त्रीको कार्यभार सम्हाले।
[[File:Ganesh Man Singh4.jpg|thumb|ललितपुर जिल्लाको जावलाखेलमा रहेको गणेशमान सिंहको सालिक]]
२००८ सालमा [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]का नेता [[मातृकाप्रसाद कोइरालाकोकोइराला]]को मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भएका सिंहले विश्वेश्वरप्रसादको निर्देशनमा मातृकाप्रसादको मन्त्रिमण्डल त्यागे। २०१२ सालमा कांग्रेसको वीरगंज अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिनुभएकादिएका सिंह [[सुवर्ण शमशेरद्वाराशमशेर राणा|सुवर्ण शमशेर]]द्वारा पराजित भए। उनले २०१४ सालको भद-अवज्ञा आन्दोलनलाई नेतृत्व दिए। [[आम निर्वाचन २०१५|२०१५ सालको प्रथम संसदीय निर्वाचनमानिर्वाचन]]मा [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]का तर्फबाट काठमाडौंको सांसद् पदमा विजयी भए। [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]को नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हाले।
 
२०१७ साल पुस १ गते (सन् १९६०)को दुभाग्यपूर्ण घटनापछि सिंह लगातार आठ वर्ष (२०२५ सालसम्म) [[सुन्दरीजल जेल]]मा थुनिए।<ref>{{cite web|url=http://www.nepalicongress.org.np/bpkoirala/sundarijal/sundarijal.html|title=Picture of Sundarijal Military Detention Camp|work=[[नेपाली कांग्रेस|Nepali Congress]]|accessdate=2008-10-07|archiveurl=http://web.archive.org/web/20020802063058/www.nepalicongress.org.np/bpkoirala/sundarijal/sundarijal.html|archivedate=2002-08-02}}</ref> जेलमुक्त भएपछि उनी निरंकुशता विरुद्धको आन्दोलनलाई नेतृत्व दिन भारत प्रवासमा गए। मेलमिलापको नीति लिएर [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]सँग २०३३ साल (सन् १९७६)मा स्वदेश फर्किएका सिंहलाई विमानस्थल मै गिरफ्तार गरियो। उनमाथि राजकाज मुद्दा चलाईयो र फाँसीको माग गरियो। २०३४ सालमा भारतको [[पटना]]मा भएको काङ्ग्रेस सम्मेलनमा पार्टीको नेता निर्वाचित भए। [[जनमत संग्रहमासङ्ग्रह, २०३७]] मा निःशर्त सहभागी हुने कुरामा [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]सँग मतभेद पनि भएको थियो। २०३९ साल (सन् १९८२)मा [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]को देहावसान पश्चात उनी [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को सर्वोच्चनेता भए। २०४२ साल (सन् १९८५)मा मेलमिलाप नीतिको पुनर्परिभाषा गरियो र सिंहले सत्याग्रहको नेतृत्व गरे। त्यसबखत पनि जेल सजाय भोग्नुपरेको थियो।
 
२०४६ साल माघ ५, ६ र ७ गते काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा आयोजित [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गरे। २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हाल्नुहुने सर्वोच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत साथ दिएको थियो। तर आन्दोलनको क्रममा उनलाई घरमै नजरबन्द गरियो। गम्भीररूपमा अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमा नै नजरबन्द गरियो। जनआन्दोलनको सफलतास्वरूप दलहरूमाथिको प्रतिबन्ध फुकुवा (२०४५ साल चैत्र २६ गते) भएपछि चैत्र २७, २०४६ साल काठमाडौंको टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई 'फादर अफ डेमोक्रेसी'को रूपमा सम्मानित गरियो। जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन [[शाह वंश|राजा बीरेन्द्र]] आग्रह हुँदा सिंहले अस्वीकार गरे। २०४७ साल पुष ३ गते (सन् १९९० डिसेम्बर १८)मा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई अमेरिकामा भेटे। नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार-१९९० तथा मानवाधिकार पुरस्कार-१९९३ एवम् [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र संघ]]का भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित 'ऊ थान्त शान्ति पुरस्कार' बाट उनी सम्मानित भए।
"https://ne.wikipedia.org/wiki/गणेशमान_सिंह" बाट अनुप्रेषित