"पारलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू '''पारलिङ्गी''' वा '''पारलैङ्गिक'' (अङ्ग्रेजी: Transgender) व्यक्ति हुन्। <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queer Youth Group}} </ref> <ref> {{cite web | url= https://www.unfe.org/wp-content/uploads/2017/05/UNFE-Transgender.pdf | title = Transgender Fact Sheet | publisher=UN Free & Equal}} </ref>
'''पारलिङ्गी''' (अङ्ग्रेजी: Transgender) व्यक्तिहरू ती व्यक्ति हुन् जो शारीरिक रूपमा जुनसुकै लिङ्गका व्यक्ति भएपनि आफ्नो अनुभव, हाउभाउ र अभिव्यक्ति भने सो भन्दा भिन्न हुने गर्दछ।
 
==पारलिङ्गी महिला==
पारलिङ्गी महिला (Transgender Female / Transwoman ) भन्नाले महिला लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलिङ्गी महिलाहरू जन्मदाँ पुलिङ्गी इङ्गित गरिएका हुन्छन् । लिंग लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटा वा बालक भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटी वा महिलाको गुण विकास हुन्छ र आफूलाई महिला भनी पहिचान गर्दछन् ।
जो व्यक्ति शारीरिक रूपले पुलिङ्गी हुन् र मानसिक, व्यवहारिक र स्वभाविक रूपले महिला हुन्छन्, आफूलाई महिला भनेर पहिचान गराउँछन्, ती हुन् '''पारलिङ्गी महिला'''(Transgender woman)। शारिरिक रूपले पुलिङ्गी भनेपछि उनीहरू देखिने वा शारीरिक ढाँचा सोही अनुरूप हुन्छ। मात्र महिलाको व्यवहार र स्वभाव हुन्छ। जस्तै हिँडाइ, बोलाइ र रहनसहनका ममिलाहरूमा। यो उनीहरूको प्राकृतिक अवस्था हो जस्लाई हामी गैर-शल्यक्रियी पारलिङ्गी महिला (Non-operative transwoman) भन्दछौँ। अब धेरै पारलिङ्गी महिलाहरूले हर्मोन पिल्स सेवन गर्छन्। यसबाट व्यक्तिले स्त्रीलिङ्गी हर्मोन इस्ट्रोजन र प्रोजेस्टेरोन पिल्स खाने वा सुइमा लिने गर्दछन्। यसले गर्दा केही वर्षहरूमा उनीहरूमा स्त्रीलिङ्गी शारीरिक बनोट आउँछ। जस्तै स्तन बढ्ने, छाला नरम हुने, रौं हराउँदै जाने, इत्यादि। यी परिवर्तनहरू व्यक्तिगत रूपमा भिन्न हुने गर्दछन्। अनि हेर्दा खेरी त्याचलिङ्गी महिला जस्तै देख्न थाल्छन्। यसलाई हामी पुदेस्त्री हर्मोन प्रतिस्थापन प्रकृया (Male-to-female hormone replacement therapy) भन्छौँ। जब उनीहरू त्याचलिङ्गी महिला जस्तै देखिन थाल्छन्, तर यौनाङ्ग भने शल्यक्रिया गरिएको हुँदैन, यो अवस्थालाई हामी पूर्व-शल्यक्रियी पारलिङ्गी महिला (Pre-operative transwoman) भन्छौँ। र यदि उनीहरू यौनाङ्ग परिवर्तन शल्यक्रिया गर्छन् भने शल्यक्रियी पारलिङ्गी महिला (Post-operative transwoman) भन्छौँ।
 
==पारलिङ्गी पुरुष==
पारलिङ्गी पुरुष (Transgender Male / Transman ) भन्नाले पुरुष लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलिङ्गी पुरुषहरू जन्मदाँ स्त्रीलिङ्गी इङ्गित गरिएका हुन्छन् । योनी लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटी वा बालिका भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटा वा पुरुषको गुण विकास हुन्छ र आफूलाई पुरुष भनी पहिचान गर्दछन् ।
जो व्यक्ति शारीरिक रूपले स्त्रीलिङ्गी हुन् र मानसिक, व्यवहारिक र स्वभाविक रूपले पुरुष हुन्छन्, आफूलाई पुरुष भनेर पहिचान गराउँछन्, ती हुन् '''पारलिङ्गी पुरुष'''(Transgender man)। शारिरिक रूपले स्त्रीलिङ्गी भनेपछि उनीहरू देखिने वा शारीरिक ढाँचा सोही अनुरूप हुन्छ। मात्र पुरुषको व्यवहार र स्वभाव हुन्छ। जस्तै हिँडाइ, बोलाइ र रहनसहनका ममिलाहरूमा। यो उनीहरूको प्राकृतिक अवस्था हो जस्लाई हामी गैर-शल्यक्रियी पारलिङ्गी पुरुष (Non-operative transman) भन्दछौँ। अब धेरै पारलिङ्गी पुरुषहरूले हर्मोन पिल्स सेवन गर्छन्। यसबाट व्यक्तिले पुलिङ्गी हर्मोन टेस्टेस्टेरोन पिल्स खाने वा सुइमा लिने गर्दछन्। यसले गर्दा केही वर्षहरूमा उनीहरूमा पुलिङ्गी शारीरिक बनोट आउँछ। जस्तै स्तन घट्ने, छाला खस्रो साह्रो हुने, रौं पलाउँदै जाने, इत्यादि। यी परिवर्तनहरू व्यक्तिगत रूपमा भिन्न हुने गर्दछन्। अनि हेर्दा खेरी त्याचलिङ्गी पुरुष जस्तै देख्न थाल्छन्। यसलाई हामी स्त्रीदेपु हर्मोन प्रतिस्थापन प्रकृया (Female-to-male hormone replacement therapy) भन्छौँ। जब उनीहरू त्याचलिङ्गी पुरुष जस्तै देखिन थाल्छन्, तर यौनाङ्ग भने शल्यक्रिया गरिएको हुँदैन, यो अवस्थालाई हामी पूर्व-शल्यक्रियी पारलिङ्गी पुरुष (Pre-operative transman) भन्छौँ। र यदि उनीहरू यौनाङ्ग परिवर्तन शल्यक्रिया गर्छन् भने शल्यक्रियी पारलिङ्गी पुरुष (Post-operative transman) भन्छौँ।
 
==हेर्नुहोस्==
* [[लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक|यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक]]
 
==सन्दर्भ==
==बाह्य लिङ्क==
{{reflist}}
* [https://rukshanakapali.com/gsm-parbate/ | यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक बारे]
 
==थप==
{{ढाँचा:यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता}}
{{ढाँचा:लिङ्ग, लैङ्गिकता र यौनिकता}}
 
==सन्दर्भ==
 
[[श्रेणी:यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकक्वयेर]]
[[श्रेणी:पारलिङ्गी]]
[[श्रेणी:लैङ्गिक पहिचान]]