"इन्द्रायणी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ३:
इन्द्रजात्राको दिन [[भक्तपुर नगरपालिका|भक्तपुर]]को इन्द्रायणी देबीको खट यात्रा अवेर राति हुने गर्दछ। त्यसको भोलिपल्ट भने खटलाई सिद्धपोखरीमा राखिन्छ। यसै दिन यहाँ मेला लाग्ने गरेको हो। मेलाका दिन बिहान पख भक्तजनहरूको सिद्धपोखरीमा स्नान गर्नको लागि जाने गरेका छन्। दिउसोतिर बाजागाजा सहित इन्द्रयाणीको खट ल्याइए पछि भने पूजा अर्चना हुने गर्दछ। इन्द्रायणीको जात्रा हुने भएकोले यस पोखरीलाई इन्द्रसरोबर पनि भन्ने गरिएको छ। एक दशक अघि पोखरी पुरिन लागेको बेलामा लोप हुने देखिएको सिद्धपोखरी मेला केही वर्ष यता फेरी भब्यताका साथ मनाउन थालिएको हो। चारैतिर पर्खालले घेरिएको पोखरी परिसरमा साँझ सात बजे पछि प्रबेश निषेध गरिएको छ। [[दीपावली|दिपावली]]को गरिने भएकोले बर्षको एक चोटी यसै दिन मात्र सिद्धपोखरी राति अवेर सम्म खुल्ला रहन्छ। भक्तपुर कै सबैभन्दा ठूलो पोखरीको रूपमा रहेका यस पोखरीलाई स्थानीय भाषामा तःपुखु पनि भन्ने गरिएको छ। पोखरीको करीब ९ मिटरको परिधि परिक्रमा गर्न सरदर १० मिनेट समय लाग्ने गर्दछ। मेलाका दिनमा पोखरीका चार वटा ढोका मध्ये पुर्बको एउटै ढोका मात्र खुल्ला राखिन्छ।
==मकवानपुरको इन्द्रायणी==
उत्तरी [[मकवानपुर जिल्ला|मकवानपुर]]को पालुङ खेल्पु डाँडाको इन्द्रायणी चौरमा इन्द्रायणी भगवतीको मन्दिर छ । यहाँको तीनवर्षे मेला र रथ यात्रा त्यस भेकमा
मेलामा पालुङ-३ र ६ का बासिन्दाले ठगु जुजु (ठकुरी राजा) को पूजा गर्ने गरेका छन्। स्थानीय भक्तजनहरूले भाकलका बोका, कुखुरा, हाँसको बलि दिएपछि मात्र अन्यत्रबाट आएका भक्तजनका भाकलको पूजाआजा गर्ने चलन रहेको छ। उत्तरी मकवानपुरको सबैभन्दा बढी बलि दिने मेलाको रूपमा लिइने इन्द्रायणी मेला इन्द्रायणी चौरमा ल्याएको रथ फिर्ता गरेपछि नाचगान भजनका साथ रमाइलो गर्दै समापन गरिन्छ। मेला भर्न मकवानपुर, चितवन, वीरगञ्ज देखिका भक्तजनहरू पालुङ आउने गरेका छन् ।
|