"मोहन शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
| footnotes =
}}
'''मोहन सम्शेर जंगबहादुर राणा''' [[राणा शासन]]का अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]] औषधि उपचारका निमित्त भारततर्फ[[भारत]]तर्फ लागेका र उनले उतै बाट राजिनामा दिएपछी मोहन शमशेर प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री हुनु भन्दा अगाडि नै [[लक्ष्मी निवास]]बाट [[सिंहदरवार|सिंहदरबार]] सरेका थिए। उनी [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]का जेठा छोरा थिए । उनी मिचाहा प्रवृतिका व्यक्ति हुनाले श्री ३ चन्द्र र जुद्धका पालाका नियम तोड्नुका साथै श्री ५ को गरिमामय पदलाई समेत यिनी बेवास्ता गर्दथे। उनले छोटो समय शासन चलाएर केही सुधारहरू गर्न सक्षम भएका थिए।
==कार्यहरू==
श्री ३ मोहनले योजना परिषद् कोपरिषद्को आरम्भ गरि [[नेपालको पञ्चवर्षीय योजना|पञ्चवर्षीय विकास योजना]] र विकासका काम गर्न लगाउन थाले। उनले [[पद्म शमशेर जङ्गबहादुर राणा|श्री ३ पद्म शमशेर]] द्वारा घोषित विक्रम सम्बत [[नेपाल सरकार वैधानिक कानुन २००४|२००४ को वैधानिक कानुन]]लाई अवैधानिक बनाएर आफ्ना मतवालाहरूलाई जम्मा पारी बनावटी र देखावटी राजसभा र भारदारसभा गठन गरे। नगरसभाको गठन गरि २१ वर्ष पुगेकालाई मतदानको अधिकार पनि प्रदान गरे। उनले पनि पद्म शमशेर कोशमशेरको झै बजारभाउ नियन्त्रण गर्न १ रुपियाँको १० र १२ माना चामल किन्न सकिने बन्दोबस्त मिलाए। नेपालमा [[पर्यटन|पर्यटन उद्योग]] र [[काठमाडौं]]- [[हेटौंडा उपमहानगरपालिका|हेटौंडा]] राजमार्गको कार्य आरम्भ गराउने श्री ३ मोहनले २००५ मा [[सिंहदरवार|सिंहदरबार]]मा [[आकाश वाणी|आकाशवाणी]] स्टेसन स्थापना गराए। त्यसै गरि रेडियो स्टेसन, हवाईविभाग, जनसेवा चलचित्र, पञ्चायत राज, अपिल अदालत बढाउने काम पनि उनैले गरे।
 
[[गाउँपञ्चायत|गाउँ पञ्चायत]], नगरपञ्चायत, छापाखाना, पञ्चायती अदालत, प्रधानपञ्चको व्यवस्था गरेका थिए। राणाकाल देखि नै पञ्चायती अभ्यास भएको थियो। त्यसैले नेपालीले पञ्चायतको पहिल्यै परिचय पाएका थिए।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२६७|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>