"दिव्योपदेश" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[पृथ्वीनारायण शाह|श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह]] आफ्नो अन्तिम समयमा [[शेरा दरबार]] दिएका दिव्योपदेशका कारणले चर्चित छन् । उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ छ । पृथ्वीनारायण नारायण शाह भन्दथे कि "बुढाहरू मर्दा कोहि अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुर घतिला हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन् ।<ref>नेपालको तथ्य इतिहास पृष्ठ १८५</ref> पृथ्वीनारायणले आफ्नो अन्तिम समय तिर भारदारहरूलाई उपदेश दिएका दिए । उनका अन्तिम सन्देशहरूबाट त्यस्ता पेचिला र चोटिला कुराहरू झल्कन्छन्।<ref>नेपालको तथ्य ईतिहास पृष्ठ १८४</ref>
==पृष्ठभुमि ==
पृथ्वीनारायण शाहको निधन वि.सं. ५२ वर्षको उमेरमा वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन नुवाकोटको [[त्रिशूली नदी|त्रिशूली]] र तादीको दोभान [[देवीघाट]] मोहनतीर्थमा भएको थियो । निधन हुनुअघि केही महिनादेखि बिरामी परेका उनले आफ्ना अभिव्यक्तिहरू सम्भवतः मङ्सिर, पुस महिनामा टिपाएको हुनुपर्छ । लेखपढ गर्न जान्ने मानिसहरू औँलामा गन्न सकिने त्यसबेलामा उनका अभिव्यक्तिहरू लिपिबद्ध गर्ने कार्य गोर्खाली प्रथम सेनापति [[शिवराम सिंह बस्न्यात|शिवरामसिंह बस्न्यात]]का सुपुत्र काजी [[अभिमान सिंह बस्न्यात|अभिमानसिंह बस्न्यात]]ले गरेका थिए भनी [[योगी नरहरिनाथ]]ले बृहद आध्यात्मिक परिषद् द्वारा प्रकाशित आफ्नो ‘दिव्य उपदेश पृथ्वीको अर्ति’ नामक पुस्तिकामा उल्लेख गर्नुभएको छ । कलाकार हरिप्रसाद शर्माले पृथ्वीनारायणले आफ्नो बिरामी शैयामा बसी बताइरहेका, उनको सामुन्ने शैयामुनी बसी काजी अभिमानसिंह बस्न्यातले टिपोट लेखिरहेका, शैयाको छेउमा भित्तातर्फ राजकुमार [[बहादुर शाह]] कुर्सीमा बसिरहेका, राजवैद्यले औषधि बनाइरहेका, अन्य भाइभारदारहरू वरिपरि बसेर पृथ्वीनारायणका अर्ति उपदेश ध्यानपूर्वक सुनिरहेका दृश्य आफ्नो एक तैल चित्रमा सजीव रूपमा चित्रण गर्नुभएको छ ।
 
दिव्योपदेशको पाण्डुलिपि अभिमानसिंहका सन्तति इतिहासविद् बखत्मानसिंह बस्न्यात (श्यामकाजी) को घरमा सुरक्षित रहेको पनि योगीले चर्चा गर्नुभएको छ । बखत्मानसिंहको जन्म [[अभिमान सिंह बस्न्यात|अभिमानसिंह]]द्वारा निर्मित असन बालकुमारीस्थित तिलङ्गा घर (सिपाहीको फौजको चित्र लेखिएको घर) मा भएको थियो । अभिमानसिंहले आफूले टिपोट गरी तयार गरेका उक्त पाण्डुलिपि आफ्नै साथमा विशेष जतनका साथ राखेका र पछि उनका विभिन्न पुस्ताले पनि जतनले नै राखेका थिए । राणा शासनको अवस्थामा पृथ्वीनारायणको दिव्योपदेश जस्तो अमूल्य निधिलाई जतनसाथ लुकाएर राख्नु बाहेक बस्न्यात परिवारसँग अरू विकल्प थिएन ।
पङ्क्ति १३:
<br />
===पाण्डुलिपि ===
[[बालकृष्ण पोखरेल]]ले दिव्योपदेशलाई पृथ्वीनारायण शाह र [[प्रतापसिंह शाहकोशाह]]को मृत्यु भइसकेपछि [[रणबहादुर शाहकोशाह]]को पालामा लेखिएको तर्क गरेका छन्। २०२२ सालमा प्रकाशित 'इतिहास प्रकाश' मा [[योगी नरहरिनाथ]]ले विसं १८८२ तिर राजेन्द्रविक्रम शाहको समयको यसको सक्कली पाण्डुलिपि तयार पारिएको दाबी गरेका छन्। इतिहासकारको मत 'दिव्योपदेश' पृथ्वीनारायण शाहले बोल्दै गर्दा नलेखिएर त्यसको निकै पछि लेखिएको थियो । [[नयराज पन्त]]का अनुसार सुरुमा पाण्डुलिपि फेला पर्दा यसको कुनै नाम थिएन। इतिहासकार बाबुराम आचार्यले यसलाई 'पृथ्वीनारायण शाहको व्याख्यान' नाम दिएका थिए। 'दिव्योपदेश' भनी नामकरण गर्ने व्यक्ति योगी नरहरिनाथ हुन्। नयराज पन्तले भने 'श्री ५ पृथ्वीनारायण शाहको उपदेश' नामाकारण गरेका थिए । <ref>[https://www.setopati.com/social/83122 दुई इतिहासकारको चार दशक लामो झगडा प्रकाशित मिति: बिहिबार, भदौ २२]</ref>
 
==आर्थिक नीति==
* खानी भएको ठाउँमा गाउँ छ भने त्यसलाई अरू जग्गामा सारेर खानी चलाउनू, गह्रो बन्ने जग्गामा घर भए पनि अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नू ।
* कपडा बुन्न जान्नेलाई नमुना बनाई देखाइदिनु
*‘आफ्ना देशको जिनीस् जरिबुटि देस लैजानू र नगद षैचनू । नगद षैचि राषनू र प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भन्डार भन्याका रैतानहरु हुन् ।
 
==सुरक्षा नीति==
==विदेश नीति==
 
* ‘''यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ। चीन बादशाहसित ठुलो घाहा राष्नु।'' दषिन समुद्रको बादशाह सित पनि घाहा त राख्नु। तर त्यो महाचतुर छ। हिन्दुस्थाना दबाईराख्या छ। सरजिमी मा परिरहेछ हिन्दुस्थाना जाग्यो भने कठीन पर्ने छ भनी किल्ला खोज्न आउन्या छ।’
* ‘भोटको घाहा [[कालु पाँडे|कालु पांडे]]का सन्तानलाई नछुटाउनु’
*
 
==आन्तरिक नीति==
 
* मेरा साना दुखले आर्ज्याको मुलुका होइन । यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो। सबै मिली यसको सम्भार गर्नु भन्ने उनको सन्देश थियो ।
 
* राजाले ठूलो निञानिसाप हेर्नु, अन्याय‘अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगार्नेबिगान्र्या भन्याकाभन्याको घुस लिनेदिन्या र घुस खानेषान्या हुन्, यी दुबैकोईन दुईको ता धन र जिउजीव हरिगरि लिएलियाको पनि पाप छैन, । यी राजाका मह शतरुमहासतुर हुन् ।’
* अदालथमा पनि ठकुरि जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थाप्नू, कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू । अदालतको पैसा दर्बारभित्र नहुल्नू ।
 
"https://ne.wikipedia.org/wiki/दिव्योपदेश" बाट अनुप्रेषित