"शिवसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
शिवसिंह मल्ल कान्तिपुरका राजा हुन् । वि.सं. १६३५ मा काठमाडौंमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ [[शिवसिंह मल्ल]]ले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए ।
==राज्यविस्तार==
राजा शिवसिंह मल्लले पाटन र दोलखालाई वशमा पार्न चाहन्थे । तदनुसार वि.सं. १६५५ मा उनले ललितपुर पाटनमा हमाला गरे। राजा शिवसिंहले पाटनका सामन्तहरूलाई पूर्ण विजय गरि पाटनलाई आफ्नो अधीन गरे। त्यहाँ नियन्त्रण गरेपछि आफ्ना छोरा ठाकुर सिंह र पछि अर्का छोरा हरिहरसिंहलाई प्रतिनिधि शासक बनाए। तर हरिहरसिंहको मृत्यु भएको हुँदा आफैँले त्यसको रेखदेख गरे। त्यसपछि कूटनीतिपूर्वक दोलखामाथी पनि आफ्नो प्रभाव जमाए। त्यसै गरि उत्तरमा केरुङ, दक्षिणमा मकवानपुर र सिन्धुलीको केही भाग पनि कब्जा गरे। <ref>नेपालको तथ्य इतिहास पृष्ठ १५०, प्रा.डा.[[राजाराम सुवेदी]], साझा प्रकाशन २०६१</ref>
 
==धार्मिक कार्य==
राजा शिवसिंहले स्वयम्भूको जिर्णोद्धार, देगुतले मन्दिरको निर्माण, नुवाकोट भैरवीको घण्टा र प्रतिमा, पशुपति र चाँगुनारायणको जीर्णोद्धार, पाटनमा महाबौद्ध मन्दिर, उनकी रानी गङ्गादेवीले भत्कन लागेको पशुपतिको छाना, बुढानिलकण्ठ र कान्तिपुर वीचको वनलाई राज्यवनको रुपमा स्थापना र निर्माण गरेको पाइन्छ।
"https://ne.wikipedia.org/wiki/शिवसिंह_मल्ल" बाट अनुप्रेषित