"वेदान्त" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
प्रमाण , विचार, सृष्टिमीमांसा र मोक्षसाधना षड्दर्शनको विषयवस्तु हो | यी छ दर्शनहरु सबैले कुनै न कुनै रुपमा आत्मालाई स्वीकारेका छन | यसअनुसार आत्माको निवृत्तनै मोक्ष हो | पुनर्जन्म, आचार, योग आदि यी दर्शनले स्वीकारेका विषय वस्तुहरु हुन | न्याय, योग जस्ता केही दर्शनले ईश्वरलाई स्वीकारेको छ , तर सांख्य र मीमांसा दर्शनले ईश्वरलाई स्वीकारेको छैन |
 
अब वेदान्त दर्शन भनेको के हो ? त्यो बुझ्ने प्रयाश गरी हेरौं | वेदान्त दर्शन भनेको वेदको अन्त र त्यसले प्रतिपादन गरेको सिद्धान्त हो | कस्तो सिद्धान्त ? भन्दा त्यस्तो सिद्धान्त जस्कालागि उपनिषद् ग्रन्थहरुनै प्रमाणको रुपमा रहेको छ | यहाँ बुझ्नु पर्ने के हो भने -वेदान्तमा उल्लेख गरिएका कुराहरुको मूल उपनिषद् हो | यसैकारण वेदान्त दर्शनकालागि तिनै सिद्धान्तहरु मननीय मानिन्छन , जुन सिद्धान्त उपनिषदमा आधारित भएको हुन्छ अर्थात उपनिषद्लाई आधार बनाएर महर्षि बादरायणले जुन ब्रह्मसूत्रको रचना गरेका थिए त्यसका सूत्रहरु मूल उपनिषदमा भएकोले उपनिषद्लाई सबै दर्शनहरुको मूल सिद्धान्त भनिएको हो | यहाँ वेदान्तको शाब्दिक अर्थ हो – वेदको अन्त वा वेदको सिद्धान्त वा वेदको सार | सनातनीले जोगाएर राखेको कर्मकांड र उपासना पद्धतिको वर्णन वेदको मंत्र संहितामा र ब्राह्मण ग्रन्थहरुमा रहेको हुन्छभने वेदभित्र रहेका अध्यात्मिक ज्ञानहरुको वर्णन चाहीं उपनिषदहरुमा रहेको छ | यसर्थ वेदान्त शास्त्रकालागि ती सिद्धान्तहरुमात्र मननीय हुन मानिन्छन जसलाई उपनिषदले प्रमाणित गर्न सक्छ वा प्रमाणित गरेर ल्याएको छ | त्यसैले उपनिषद्लाई सबै वैदिक दर्शनहरुको मूल सिद्धान्त मानिएको हो | उपनिषद् भित्र रहेको वेदान्त दर्शनलाई ज्ञानयोगको एउटा शाखा भनेर मान्ने गरिन्छ भने त्यो ज्ञानयोगले कुनैपनि व्यक्ति विशेषलाई ज्ञान प्राप्तिकोलागि उत्प्रेरित गर्ने गर्दछ | उपनिषद् भनेको वेद र अरण्यक ग्रंथहरुको सार हो भने दर्शन भनेको हाम्रो जीवन र जगतको परमसत्यहरुको प्राकृतिक सिद्धांतसिद्धान्त र त्यसका कारणहरुलाई कोट्याएर विश्लेषण गरेको सिद्धान्त हो | दर्शन कुनैपनि विषयवस्तुहरुको यथार्थता थाहा पाउन सकिने प्रारम्भिक दृष्टिकोण हो | मानव जीवनको मूलअर्थ खोज्नु दार्शनिक चिन्तनको एकमात्र लक्ष हो | हाम्रो सनातनी दर्शन र अंग्रेजको ‘फिलोसफी’ (Philosophy) एउटै कुरो होइन , यी नितान्त वेग्लावेग्लै कुरो हुन | किनभने , दर्शनले जीवनको ,भोगेको विषय वस्तुको , तत्वज्ञानको यथार्थता वोध गराउँदछ भने फिलोसफीले विभिन्न विषय वस्तुहरुको साधारण विश्लेषण मात्र गर्न सक्दछ | हाम्रो दर्शनले हाम्रो चेतनाको र चेतनास्तरको मीमांसा अर्थात गम्भीर मनन र विचार विमर्श गरेको हुन्छ ,जुनकुरो पाश्चात्य फिलोसफीले अलिकतिपनि समेट्न सकेको देखिन्न |
 
वेदान्त र ज्ञान योग
"https://ne.wikipedia.org/wiki/वेदान्त" बाट अनुप्रेषित