"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर

सा Rajeeb bastola द्वारा मोहम्मद अली जिन्ना पृष्ठलाई मोहम्मद अलि जिन्ना मा सारियो: to correct actual name.
पङ्क्ति ५८:
जिन्नाको कांग्रेससंग मतभेद त्यसै समय शुरु भएको थियो जब १९१८ मा भारतीय राजनीतिमा गान्धीजीको उदय भयो। गान्धीजीले राजनीतिमा अहिंसात्मक सविनय अवज्ञा र हिन्दू मूल्यहरूलाई बढावा दिए। गान्धीजीको अनुसार, सत्य, अहिंसा र सविनय अवज्ञाबाट स्वतन्त्रता र स्वशासन पाउन सकिन्छ, जबकि जिन्नाको मत उनीभन्दा अलग थियो। जिन्नाको मत थियो कि सिर्फ संवैधानिक संघर्षबाट नै स्वतन्त्रता पाउन सकिन्छ। कांग्रेसको अरु नेताहरूबाट अलग, गान्धीजी विदेशी कपडा लगाउदैन थिए, अङ्ग्रेजीको ठाउमा धेरै भन्दा धेरै हिन्दीको प्रयोग गर्दथे र सनातन हिन्दू चिन्तनको नै प्रयोग राजनीतिमा गर्दथे। यही केही कारण थिए कि गान्धीजीको अपार लोकप्रियता मिल्यो। गान्धी जीले खिलाफत आंदोलनको समर्थन गरेका थिए जबकि जिन्नाले यसको खुलेर विरोध गरे। जिन्ना मान्दथे कि यसबाट धार्मिक कट्टरतालाई बढावा मिल्दछ।
 
१९२० मा जिन्नाले कांग्रेसबाट राजिनामा दिए। यसको साथै, उनले यो पनि चेतावनी दिए कि गान्धीजीको जनसंघर्षको सिद्धांतसिद्धान्त हिन्दु र मुसलमानहरूको बीच विभाजनलाई बढाउने छ कम गर्दैन। उनले यो पनि भने यसबाट दुबै समुदायहरूको बिच पनि जबर्दश्त विभाजन पैदा हुनेछ। मुस्लिम लीगको अध्यक्ष बन्दै जिन्नाले कांग्रेस र ब्रिटिश समर्थकहरूको बीच विभाजन रेखा खींचि दिए।
 
१९२३ मा जिन्ना मुंबईबाट सेण्ट्रल लेजिस्लेटिव असेम्बलीको सदस्य निर्वाचित भए। एक कानुन निर्माताको रूपमा उनले स्वराज पार्टीलाई मजबूती प्रदान गरे। १९२५ मा लर्ड रीडिगले उनलाई नाइटहुडको उपाधि दिए।