"फिडेल क्यास्ट्रो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
प्रअउ
पङ्क्ति १५:
| accessdate=2006-06-06
}}</ref> सन् १९६५ मा उनी क्युबाको कम्युनिस्ट पार्टीका प्रथम सचिव बने र क्युबाको एक-दलीय समाजवादी गणतन्त्र बनाउनमा नेतृत्व दिए। १९७६ मा उनी क्युबाको राज्य परिषदराज्य परिषद र मन्त्रिपरिषदको अध्यक्ष (राष्ट्रपति) बने।
 
==सुरुवाती जीवन==
क्यास्ट्रोको सन् १९२६ मा जमिनदार परिवारमा जन्म भएको थियो। आफ्नो सुविधासम्पन्न जीवनशैली तर बहुसंख्यक जनताको विपन्नता देखेर उनी क्रान्तिकारी बनेका थिए।
 
== सशस्त्र आन्दोलन ==
क्यास्ट्रोले भ्रष्टाचार, असमानता र पछौटेपनका लागि तत्कालीन बाटिस्टा शासनलाई जिम्मेवार ठहर्‍याउँदै सशस्त्र आन्दोलन सुरु गरेका थिए। उनले नेतृत्व गरेको विद्रोही सेनाले २ जनवरी १९५९ मा राजधानी हवानामा प्रवेश गरी बाटिस्टा सरकारलाई अपदस्थ गरेको थियो।
 
== सरकार नेतृत्व ==
बाटिस्टा भागेपछि क्यास्ट्रोले नयाँ सरकार गठन गरे जसमा बोलिभियामा जन्मिएका अर्का क्रान्तिकारी [[चे ग्वेभारा|अर्नेस्टो चे ग्वेभेरा]] पनि सहभागी थिए।
 
क्यास्ट्रोको नेतृत्वमा क्युबाले स्वास्थ्य, शिक्षा र कृषिमा ठूलो प्रगति गर्‍यो। 'क्यास्ट्रो नेतृत्वमा क्युबाले स्वास्थ्य, शिक्षा र अर्गानिक खेतीमा ठूलो उपलब्धि प्राप्त गर्‍यो', रोकाले भने, 'स्वास्थ्य क्षेत्रको उपलब्धिलाई संसारभर उदाहरणका रुपमा लिइन्छ।'
 
क्यास्ट्रोको शासनकालमा क्युबामा गुणस्तरीय चिकित्सा सेवा निःशुल्क उपलब्ध थियो, बाल मृत्युदर पनि उल्लेख्य घटेको थियो। पछिल्लो समय क्यास्ट्रोले बिस्तारै बजार अर्थतन्त्रमा आधारित सुधार सुरु गरेका थिए।
 
== अमेरिकासँगको सम्बन्ध ==
समाजवादी कार्यक्रम लागू गर्न खोजिरहेका क्यास्ट्रोलाई अमेरिकाले सुरुदेखि नै रुचाएनन्। अमेरिकी राष्ट्रपति आइजनहावरले क्यास्ट्रो रुसीहरुको अँगालोमा पुगेको आरोप लगाए। त्यसपछि क्युबा [[शीतयुद्ध]]को रणभूमि बन्न पुग्यो। बारम्बार अमेरिकीले उनलाई अपदस्थ गर्ने र मार्ने प्रयत्न गरिरहे। सन्  १९६१ मा अमेरिकाले निर्वासनमा रहेका क्युबालीको निजी सेना बनाएर क्यास्ट्रो नेतृत्वको सरकारलाई हटाउन खोज्यो। बे अफ पिग्स नाक ठाउँमा भएको लडाइँमा क्युबाली सेनाले थुप्रै विद्रोहीलाई मारिदिए भने एक हजार जतिलाई बन्दी बनाए।
 
=== [[क्युबा मिसाइल संकट]] ===
त्यसको एक वर्षपछि अमेरिकी जासुसी विमानहरुले सोभियत क्षेप्यास्त्र क्युबातर्फ गइरहेको देखेपछि अमेरिकाले पनि टर्कीमा त्यस्तै क्षेप्यास्त्र राख्यो। अमेरिका र तत्कालीन सोभियत संघ आणविक युद्धको संघारमा उभिन पुगे।
 
पछि सोभियत संघका तत्कालीन राष्ट्रपति [[निकिता ख्रुश्चेभ|निकिता ख्रुस्चेभ]]ले क्युबाबाट [[क्षेप्यास्त्र]] फिर्ता गरेपछि अमेरिकाले पनि टर्कीबाट क्षेप्यास्त्र हटायो र सम्भाव्य आणविक युद्धको खतरा टर्‍यो।
 
अमेरिकी गुप्तचर संस्था सिआइएले त्यसपछि पनि पटकपटक क्यास्ट्रोको हत्या गर्ने प्रयास गर्‍यो तर ती सफल भएनन्। क्यास्ट्रोले ६ दशक लामो अमेरिकी नाकाबन्दीको पनि सामना गरे।
 
== सत्ता हस्तान्तरण ==
८० वर्ष पुग्नु केही दिनअघि ३१ जुलाई २००६ मा क्यास्ट्रोले भाइ [[राउल क्यास्ट्रो]]लाई अस्थायी रुपमा सत्ता हस्तान्तरण गरे। सन् २००८ मा क्यास्ट्रोले राष्ट्रपति र सेनाको कमान्डर इन चिफको जिम्मेवारी पनि त्यागेको घोषणा गरे। राउल त्यसपछि औपचारिक रुपमा क्युबाको राष्ट्रपति भए।
 
पुँजीवादी विश्वको एकछत्र नेतृत्व गर्ने अमेरिकाको नाकैमुनि त्यसको वैकल्पिक राजनीतिक धारको नेतृत्व गरी क्यास्ट्रोले विश्वलाई चकित पारेका थिए।
 
==व्यक्तिगत जीवन==
 
==मृत्यु ==
कास्ट्रोको मृत्यु नोभेम्बर २६, २०१६ मा भएको कुरा उनको भाइ तथा राष्ट्रपति [[राउल क्यास्ट्रो]]ले छोटो भाषणमा पुष्टि गरेका थिए ।<ref name="AlJazeeraobit">{{cite news|url=http://www.aljazeera.com/news/americas/2016/11/cuba-leader-fidel-castro-dead-90-161126053354637.html|publisher=Al Jazeera|title=क्युबाका पूर्व नेता फिडेल कास्ट्रोको ९० वर्षा मृत्यु (अङ्ग्रेजी शीर्षक)|date=नोभेम्बर 26, 2016|accessdate=नोभेम्बर 25, 2016}}</ref> कास्ट्रोको मृत्यु २२:२८ (जीएमटी) मा भएको थियो । क्यास्ट्रोको मृत्युसँगै धेरै देशका कार्यकारी प्रमुखले संसारले नै साम्यवादी नेता गुमाएको र उनको राजनीतिक जीवनबाट धेरै सिक्ने सकिने टिप्पणी गरेका छन्।
 
==सन्दर्भ सामग्रीहरू==
{{सन्दर्भसूची}}
{{reflist}}
==बाह्य लिङ्कहरू==
{{Commonscat|Fidel Castro|फिदेल कास्त्रो}}
[[श्रेणी:जीवनी]]
[[श्रेणी:कम्युनिष्ट शासक]]