"मोहन शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
| footnotes =
}}
'''मोहन सम्शेर जंगबहादुर राणा''' [[राणा शासन]]का अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]] औषधि उपचारका निमित्त भारततर्फ लागेका र उतै बाट राजिनामा दिएपछी मोहन शमशेर प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री हुनु भन्दा अगाडि नै [[लक्ष्मी निवास]]बाट सिंहदरबार सरेका थिए। उनी [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]का जेठा छोरा थिए । उनी मिचाहा प्रवृतिका व्यक्ति हुनाले श्री ३ चन्द्र र जुद्धका पालाका नियम तोड्नुका साथै श्री ५ को गरिमामय पदलाई समेत यिनी बेवास्ता गर्दथे। उनले छोटो समय शासन चलाएर केही सुधारहरू गर्न सक्षम भएका थिए।
==कार्यहरू==
श्री ३ मोहनले योजना परिषद् को आरम्भ गरि [[नेपालको पञ्चवर्षीय योजना|पञ्चवर्षीय विकास योजना]] र विकासका काम गर्न लगाउन थाले। उनले [[पद्म शमशेर जङ्गबहादुर राणा|श्री ३ पद्म शमशेर]] द्वारा घोषित [[नेपाल सरकार वैधानिक कानुन २००४|२००४ को वैधानिक कानुन]]लाई अवैधानिक बनाएर आफ्ना मतवालाहरूलाई जम्मा पारी बनावटी र देखावटी राजसभा र भारदारसभा गठन गरे। नगरसभाको गठन गरि २१ वर्ष पुगेकालाई मतदानको अधिकार पनि प्रदान गरे। उनले पनि पद्म शमशेर को झै बजारभाउ नियन्त्रण गर्न १ रुपियाँको १० र १२ माना चामल किन्न सकिने बन्दोबस्त मिलाए। नेपालमा [[पर्यटन|पर्यटन उद्योग]] र काठमाडौं- हेटौंडा राजमार्गको कार्य आरम्भ गराउने श्री ३ मोहनले २००५ मा [[सिंहदरवार|सिंहदरबार]]मा आकाशवाणी स्टेसन स्थापना गराए। त्यसै गरि रेडियो स्टेसन, हवाईविभाग, जनसेवा चलचित्र, पञ्चायत राज, अपिल अदालत बढाउने काम पनि उनैले गरे।