"ग्रेट ब्रिटेन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५६:
== राज्यनीति ==
== अर्थतन्त्र ==
बेलायतले मंसिर ८, २०७४ मा औपचरिक रूपमै विश्वको पाँचौं ठूलो अर्थतन्त्रको दाबी त्यागेको छ ।
 
ट्रेजरी प्रमुख फिलिप हामोन्डले बुधबार बेलायत विश्वकै पाँचौं ठूलो अर्थतन्त्रबाट छैटौंमा झरेको बताएका छन् ।
 
“बेलायत विश्वकै छैटौं ठूलो अर्थतन्त्र भएको छ,” हामोन्डले नजिकैबाट नियालिएको बजेट भाषणमा भनेका छन् ।
 
अर्थतन्त्रको आकार मापनका लागि विभिन्न तरिका भएको हामोन्डले बताए । अन्तर्राष्ट्रिय मुद्राकोषले अक्टुबरमा प्रकाशित गरेको जीडीपी प्रक्षेपणमा भनिएको उनले बताए । कोषको तथ्यांकअनुसार विश्वव्यापी अर्थतन्त्रको २०१७ को वर्गीकरणमा फ्रान्सले बलायतलाई झिनो अन्तरले उछिनेको देखाएको छ । फ्रान्स र बेलायतबीचको अन्तर आगामी वर्ष झन् फराकिलो हुने अपेक्षा गरिएको छ ।
 
विश्वव्यापी अर्थतन्त्रको वर्गीकरणमा [[फ्रान्स]]ले बेलायतलाई उछिनेको २०१३ पछि यो पहिलो पटक भएको कोषले जनाएको छ ।
 
बेलायती अर्थतन्त्र ओरालो लाग्नुमा मुलुकले २०१६ को जुनमा गरेको युरोपेली अर्थतन्त्र छोड्ने पक्षमा गरेको निर्णय प्रतिविम्बित गरेको छ । पाउन्डमा नाटकीय रूपमा गिरावट आएको छ । उपभोक्ता खर्च ओरालो लागेको छ र मूल्य वृद्धि भएको छ ।
 
बुधबार अफिस अफ बजेट रेस्पोन्सिबिलिटीले यो वर्षका लागि बेलायतको आर्थिक वृद्धिमा अघिल्लो २ प्रतिशतबाट घटाएर १.५ प्रतिशत कायम गरेको छ । आगामी वर्ष १.४ प्रतिशतले बेलायती अर्थतन्त्र विस्तार हुने पनि कार्यालयको अपेक्षा छ । २०१९÷२०२० मा १.३ प्रतिशतले विस्तार हुने अपेक्षा पनि कार्यालयको छ ।
 
पाँचांै ठूलो अर्थतन्त्रको ताज ईयूको प्रतिद्वन्द्वीलाई गुमाउनु ब्लकबाहिर रहेपछि बेलायत झन बलियो हुन्छ भन्ने तर्क गर्नेका लागि खराब समाचार भएको छ ।
 
ब्रेक्जिटको वार्तामा बेलायतको नेतृत्व गरेका डेभिड डेभिसले देशको अर्थतन्त्र विश्वमा पाँचौ ठूलो भएको टिप्पणी सेप्टेम्बरमा गरेका थिए ।
 
बेलायत थप ओरालो लाग्ने अपेक्षा गरिएको छ । [[भारत]]ले आगामी २०१९ मा फ्रान्स र बेलायत दुवैलाई उछिन्ने अपेक्षा गरिएको छ ।
 
हाल विश्वकै ठूलो अर्थतन्त्रका रूपमा रहेको अमेरिकी अर्थतन्त्रको आकार १९.४ ट्रिलियन डलर छ । दोस्रोमा ११.९ ट्रिलियन डलरसहित चीन छ भने ४.९ ट्रिलियन डलरसहित [[जापान]] तेस्रोमा छ । जर्मन अर्थतन्त्रको आकार ३.७ ट्रिलियन डलरसहित चौथोमा छ । फान्स र बेलायतपछि सातौं स्थानमा भारतीय अर्थतन्त्र रहेको छ । हाल भारतको अर्थतन्त्रको आकार २.४ ट्रिलियन डलर छ ।
 
== धर्म ==