"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५७:
 
== सति प्रथा अन्त्य ==
लोग्ने मरेपछि चिता सँगै श्रीमतीले पनि प्राण त्याग गर्नुपर्ने प्रथालाई [[सती प्रथा]] भनिन्छ । यो प्रथा प्राचिन कालदेखी नै नेपाल र भारतमा प्रचलित थियो । यो प्रथा रोक्ने प्रयासहरुमा राजा मानदेवकी आमा सती नजानु तथा [[मुलुकी ऐन|मुलुकी ऐन १९१०]] को सुधार‚ [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]को सरकारको अनुमतीमा मात्र सती जान पाइने नियमलाई लिन सकिन्छ भने सती प्रथाको विधिवत अन्त्य वि.सं. १९७७ अषाढ (सन् १९२० जुलाई २८) मा चन्द्रशमसेर द्वारा भयो । <ref>[http://www.lawcommission.gov.np/np/wp-content/uploads/2018/10/%E0%A4%B8%E0%A4%A4%E0%A5%80%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A5%E0%A4%BE-%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%A3-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87.pdf|सतीप्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार]</ref>
 
वि.सं. १९१० को मुलुकी ऐनको सुधारः- १६ बर्ष मुनिकी बिधवा‚ दासी एवं नोकर महिला र १२ बर्ष भन्दा कम उमेरका छोराछोरी हुने महिला लाई सती जानु नपर्ने ।
 
सदियौ देखि नारी माथी लादिएको सति प्रथाको अन्त्य १९७७ मा चन्द्र सम्सेर राणाले गरे। चन्द्रशम्शेरले आषाढ २५, १९७७ (८ जुलाई १९२०) मा यो क्रुर अमानविय कु-प्रथाको औपचारिक रुपमा अन्त्य गरेका थिए । [[त्रिभुवन शाह|श्री ५ त्रिभुवनवीरविक्रम शाह]]को राज्यकालमा श्री चन्द्रशम्शेरले वि.सं. १९७७ आसाढ २५ गतेदेखि लागु हुने गरी सतीप्रथा बन्द गरिदिएपछि कानूनी रुपमै यो प्रथा नेपालमा बन्द भयो ।
 
== दास प्रथा अन्त्य ==