"पद्म शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
 
== कार्य ==
===शिक्षा===
 
* शिक्षण प्रतिष्ठानहरूको व्यवस्थापनका कमीकमजोरीलाई महसुस गरी पद्म शमशेरले पद्मोदय हाईस्कुल, [[पद्मकन्या बहुमुखी क्याम्पस|पद्म कन्या क्याम्पस]] तथा अन्य विद्यालयहरू खोलेर सञ्चालनमा सुधार गर्न लगाए। शिक्षकहरूलाई तालिमका लागि विदेश पठाउने कार्य गरेकाले पद्म शमशेर गुणात्मक शिक्षाको समर्थक थिए।<ref>[http://eadarsha.com/?article=%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE-%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%87-%E0%A4%A8 शिक्षा क्षेत्रमा कहिले नविसर्ने कार्य गर्नेहरू]</ref>
* नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री पद्म सम्शेरले २००४ जेठ ३ गते गराएका थिए।<ref> {{cite book |author=<!--Staff writer(s); no by-line.--> |title=नेपालको निर्वाचन इतिहास |url= |location= |publisher=निर्वाचन आयोग नेपाल |page=८७१ |date=२०७४ |isbn=}}</ref>
===वैधानिक कानुन===
 
* विक्रम संवत २००४ माघ १३ मा [[नेपाल सरकार वैधानिक कानुन २००४]] श्री ३ पद्म शमशेरले जारी गरे तर त्यो जारी पनि भएन, लागू पनि भएन ।<br />
भारत स्वतन्त्र भएको हुनाले नेपालमा जनतालाई थाम्न नसक्ने ठानी पद्मशम्शेरले बैधानिक कानुन २००४ को घोषणा गराए। त्यो कार्यका निम्ति भारतबाट ३ जना सल्लाहकार झिकाएर नेपालको पहिलो संविधानको मस्यौदा तयार गरे। सो संविधान २००४ माघ ४ गते घोषणा गरि २००५ वैशाखसम्म लागू हुने टुङ्गो गरे। वैधानिक कानुनमा श्री ५ र श्री ३ को अस्तित्व, जनताका मौलिक हक, दुई सदनात्मक व्यवस्थापिका, मन्त्रिमण्डल, पञ्चायतीसभा, प्रधानन्यायलय, प्रधान परीक्षक, दरखास्त परिषद् को व्यवस्था गरिएको थियो। बालिगहरूलाई मतदानको अधिकार प्रदान गर्ने पद्मशमशेरलाई उनका अनुदार भारदारहरूले ज्यान लिने धम्की दिए। त्यसकारण वि.सं. २००४ फागुन १८ गते औषधि गर्ने बाहानामा भारततिर गए। त्यसपछि वैधानिक कानुन क्रियाशील हुन पाएन।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२६५|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>