"प्रतापसिंह शाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
सा →राज्यकाल |
||
पङ्क्ति १९:
}}
'''प्रताप सिंह शाह''' [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]का जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए। अत्यन्तै छोटो शासनकालमा प्रतापसिंह शाहले केही महत्वका काम गरेका हुनाले उनको इतिहासमा राम्रै स्थान मिलेको छ। उनले तिब्बत र भारततिरको व्यापार स्थिर गराइदिए। अङ्ग्रेजहतू मैसूरदमन गर्नमा लागेका मौकामा चितवनलाई आफ्नो अधिकारमा लिए।राज्यको उन्नतिमा योगदान दिने हस्तिहरूलाई पुरस्कृत गरि उनीहरूको हौसला बढाए। तर नेपाल दरबारका पाइनदार पुराना प्रशिक्षित भारदारलाई दुर्बल बनाउनमा उनी अगाडि देखिए।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ १९०</ref>
==प्रारम्भिक जीवन==
युवराज प्रतापसिंह शाहलाई शिक्षादिक्षा दिन भनी श्री ५ पृथ्वीनारायण शाहले काममा खटाएका थिए। पं वज्रनाथ पौडेल एक आज्ञाकारी विद्धान हुनाले युवराज प्रतापसिंहको शाहको रुचि जता लाग्यो उतै ध्यान दिनु राजकाजका गुरुजीका कर्तव्य सम्झन्थे। <ref name="नेपालको तथ्य इतिहास">{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=१८७|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
==राज्यकाल==
यिनको समयमा भुवनेश्वर, कविलासी, विजयपुर, तनहुँ , सुमेस्वर जस्ता ठाउँहरू नेपाल राष्ट्रमा गाभिएका थिए । वि.सं. १८३२ मा नेपाल-तिब्बत व्यापारमा वृद्धि गरे । २ वर्ष १० महिना करिब ३ वर्षको छोटो शासन अवधि बित्न नपाउँदै यिनको देहान्त भयो । यिनले सोच-विचार नै नगरी गद्दी ताक्ने आरोपमा भाइ बहादुर शाह र काका [[दलमर्दन शाह]]लाई नजरबन्द राखे । [[बहादुर शाह]]लाई विश्वास गर्न नसक्नु यिनको ठूलो भूल थियो । पृथ्वी नारायण शाहको देहान्तपछि नेपालका राजा भएका थिए तर दुई वर्ष तीन महिनामा नै यिनको देहान्त भएपछि यिनका छोरा [[रणबहादुर शाह|रण बहादुर शाह]]लाई राजा बनाई [[रानी राजेन्द्र लक्ष्मी]] र राजकुमार [[बहादुर शाह]]ले नायब भई राज्य सञ्चालन गरेका थिए।
==मृत्यु==
उनको रक्तस्रावले गर्दा १८३४ मङ्सिर महिनामा मृत्यु भयो। उनको लास सँगै आठओटी केटीहरू सती गए।<ref>[[राजाराम सुवेदी]], नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ १९०।</ref> प्रतापसिंह शाहको क्रियाकाज दलजित शाहले गरे, गर्नुपर्ने बहादुर शाहले थियो, तर पाएनन् ।
|