"मोहन शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
'''मोहन सम्शेर जंगबहादुर राणा''' [[राणा शासन]]का अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]] औषधि उपचारका निमित्त भारततर्फ लागेका र उतै बाट राजिनामा दिएपछी मोहन शमशेर प्रधानमन्त्री भएका थिए । उनी [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]का जेठा छोरा थिए । उनी मिचाहा प्रवृतिका व्यक्ति हुनाले श्री ३ चन्द्र र जुद्धका पालाका नियम तोड्नुका साथै श्री ५ को गरिमामय पदलाई समेत यिनी बेवास्ता गर्दथे। उनले छोटो समय शासन चलाएर केही सुधारहरू गर्न सक्षम भएका थिए।
==कार्यहरू==
श्री ३ मोहनले योजना परिषद् को आरम्भ गरि पञ्चवर्षीय विकास योजना र विकासका काम गर्न लगाउन थाले। उनले श्री३ पद्म शमशेर द्वारा घोषित २००४ को वैधानिक कानुनलाई अवैधानिक बनाएर आफ्ना मतवालाहरूलाई जम्मा पारी बनावटी र देखावटी राजसभा र भारदारसभा गठन गरे। नगरसभाको गठन गरि २१ वर्ष पुगेकालाई मतदानको अधिकार पनि प्रदान गरे। उनले पनि पद्म शमशेर को झै बजारभाउ नियन्त्रण गर्न १ रुपियाँको १० र १२ माना चामल किन्न सकिने बन्दोबस्त मिलाए। नेपालमा पर्यटन उद्योग र काठमाडौं- हेटौंडा राजमार्गको कार्य आरम्भ गराउने श्री ३ मोहनले २००५ मा सिंहदरबारमा आकाशवाणी स्टेसन स्थापना गराए। त्यसै गरि रेडियो स्टेसन, हवाईविभाग, जनसेवा चलचित्र, पञ्चायत राज, अपिल अदालत बढाउने काम पनि उनैले गरे। गाउँ पञ्चायत, नगरपञ्चायत, छापाखाना, पञ्चायती अदालत, प्रधानपञ्छको व्यवस्था गरेका थिए। राणाकाल देखि नै पञ्चायती अभ्यास भएको थियो। त्यसैले नेपालीले पञ्चायतको पहिल्यै परिचय पाएका थिए।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२६७|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
श्री ३ मोहनले योजना परिषद् को आरम्भ गरि पञ्चवर्षीय विकास योजना र विकासका काम गर्न लगाउन थाले।
 
== भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५० ==