"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १९३:
२) बच्चा जन्मेको छैठौं दिन रात्रीमा नवजात बालकको सिरानमा कापी, कलम, मसी, राखिदिने चलन छ। राप्ती अञ्चलतिर यस दिन रात्रीमा बालकको भाग्य लेख्ने भावी आउँछन् भन्ने लोकविश्वास छ।
 
३) रसियामा नयाँवर्षकोनयाँव र्षको पहिलो दिनलाई भाग्य हेर्ने दिनको रूपमा मनाइन्छ। यस दिन बिहानै युवतीहरू एउटा स्थानमा भेलाभई एउटा पानीले भरेको बाल्टिनमा आ-आफ्ना औंठी आदि सामान खसाल्छन्, हल्लाउँछन् र गीत गाउँछन्। बाल्टिन हल्लाउँदा जसको बस्तु माथि आउँछ उसको भाग्य राम्रो रहेको र बस्तु माथि नआउनेको भाग्य नराम्रो भएको विश्वास गरिन्छ। -व्बल ीष्लन, १९९७इः ६९)।
 
४) रुसमा सिमिक र त्रोइत्सा नामका भाग्य हेर्ने पर्वमा युवतीहरू जंगलमा गई एकएक वटा विरोजा नामका रुख रोजेर रुखमा सानो घाउ खोपी घाउमा रेशमी कपडा बेरेर र्फकन्छन्। निश्चित दिनपछि गई रेशमी कपडा फुकालेर हेर्दा जसको रुखमा खोपेको ठाउँमा पालुवा लागेको छ उसको छिट्टै विवाह हुने र जस्को रुखमा पालुवा लागेको छैन उसको अझै विवाह नहुने विश्वास गरिन्छ -शुक्ल, १९७६इः ६९)।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित