"पहिलो विश्वयुद्धमा नेपाल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २७:
 
==नेपाललाई फाइदा==
'घर जलाएर खरानी' भनेजस्तो यसले नेपाललाई केही फाइदा पनि गर्यो । वि.सं. १९१४ मा श्री ३ जंगले भारतीय विद्रोह दमन गरे बापत १९१७ मा नयाँ मुलुक फिर्ता पाए। पहिलो विश्वयुद्धमा पनि बाँकी तराई र गुमेको नेपाल फिर्ता पाउने आशा थियो तर चन्द्र शमशेरले वार्षिक दस लाख नगद आफ्नो खल्तीमा हाल्न ललचाएका हुँदा भारतका गभर्नर जनरलको सिफारिस कार्बाही हुन पाएन। (डा. <ref>[[राजाराम सुवेदी]], "नेपालको तथ्य इतिहास" (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २५६) ।</ref>
 
युद्ध सकिएको पाँच वर्षपछि सन् १९२३ मा बेलायतले नेपाललाई युद्धमा सघाएको गुन फर्कायो । बेलायतले नेपाललाई सार्वभौम मुलुक मानेर [[नेपाल-बेलायत १९२३ को सन्धि|शान्ति तथा मैत्री सन्धि]] गर्यो । वर्षको ५-१० लाख सहयोग पनि गर्यो । त्यो पैसा राणा र पछि पञ्चायतका शासकहरूले आफ्नो खल्तीमा हाले । पछि डीएफआईडी र ब्रिटिस वेलफेयरजस्ता बाटोबाट पैसा आएपछि यो बन्द भयो ।