"रुद्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ५२:
प्रधान सेनापति रुद्रशमशेरका चार भाइ छोरा भई निष्कासन विषयमा सरसल्लाह गरी ‘मर्छ त के के गर्छ’ भनी विरोध गर्न तयार भई तत्काल काठमाडौंमा उपस्थित निष्कासित हुनेहरू हिरण्य शमशेर, प्रताप शमशेर, गोविन्द शमशेर, [[सुवर्ण शमशेर राणा|सुवर्ण शमशेर]] र [[महावीर शमशेर जङ्गबहादुर राणा|महावीर शमशेर]]हरूलाई सूचना गरी भेला गराई सरसल्लाह गरी विरोध गर्ने सल्लाह आपसमा गरी आफ्ना बुबा रुद्र शमशेरसँग सो कुरा भन्दा उनले वि.सं. १९५८ मा भायसराय लर्ड कर्जनले ‘अबउप्रान्त राणाहरूमा रक्तपात भएमा नेपाललाई भारतमा सम्मिलित गराइने’ भन्ने कुराको साथै वि.सं. १९५९ मा भएको ‘धर्मपत्र’को समेत स्मरण गराई रुद्र शमशेरले आफ्ना छोराहरूलाई सम्झाइबुझाइ भने, ‘मलाई रक्तपात गर्नु छैन, हामीसँग जम्मा सय–सवा सय नाल बन्दुक छन् ।
जुद्धशमशेरकहाँ (मेसिनगन, लुइसगन, ब्रेनगन, स्टेनगन, टमिगन र हजारौँ नाल सर्टइन–फिल्ड गन) राइफलहरूको साथै प्रशस्त मात्रामा गोलीगठ्ठासमेत [[सिंहदरवार|सिंहदरबार]]मा छन्, तसर्थ हामी कुनै अवस्थामा पनि विजयी हुन सक्दैनौँ । मलाई राम्रोसँग थाहा छ हाल जुद्ध शमशेरले आँटेपछि हामी कसैको केही लाग्दैन, हामी केही गर्न सक्दैनौँ । कल्याण यसैमा छ कि हामीले कुनै अप्रिय घटना नगरौँ । अहिले हामी निर्दोष भई जानु परिरहेछ, पछि दागी र बागी भएर जानुपरेमा कलङ्क लाग्नेछ’ भनी आफ्ना चारै जवान छोरालाई सम्झाइबुझाइ अप्रिय घटना गर्ने छैनौँ भनी शपथ समेत दिलाई विरोध गर्नबाट रोके ।<ref>[[पुरुषोत्तम शमशेर
राणाशासन हटाउनु श्री ५ त्रिभुवनको र रुद्रशमशेर दुवैको पनि अभीष्ट भएकाले राणाशासन नहट्दै रुद्र शमशेरका जेठा छोरा ईश्वर शमशेर राजपरिवारको नजिक <ref>श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ २७७ </ref>) मात्र नभई श्री ५ त्रिभुवनका अघोषित परामर्शदाता भइसकेका थिए <ref>श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ २९५-२९६</ref> ।
|