"नेपालगन्ज उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५६:
 
राणा शासनकालमा चोकबजारमा तत्कालीन प्रधानमन्त्री श्री ३ [[जुद्धशमशेर]]को सालिक राखियो । बुढापाकाहरूका अनुसार बटुवाहरू जुद्धशमशेरको सालिकलाई सलाम गरेर मात्र अगाडि बढ्थे।
 
बिस्तारै बस्ती बढ्दै गयो । चोकबजारको दक्षिणतर्फ बीच सडकमै मन्दिरहरू निर्माण भए । पछिसम्मै बिहान ४ बजे [[बागेश्वरी मन्दिर]]को डङ्का बजेपछि चोकबजारमा चहलपहल सुरु हुन्थ्यो ।
 
[[सात सालको क्रान्ति|२००७ सालको जनक्रान्ति]]को प्रभाव चोकबजारमा पनि पर्‍यो । केही युवाले [[जुद्धशमशेर]]को सालिक ढाले । २०१६ सालमा नेपालगन्ज नगरपालिका गठन भयो । मेयर मुलचन्द आजाद र उपमेयर पूर्णमान आजाद थिए । नगरपालिकाले जुद्धशमशेरको सालिक हटाएर ट्राफिक पोस्ट बनायो । चोकबजारको वरिपरि काठको खम्बामाथि काँचको लेन्टर्नबक्स हुन्थ्यो । त्यसभित्र टुकीमार्फत सडक बत्ती बालिन्थ्यो।
२०२०/२१ सालतिर तत्कालीन नगर-पञ्चायतले [[राजा त्रिभुवन]]को सालिक चोकबजारमा स्थापित गर्यो । ०६२/६३ को परिवर्तनपछि भएको [[मधेस आन्दोलन]]का क्रममा त्रिभुवनको सालिक भत्काइयो । तर, जनजिब्रोबाट त्रिभुवन चोक हटेको छैन ।
 
== संस्कृति ==