"नेपालगन्ज उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५०:
==इतिहास ==
अंग्रेजबाट [[बाँके]], [[बर्दिया]], [[कैलाली]] र [[कञ्चनपुर]] ([[नयाँ मुलुक]]) फर्काएपछि तत्कालीन प्रधानमन्त्री [[जंगबहादुर राणा]]ले नेपालगन्ज सहरको कल्पना गरेका थिए । उनकै चाहनामा भारत [[लखनउ]]को व्यापारिक केन्द्र हजरतगन्जको मोडेलमा यसको संरचना निर्माण अगाडि बढ्यो ।
 
अभिलेखहरूअनुसार जंगबहादुरले सुब्बा सिद्धिमान राजभण्डारीलाई नयाँ सहर स्थापनाका लागि अध्ययन गर्न खटाए । उनको प्रतिवेदन प्राप्त भएपछि पद्मनाभ जोशीलाई नयाँ सहर बसाउन पठाए । जोशीले हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ एक सय आठ फिट सडकको दायाँ–बायाँ घरहरू निर्माण गराए । सँगसँगै लोकबहादुर थापाले काठ भारततर्फ निकासीका लागि काठमहल बनाए ।
 
== संस्कृति ==
यो सहर संस्कृतिक र धार्मिक दृस्टिकोणले निक्कै नै विभिधतापूर्ण छ। यहाँका बासिन्दाहरू [[हिन्दू धर्म|हिन्दू]], [[मुसलमान]], बौद्ध लगायत अरू थुप्रै धर्ममा आस्था राख्दछन्। त्यस्तै, यहाँका बासिन्दाहरू विभिन्न सम्प्रदाय, जात-जाती र मूलका छन्। यो सहर नेपालको शान्तिपूर्ण बहूसांस्कृतिक सहर हो र यहाँका मानिसहरू एकआपसमा निक्कै सौहार्दपूर्ण वातावरणमा बस्दछन्।