"जलवायु परिवर्तन" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: ''''ग्लोबल वार्मिङ''''भन्ने अंग्रेजी पदावलीलाई नेपालीमा '''भूमण्डल...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''भूमण्डलीय ऊष्मीकरणको''' अर्थ हुन आउँछ पृथ्वीको तापक्रममा हुन आइरहेको क्रमिक वृद्दि र यसका कारणले हुन जाने प्रभावहरू । वातावरणविद एवँ वैज्ञानिकहरूका अनुसार हामी बसोवास गरिरहेको पृथ्वी क्रमश: तातिरहेको छ तर यसको कारण पृथ्वीलाई ताप र शक्ति प्रदान गर्ने सूर्यको तापक्रम बढेको कारणले नभई, पृ्थ्वी भित्रैबाट सिर्जित मानवीय कारणले गर्दा हुन गएको हो । यो कुराको सिधा सम्बन्ध मानव जातिले आँफू बाँचेको संसारलाई प्रदूषित पार्न खेलेको भूमिकासंग गाँसिएको छ ।
ईसाको १८ औँ शताव्दिको अन्त्यतिर शुरू भएको औद्योगिक क्रान्ति अनि कलकारखानाहरूको स्थापना र १९औँ तथा बीसौँ शताव्दिमा यातायात , कलकारखाना र मेशिनहरू जस्ता प्रसाधनहरूको अत्यधिक प्रयोगमा लाग्ने पेट्रोल, डिजेल, मट्टितेल जस्ता ईन्धनहरू तथा मिथेन जस्ता ग्यासहरू बालेर वातावरणमा उत्सर्जन हुन पुग्ने कार्बन, कार्बन मोनोअक्साइड आदि जस्ता विषालु र हानिकारक ग्यासहरूको मात्रा बढ्दै जानाले नै वातावरणीय प्रदूषण र भूमण्डलीय ऊष्मीकरणको डरलाग्दो स्थिति पैदा हुने स्थिति आएको हो ।
 
{{stub}}