"रैका राजवंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५५:
== रैका राजाको इतिहास ==
[[शौनक गोत्र|शौनक]] गोत्रीय, सूर्यवंशी, कुशको वंशज, विभिन्न नामका [[मष्टो देवता]] र मष्टोसँग सम्बन्धित स्त्रीरुप( शिलादेबी, [[शैलेश्वरी]],[[मालिका देवी|मालिका]])लाई कुलदेवता मान्ने रैका राजाका प्रमाणित मूल पुर्खा १२औं शताब्दीमा जुम्ला खारी प्रदेशमा देखापरेका नागराज थिए । इतिहासकारहरूका अनुसार यी राजा [[बौद्ध धर्म|बौद्ध]] धर्मका अनुयाई थिए । ७औं शताब्दीमा दक्षिण [[भारत]] [[गंगा नदी|गंगा]]को मैदानबाट [[आदि शंकराचार्य]] सँगै आएका बैदिक आर्य राजपुतसँग [[कुमाउँ]] क्षेत्रमा टकराव हुँदा यी त्यहाँबाट उत्तर खारी प्रदेश प्रवेश गरेको भन्ने इतिहास भेटिन्छ । यिनका अभिलेखमा आफुलाई [[खस]] राजा महाराजा भनेर लेखिएको पाईन्छ । यी राजा हिमालपारी [[तिब्बत]]को खारी, गुंगे, पुरांग, ताक्लाखर क्षेत्रमा राज्य गर्दथे । १२औं शताब्दीमा यिनको आगमन जुम्ला क्षेत्रमा भयो । यिनैका वंशजहरूले राईका भाषा भई राइका ज्यु, राइका भन्दै राईका, रैकाको रुपमा परिचित भएका थिए । जुम्ला र दुल्लु यिनको राज्य मुकाम थियो । यसै वंशका राजा क्रचल्ल बि.स १२८० को दशकमा भएंकर बहादुर शासक थिए । यिनले कार्तिकेयपूरीको [[कत्युरी]] राज्य धोस्त गर्न [[दुल्लु]] ,[[दैलेख]] ,[[अछाम]], [[बझाङ]] ,[[बाजुरा]] ,[[कालिकोट]] ,[[जुम्ला]] सहितका १० मण्डलीक राजा (बोटे राजा)को शक्ति संगठित गरेर कार्तिकेयपूरीको कत्युरी राज्य ध्वस्त गरेका थिए । यिनका अभिलेखमा यो कुरा उल्लेख छ । यिनका पुत्र अशोक चल्लले केदार भुमि बिजय गरेका थिए । केदार भुमि बिजय गरे भन्ने अभिलेख यिनले लेखाएका छन् । यसै वंशका सुर्यमल्ल, अभय मल्ल, नागिमल्लले डोटी [[कत्युरी]] पाल राज्य १४औं शताब्दीमा बिजय गरेका थिए । [[कत्युरी राजवंश]]को डोटी पाल राज्य विजय गरेपछि यिनको बसोबास डोटी क्षेत्रमा भयो । डोटीमा [[ताम्रपत्रमा रैका/राईका आदेश]]लेखाउने राइका अथवा रैका राजाको रुपमा चिनिए । [[गोरखा]]ले बि.स १८४७ मा यो राज्य बिजय गरेपछि यो राज्यको स्वतन्त्र हैसियत सकियो यसै वंशका बिष्णु शाही र पहाड शाहीले गोर्खाको अधिनस्त भएर १८५५ सम्म राज्य गरेका थिए । यो वंशज जुम्ला र दुल्लु बाट डोटी आएपछि जुम्लामा कल्याल अछाममा सोवंशी, कालिकोट क्षेत्रमा रासकोटीको नियन्त्रण हुन गयो । यी राजाका अभिलेख केलाउदा १४औं सताब्दी पहिलेका अभिलेख अनुसार बौद्ध धर्म मान्दथे । १४औं सताब्दीपछि [[हिन्दू धर्म|हिन्दू]] धर्मलाई अनुसरणगर्न पुगेको भेटिन्छ । यिनका देबी देवताबाट पनि धेरै कुराको बिषयमा तर्क गर्न सकिन्छ । <ref name="लाल बहादुर बम ठकुरी "> कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०) </ref>
 
=== रैका राजाको कुलदेवता तेडीमष्टो आफ्नो भरांड ल्याउन सिंजा (जुम्ला) गएको===
युद्दको अभियानमा सिंजा का राजाले डोटी पाल राज्य बिजय गरेपछि पुरुष हरु सबै डोटी मै बसे र तेडी देवता आफ्ना देवताको भराँण जुम्ला बाट डोटी ल्याउन सिंजा ([[जुम्ला]]) गएको अवस्थामा त्यहाँ रहेकी राजाकी महारानी र [[तेडी मष्टो]]का बीच भएको करुणा मय श्लोक (जागर) यस्तो छ ।<ref name=" डोटी का रैका (मल्ल/शाही)राजाका कुलका दमाईहरु "> डोटी का रैका (मल्ल/शाही)राजाका कुलका दमाईहरु डोटी सिलगडी नगरपालिका १ बस्ने नर बहादुर औजी बर्ष ५२ , प्रेम औजी बर्ष ६६ र धर्म औजी बर्ष ६४ संग लिएको देवताको श्लोक (जागर /भाडा) अनुसार </ref>
जय हो..... गुरु ज्यू ....। तुमारी वाचा... । हे सिद्ध ज्यू..... तुमारी बाचा, आकाशका इन्द्र वलि देवता तो पन्ना भया , पातालका भूमेश्वरौ देवता हौ त पन्ना भया । हे नमो नमो पूर्वकी श्री पशुपति, पश्चिमकी माहाकालिका उत्तरकी मालिका त दक्षिणकी भुवानी उइत पन्ना भया । हे नमो नम.....। अव आयो सुनदेवी, शिलादेवी, लाटीदेवी, दूर्गादेवी, पगलेकी, कवलेकी, केदार, भुमेश्वरौ, ग्वासी समैजी, नन्देवी, वनदेवी, लाटीदेवी दूर्गादेवी ऐपार दुधधारी नमौ नवौ । अव आयो सुनदेवी, शिलादेवी, लाटीदेवी, दूर्गादेवी, पगलेकी, कवलेकी, केदार, भुमेश्वरौं लाटेश्वर,भोगेश्वर, गौडीबाघ, नवादेउ, खम्तडो, धारमोरे, छडी,बासकोटे अव आयो नमो नव अव आयो उक्यानी कुक्यानी दुधधारी कृष्ण मष्टमहाराज को पुत पन्ना भयो । डाँडाबाघ , गौडीबाघ ऐपार लाट वाउने देवता उत पन्ना भया । उत पन्ना भया । मष्टो महाराज उत पन्ना भया । ए नमो नम अव आया । अव आयो मौराकी भेष, कौछाकी कन्चुसाकी भेष सूर्जवंशी तेडी, लैजा हो गया सिंजाकी धाड, सिजाको सिजाकी को नेत्रकी झाल अरिङ्यालकी भेष, मौराकी भेष कई । सिजाको सिंजो हल्लायो, सिंजो चल्लायो , जव लाग्या रानी सिंजापति रानी धुड धुड रुन... । छाडीदे बुवा तेरा मेरा नेत्रकी झाल ऐसे तो पन्ना तो सूर्जवंशीका तेडी पुतकी होइ लैजा न वुवा तेरा सिंजाकी धाड,
*(१) हेलुवाघोडो,
*(२) केलुवादमाई,
*(३) लछुलीपात,
*(४) रम्भारम्जुत्यदमाउ,
*(५) रातीआलम,
*(६) कालीचम्मर,
*(७) सेतीचम्मर,
*(८) नवभोक्कर, लैजा हो वुवा तेरा सिंजाकी धाड, येसे उतो पन्नाको सूर्जवंशी तेडीकी होइ तव म धुर धुर रोय लैजा वुवा तेरा सिंजाकी धाड, सूर्जवंशीले तव सिंजो हल्लायो, सिंजो चल्लायो, अटकसिल्लाराई, फटकसिल्ला राई कुन राईले सिंजो हल्लायो, कुन राईले सिंजो चल्लायो । लैजा वुवा तेरा सिंजाकी धाड छाडी दे वुवा मेरा नेत्रकी झाल, यसे तो सूर्यवंशी तेडीकी होई वाटाघाटाकी रक्षा गर्या । पडपखानकी रक्षा गर्या । मड मसानकी रक्षा गर्या । एकला दोकला की रक्षा गर्या । अटकसिल्ला राई, फटकसिल्ला राई, लैजा वुवा तेरा सिंजाकी धाड । तव सूर्जवंशी तेडीले सिंजो हल्लायो सिंजो चल्लायो । ल्यायो सिंजागडी सिंजागढपती सिंजाकी धाड...... । रम्भारम्जुत्यदमाउ, लछुडीपात, केलुवादमाइर्,
*(९) सेतोसाँग, रातीआलम,
*(१०) चौवुण्यागणाल,
*(११) सौैवुण्याघाँट, लैजावुवा तेरा सिंजाकी धाड । यसै त पन्नाकी सूर्जवंशी की होई । लैजा वुवा तेरा सिंजाकी धाड यति भनि सिंजापति रानीले तेडीका झाल सुनी लै दियो । आप्mनो सिंजाको धाड ....। कौशिल्ला देवी, सुनदेवी, शिलादेवी, भगवती त पन्ना भइन , सब देवता आफ्ना-आफ्ना रुप आफ्ना-आफ्ना छल-वल दिएर देवताको अम्ले सिंजाकी धाड को अम्ले को सव देवताको सेवादारी भई नमो नम ।
 
== रैका राजाको वंशावली<ref name="">वैदिक आर्यन ठकुरी , इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध, रैका राजाको वंशावली , पृष्ट ४० - ४२ ( २०७२ साल )
"https://ne.wikipedia.org/wiki/रैका_राजवंश" बाट अनुप्रेषित