"स्वस्थानी व्रत" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
|||
पङ्क्ति ४५:
यस क्रमले जब माघ शुक्ल पूर्णिमाको दिन आउछ, तब नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्री स्वस्थानी माता संगै मेरो पनि पूजा गर्नु भनि श्री महादेव बाट आज्ञा भएको छ । यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ चढाउनु पर्दछ । अन्य अप्राप्य फलफूल र नैबैद्यहरू यथाशक्ति चढाउन सकिन्छ । पूजा पछी १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रतप्रतिष्ठा पछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८/८ वटा प्रसाद झिक्नु अथवा (आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन सहित) आफ्ना श्रीमान लाई दिनु, श्रीमान नभए आफ्ना छोरालाई दिनु , छोरा पनि नभए मित छोरालाई दिनु , मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदिमा बगाई दिनु र सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । यतिगरी सके पछी श्री स्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नासिई मनोकामना पूर्णहुनेछ भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरीएको छ ।
आजको युगमा हाम्रो समाज घोर भौतिकता तर्फ अग्रसर भइरहेको छ । हाम्रा संस्कृति, रीति रिवाज र परम्परा सबै नासिदै गएका छन् । जताततै पाश्चात्य संस्कृतिको ब्यापक प्रभाव परेको छ । भीषण सांस्कृतिक हमला जस्तो भईरहेको छ । यस्तो अवस्थामा हामी सवै धर्मप्रेमी महानुभावहरुले आफ्नो संस्कृति जोगाइ राख्ने प्रयास गर्नु पर्दछ । आफ्ना संतति हरूलाई हाम्रा रीति–स्थिति पर्व,
<ref>http://www.nepalsamuha.com/swastani-brata-started.html</ref>
|