"अवधी भाषा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
वर्तमान समयमा अवधीमा धेरै थोरै साहित्यिक प्रयास छ । हिन्दीको मानकीकरण भन्दा पहिला यो महत्वपूर्ण साहित्यिक बोली थियो । अवधीको सबैभन्दा पुरानो झलक १२ औँ शताब्दिको दामोदर पन्डितको "उक्ति-व्यक्ति प्राकरण" मा पाइन्छ । उहाँले यो किताब आफ्नो मातृभाषा अवधी सिकाउनका लागि लेख्नु भएको थियो । प्राचीन अवधी साहित्यका मुख्य शाखा भक्तिकाव्य र प्रेमाख्यान काव्य हो । भक्ति काव्यमा गोस्वामी तुलसीदास को "रामचरितमानस" (सं. १६३१) अवधी साहित्य को प्रमुख कृति हो । यो भाषा संस्कृत शब्दावलीले भरिएको छ । रामचरितमानसको अतिरिक्त तुलसीदासले अन्य ग्रन्थ अवधीमा लेख्नुभएको छ जस मध्य "विनय पत्रिका " एक हो। <ref name="Nayyar" />यही भक्ति साहित्य अंतर्गत लालदास को "अवधबिलास" आउछ । यसको रचना संवत १७०० मा भएको हो । सन्तकविहरुमा बाबा मलुकदास पनि अवधी क्षेत्र कै हुनुहुन्थ्यो । धेरै सन्तहरुले आफ्नो उपदेशका लागि अवधी भाषाको प्रयोग गरेका छन ।
प्रेमाख्यान काव्यमा सूफी काव्यको परम्परा धेरै पाइन्छ । १४ औँ शताब्दिमा शुरु भएको सूफी परम्पराको धेरै कवि र लेखकले प्रयोग गर्न थाले र अवधी भाषामा थुप्रै कविताहरु लेखे । सूफी लेखकहरुले समृद्ध पारेको अवधी प्रेमाख्यान काव्य साहित्यमा मुस्लिम कवि धेरै थिए र मौलाना दाउद पहिला कवि हुनुहुन्थ्यो । त्यस समयको मुस्लिम प्रभावले गर्दा सूफी परम्परामा आधारित कविताहरु फारसी लिपिमा लेखिएका थिए ।<ref name="Nayyar">[http://www.esamskriti.com/essays/docfile/14_395.doc History of Hindi language], Compiled by Sanjeev Nayyar, March 2002</ref> मौलाना दाउदको "चण्डायन" सबैभन्दा पुरानो कृति भएपनि यस विधाका महान लेखक मलिक मुहम्मद जायसी थिए जसले सन १५२० र १५४० को बिच चितौणको रानी पद्मिनीको कथामा आधारित "पद्मावत" कविताको सिृजना गरे ।<ref name="Nayyar" />मंझन को "मधुमालती", उसमान को "चित्रावली", आलम को "माधवानल कामकंदला", नूरमुहम्मद को "इंद्रावती" र शेख निसार को "यूसुफ जुलेखा" यही परंपरापरम्परा को रचनाहरु हुन्। शब्दावलीको दृष्टि बाट यो रचनाहरु हिंदू कविहरुको ग्रंथ भन्दा यो कुरामा भिन्न छन कि यिनमा संस्कृत को तत्सम शब्दहरुको त्यति प्रचुरता छैन। <ref name="Baburam">[http://books.google.co.in/books?id=WfkWvgqk5c4C&lpg=PP1&pg=PP1&redir_esc=y#v=onepage&q&f=false Evolution of Awadhi (a branch of Hindi)] By Baburam Saksena</ref>
 
 
 
 
==यो पनि हेर्नुहोस==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/791364" बाट अनुप्रेषित