"विकिपिडिया:लेख शीर्षकहरू" का संशोधनहरू बिचको अन्तर

सा शब्द छनोट
सा hyperlink in 1st word, removed
पङ्क्ति ३:
{{Content policy list}}
 
'''[[विकिपिडिया]] लेख शीर्षक''' लेख सामग्रीको शिर्ष भागमा प्रदर्शित हुने ठुलो वा मुख्य शीर्षक र लेखको [[वि:पृष्ठ नाम|पृष्ठको नाम]] तथा [[युआरएल]]को आधार हो। शीर्षकले लेख कुन विषयसँग सम्बन्धित छ भन्ने कुरा दर्शाउनुका साथै विकिपिडियामा रहेका अन्य लेखहरूसँग सो लेखलाई छुट्याउँछ। सामान्य अर्थमा भन्ने हो भने लेख शीर्षक विकिपिडियामा रहेका लेखहरूको मुख्य पहिचान हो।
 
साधारण भाषामा शीर्षक भनेको कुनैपनि लेखको विषयवस्तुको नाम हुनसक्छ, वा यो कुनै विषयवस्तुको विवरण हुनसक्छ। किनकि कुनैपनि दुईवटा लेखको शीर्षक एकसमान हुनसक्दैन, यदि शीर्षक सामान हुने स्थिति आएमा लेखको शीर्षकलाई भिन्न पार्नको निम्ति अरू लेखहरूबाट सो लेखलाई फरक जनाउने जानकारी शीर्षकमा राख्नुपर्ने हुन्छ, यसो गर्दा कोष्ठकभित्र () वा अल्पविराम चिन्ह (,) पछि सो शीर्षकको सम्बन्धमा सामान्य परिचय राख्नुपर्छ। सामान्यतया, लेख शीर्षकहरू [[वि:स्रोत उल्लेख|आधारभूत तथा विश्वसनीय स्रोत]]हरूमा सो विषयवस्तुलाई के भनिएको छ सोही आधारमा राख्ने गरिन्छ। यदि विश्वसनीय स्रोतहरूले भिन्न भिन्न विकल्प दिने अवस्था आएको खण्डमा सम्पादनकर्ताले सक्दो सन्तुलन बनाउनुपर्छ र दिइएको सिद्धान्तहरूमाथि विचार गरेर उपयुक्त शीर्षक छनौट गर्नुपर्छ: आमबोलीचालीमा प्रयोगमा रहेको, सजिलै बुझ्न सकिने, पर्याप्त रूपले सङ्क्षिप्त, सटीक, तटस्थ र अन्य सम्बन्धित लेखहरूसँग र विकिपिडियामा स्थापित परम्परासँग एकरुपता राखेको हुनुपर्छ।