"पिपलकोट, दैलेख" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७२:
 
==इतिहास==
पूर्वकालमा पिपलकोटको तोलिचाका भन्ने गाउँमा बाघे र भौंरे नाम गरेको दुई भाइहरू कोटे राजाको रुपमा राजा भएर राज्य गर्दथे । ति बाघे भौंरेले सिंहासैनका तत्कालिन कोटे राजालाई दुःख दिएकोले सिंहासैनका कोटे राजाले [[चामुण्डा, दैलेख|चामुण्डा]]को तिलुखानाबाट हंशे र कण्ठे नामका आपन्तलाई आफ्नो सहयोगको लागि बोलाएर ल्याएका थिए । ति हंशे र कण्ठेहरूले लडाइँ गरेर बाघे र भौंरेलाई मारी यो गाउँलाई सिंहासैनमा नै गाभेका थिए । बाघे भौंरेलाई मार्न हंशे कण्ठेलाई निकै मिहनेत गर्नु परेको थियो ।<ref>विभिन्न किंवदंतीहरू</ref> त्यसपछी यो गा.वि.स. लगायत यहाँको सबै क्षेत्रहरू [[दुल्लु नगरपालिका|दुल्लू राज्य]] को अधिनस्थ भएको थियो । दुल्लु राज्यको अधिनस्थ भएका बेला यो गाविस आठबीस दरामा पर्दथ्यो । त्यो बेला यो गा.वि.स.लाई तोलिचाखा मौजा, पातेमेला मौजा, चिउरी मौजा र गोर्खी मौजामा विभाजन गरिएको थियो । २०१७ साल पछी यो गा.वि.स.का सबै मौजौहरूलाईमौजाहरूलाई पुनः सिंहासैन गा.वि.स.मा गाभिएको थियो । त्यसपछी २०३८ सालमा सिँहासैन गा.पं. बाट पिपलकोट गाउँ पञ्चायत अलग भएको थियो । चिउरी डाँडामा रहेको पिपलको रुख र "कोट" भन्ने ठाउँको नामबाट लक्षिराम जैसी लगायतका केही बुद्वीजिवीहरूले यस गा.वि.स.को नाम पिपलकोट राखेका थिए। लक्षिराम जैसी यो गा.वि.स.का नागरीकहरूमा पहिला शिक्षक हुन्। उनी श्री दिप मा.बि.का तत्कालीन प्रधानाध्यापक थिए।
यो गा.वि.स.स्थापना भएको सालबाट हाल सम्म जम्मा चार जना प्रधान पञ्च तथा गा.वि.स. अध्यक्षहरू बदलिएका छन्। यो गा.वि.स.का पहिला प्रधान पञ्च दत्त प्रसाद जैसी हुन्। यो गा.वि.स.लाई सिँहासैनबाट अलग गराउनमा दत्त प्रसाद जैसीको ठूलो योगदान रहेको थियो। सिँहासैन र पिपलकोट अलग नहुनु अघाडी पनि दत्त प्रसाद जैसी प्रधान पञ्च रहि सकेका थिए। हाल सम्म पिपलकोटमा पदाधीकारी भएका सबै व्याक्तीहरूको विवरण यस प्रकार रहेको छ:-
*प्र.पं. दत्त प्रसाद जैसी (वि.सं २०३८-२०४३)