"हुड्केली नाच" का संशोधनहरू बिचको अन्तर

जानकारी बाकस थप
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
| भाषा = [[डोटेली भाषा|डोटेली]], सुदूरपश्चिमका स्थानिय भाषा तथा [[भारत]]को [[उत्तराखण्ड]] कुमाउँ, गढवालमा बोलिने भाषा
}}
'''हुड्केली नाच''' अथवा '''हुड्के नाच''' नेपालको पश्चिमी भेकमा प्रचलित नाच हो। यो [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र| सुदूरपश्चिमाञ्चल]] र [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्यपश्चिमाञ्चल]]को लोकप्रिय नाच मध्ये पर्छ । हुड्केली नाच [[हुड्को|हुड्का]]को तालसँग नाचीन्छ। पश्चिम नेपालको चर्चीत [[देउडा गीत|देउडा भाका]]मा गाइने हुड्केली गितमा पौराणीक कथा, राजा महाराजाहरू गाथाको बर्णन र पुराना लडाईका कथाहरू समाबेश गरिन्छ । जसलाई स्थानिय भाषामा [[कर्खा]] अथवा भारत भनिन्छ । बिबाह ब्रतबन्ध पास्नी तथा अन्य सुभ कार्यहरूमा यो नाच नाच्ने गरिन्छ । हुड्को डमरु जस्तै एक हातले समातेर बजाउन मिल्ने बाजा हो । यो नाच नाच्नेले टाउकोमा सेतो फेटा पगडी बाँधेको हुन्छ भने सेतो नै पहिरन लगाएको हुन्छ र रातो कपडा छड्के पारेर कम्मरमा बधेको हुन्छ । प्राय वीरगाथा गाइने यस नाचमा ताण्डब नृत्यमा एक जनाले गाउने र अरुले साथ दिने गर्छन । यो नाचलाई [[भारत]]को [[उत्तराखण्ड]]मा लोकप्रिय नाचको रुममा लिइन्छ । उत्तराखण्डमा हुड्के नाचलाई छलिया नाच भनिन्छ । '''हुड्केली''' पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा प्रचलित नाच्ने र गाउने लोकनृत्य एवं गीत हो । यो [[दमाई जाति]]बीच कायम छ । यसलाई हुड्के नाच भनेको पनि पाइन्छ । विवाह, उत्सव, विभिन्न सांस्कृतिक तथा राजनीतिक कार्यक्रममा पनि हुड्केली नाचिन्छ । <ref>[https://www.karobardaily.com/news/lifestyle/741 ओझेलमा सुदूरपश्चिमको हुड्केली नाच - कारोबार दैनिक]</ref>
[[भारत]]को [[कुमाउँ]], [[गढवाल अधिराज्य|गढवाल]] हुँदै पश्चिम नेपाल आएको हुड्केली नाच अहिले भारतको [[राजस्थान]]मा पनि नाच्ने गरिन्छ ।
[[File:छलिया नृत्यमा लगाउने पोषाक 02.jpg|250px|thumb|हुड्केली नाचको तयारीमा [[ शंकर सिंह विष्ट‎]]]]
"https://ne.wikipedia.org/wiki/हुड्केली_नाच" बाट अनुप्रेषित