"स्वामी विष्णु तीर्थ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
आचार्य श्रीमत् [[स्वामी]] विष्णु तीर्थ ज्यू को जन्म विक्रम संवत् २०१० मा [[नेपाल]]को [[धादिङ्ग|धादिङ]] जिल्लामा [[सापकोटा]] [[ब्राह्मण]] परिवारमा भएको थियो । प्रारम्भिक शिक्षा आफ्नै [[बुवा|बुबा]]बाट प्राप्त गर्नुभएको थियो तथा १५ बर्षको कलिलो उमेर मै उहाँ [[गाँउ]]को एक दक्ष [[पुरोहित]] बन्नुभएको थियो । एकरात सपनामा एक [[साधु|सन्त]]ले दर्शन दिएर "पारे ग्रामे हरि [[भगवान्|भगवान]]" भन्ने वाक्य उच्चारण गर्दै उहाँलाई ब्यूझाँएका थिए । त्यस पछि स्वामी ज्यू अध्ययन गर्ने शिलशिलामा [[काशी|वाराणसी]] पुग्नु भयो । काशीमा [[मलेरीया|मलेरिया]]बाट ग्रसित भएपछि स्वामी ज्यू [[वृन्दावन]]मा केही समय व्यतित गरेर [[हिमालय]] तर्फ लाग्नुभयो । यसै क्रममा [[गंगा|गङ्गा]]जी को उद्गम स्थल गंगोत्री पुग्नुभयो । [[गंगोत्री]]मा [[स्वर्गद्वारी महाप्रभु]] तथा [[बाला गुरू षडानन्द]]सँग आध्यात्मिक ज्ञान प्राप्त महान तपस्वी सन्त [[स्वामी नरहरि तीर्थ]]का सानिध्यमा रहेर उहाँबाटै [[नैष्ठिक ब्रह्मचारी]]को दीक्षा लिएर ८ बर्ष सम्म कठोर [[तपस्या]] तथा [[गुरुसेवा]] गर्नुभयो । [[गुरु]]जीको देहान्त पश्चात् ३३ बर्षको उमेरमा स्वामी ज्यू कैलाश आश्रम [[ऋषिकेश]] तर्फ जानुभयो र [[वेद]], [[वेदान्त]], [[न्याय]], [[साङ्ख्य]], [[बैशेषिक]], [[योग]], [[मीमांसा]] आदिको गहन अध्ययन गर्नुभयो । अध्ययन पश्चात् [[कैलाश आश्रम]] तथा यसकै शाखाहरूमा आचार्य पदमा रही अध्यापन पनि गर्नु भयो यसैले उहाँ आचार्यजीका नामले प्रख्यात हुनुहुन्छ ।
 
सरल स्वभाव र महान प्रतिभाका धनी, स्वामी ज्यू हाल भारतको भातरकोभारतको उत्तराखण्डका महानतम संस्कृत विद्वान् हरूमा मानिनुहुन्छ । जस जस ले स्वामीज्यू को सानिध्य पाए उनीहरूको एकै वाक्य हुन्छ 'स्वामी ज्यू पूर्वीय दर्शनको जिउँदो शब्दकोश हुनुहुन्छ ।'
 
{{stub}}