"खस जाति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३२:
नेपालका खस क्षत्री/थकुरी हुन् वा ब्राह्मण, उद्भवका हिसाबले गंगाको मैदानतर्फका वैदिक ब्राह्मण र क्षेत्रीय कुलसँग तिनको कुलीय प्राचीनता फरक तथा वैवाहिक सम्बन्ध पनि निषेध थियो। धार्मिक समन्वयको संस्कार बोकेका खसहरू [[मष्टो देवता]](मष्टो) मान्थे। {{Citation needed}} खस राजाहरू बुद्ध धर्मको अनुयायी र रक्षकको रूपमा तिब्बतको शक्य गोन्पा लगायतका हिमाली कन्दरादेखि लुम्बिनी, कपिलवस्तु, बुद्धगया र स्थानसम्म पुगेका उदाहरणहरू पनि छन्। नेपालमण्डलमा आक्रमणको क्रममा खसहरूले बुङ्मती, स्वयम्भू आदि क्षेत्रमा दानदातव्य र पूजाप्रार्थना गरेका प्रमाणहरू छन्। {{Citation needed}} क्राचल्ल, अशोक चल्ल लगायतका राजाहरूले बुद्ध धर्मको उत्थानमा गरेका कामको लामै ऐतिहासिक सूची बन्न सक्छ। मगध सम्राट अशोकले बोधगयालाई चढाएका तर पछि शोग्पोहरूले खोसेका वस्तीयुक्त ४४ इलाका अशोक चल्लले किनेरै बोधगया (बज्राशन) लाई चढाएको चर्चा तिब्बती स्रोतमा पाइन्छ। तिब्बती वंशावलीहरूले रिपु मल्ललाई 'धेरै भारतीय राज्य रजौटा जित्ने अधिपति' भनेको छ। {{Citation needed}}
 
नवलपरासीको दाउन्ने गढीमा पृथ्वी मल्लका सहयोगी सामन्त शासक देव वर्माले शैल दुर्गकिल्ला बनाएका र बुटवलको सैनामैनामा खस शासनकालको बौद्ध मन्त्र 'ओम मणि पद्मे हुँ' कुँदिएको अभिलेख पाइएको छ। यसरी खसको अधीनस्त इलाका भएकोले नेपाली इतिहासमा तराई अभिन्न देखिएको हो। {{Citation needed}} कुमाउँ गढवालतर्फ खस ब्राह्मणक्षत्री भनेर चिनिने २५० र २८० थर कुल भेटिएका र त्यताका कत्युरी आदि राजवंश समेत खस नै भए पनि मष्टो परम्परा त्यति प्रचलित नभएको कुरा उल्लेखनीय छ। कारण गुँगे, पुराङ्तर्फ श्याङशुङको प्राकृतिक वोन धर्मको प्रभाव हटिनसकेकोले त्यता पसेका खसहरूले तिब्बती सभ्यतासँग घुलमिल हुनु अनिवार्य थियो। उनीहरू मंगोल समूहहरूका विरुद्ध स्थानीय वोन र बौद्धहरूलाई सहयोग गर्न भनेरै त्यता पसेका थिए। {{Citation needed}}
 
खस क्षत्रीबाहुन न मुगल आक्रमणबाट जोगिन नेपाल पसेका हुन्, न त यिनको मूलथलो नै बनारस वा गंगाको मैदान हो। खस समुदाय गान्धार, वाल्हीक, काश्मिर, काश्गर, पश्चिम तिब्बतको गुँगे –पुराङ वा कैलाश मानसरोवर इलाका हुँदै पश्चिम – उत्तर कुनाबाट टारटार वा क्वार्लोक तुर्क – मंगोलसँग लड्दैभिड्दै इनिहरुलाइ पुर्ब तर्फ धकेल्दे नेपाल पसेका हुन्। {{Citation needed}} यो भूखण्डमा खस समुदायको प्रवेश एक युगान्तकारी घटना थियो।
"https://ne.wikipedia.org/wiki/खस_जाति" बाट अनुप्रेषित