"जनसङ्ख्या अर्थशास्त्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०:
जनसङ्ख्या शास्त्रको दोस्रो चरण प्रायिकताको गणितीय विकासका साथै प्रारम्भ हुन्छ । यस क्रममा अमेरिका र युरोपका देशहरुमा जनगणना र पंजीकरण प्रारम्भ भइ जन्म मृत्युका तथ्यांकहरुको विश्लेषण र सहसम्बन्धको अध्ययन प्रारम्भ भयो । जसले जनसांख्यिकीका उत्कृष्टतम विधिहरुको सहायताले जनसांख्यिक तथयांकको अध्ययन हुन थाल्यो । तर Dempgraphy शब्दको प्रयोग सर्वप्रथम फ्रांन्सिसी लेखक आशिले गिलार्ड ले आफ्नो पुस्तक मा गरे । यस पुस्तकमा उनले जनसांख्यिकीलाई जनसङ्ख्याको भौतिक, सामाजिक, बौद्धिक तथा नैतिक अवस्थाहरु र सामान्य प्रवासको अध्ययन बताएका छन् ।<ref>Asha Bhende and Tara Kanitkar, Principles of population studies, ch 1</ref>
<br />
वारेन थोम्पसनले आफ्नो पुस्तक Population Problem (१९५३) मा जनसङ्ख्याको अध्ययन सामाजिक विज्ञानको दृष्टिकोणले गरेका छन् । यसरी जीवविज्ञान, समँज शास्त्र र अर्थशास्त्रको एक अंगको रुपमा रहेको यो विषय आज एक स्वतंत्रस्वतन्त्र विषय जनसङ्ख्या अध्ययनको रुपमा विकसित भइसकेको छ ।
 
==जनसङ्ख्या अर्थशास्त्रको महत्व ==
मानव जातिले ज्ञान विज्ञानका अनेक क्ष्ँेत्रमा फड्को मारेको छ । आफुलाई प्रशस्त भौतिक सुख सुविधा जुटाएको छ । तर पनि विश्वको जनसङ्ख्याको आधा भन्दा बढी भाग आज पनि अभावग्र्रस्त जीवन बिताउन विवश छन् । एक्काइसौं शताब्दीको प्रारम्भमा विश्वका २२ प्रतिशत मानिसहरु अल्पपोषित छन् भने ११ प्रतिशत मानिसहरु अत्यन्त कुपोषित छन् । यति मात्र विश्वको १ प्रतिशत जनसङ्ख्या भोकमरिको शिकार हुने गरेको डरलाग्दो तथ्यांक छ । विश्वका अनेक क्षेत्रमा भोकमरीले गर्दा मानिसहरुको अकाल मृत्यु भइरहेको छ । अल्पविकसित देशहरुका बासिन्दाको जीवन स्तर न्यून छ । यसको प्रमुख कारण देशको उत्पादन वृद्धिको दर भन्दा जनसङ्ख्या वृद्धिको दर धेरै हुनु हो ।