"सीता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८:
जन्म नदिए पनि पालनपोषण गर्ने राजाजनक सीताका पिता र सुनैना माता हुन्।सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो। शूरवीरले उचाल्न नसक्ने शिवधनु पूजाकोठाको सरसफाइका बेला उनी सजिलै वर, पर राख्ने गर्थिन्। यही शक्ति देखेर नै जनकले शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका हुन्। स्वयम्बरका बेलामा देशदेशावरबाट अनेक राजामहाराजा आए। रावण पनि आएको थियो तर शिवधनु हल्लाउन समेत सकेन। अयोध्याबाट आएका रामले उचाल्नासाथ भाँचिनपुग्यो र धुमधामसाथ विवाह भयो। यो बिहेको सम्झना अद्यापि गरिँदैछ। मार्गशुक्ल पञ्चमीका दिन राम-जानकी विवाह महान् अवसरका रूपमा मनाउने चलन छ। यसपालिको विवाह पञ्चमी यही मङ्सिर महिनाको २४ गते परेको छ। यसदिन नेपाल तथा भारतका श्रद्धालु भक्तजनको ठूलो मेला लाग्दछ।
 
राजा जनकको पूजा कोठामा शिव धनुष राखिएको थियो। शिव धनुष विशाल भारी भएका कारण कोही पनि साधारण मानिसले उठाउन असम्भव थियो। सिताले संधै पूजा कोठाको सफाई गर्ने काम गर्थिन्। एक दिन राजा जनकले शिव धनुष राखेको ठाउँमा पोतेको देखेर अचम्म मान्दै सीतासँग शिव धनुषलाई कसरी सारेर पोत्यौ भनेर सोधे। सिताले पहिले धनुष उचालेर अर्को ठाउँमा राखेँ पोति सके पछि धनुष पहिले जस्तै गरी राखेको कुरा भनिन्। यो सुनेर राजा जनकले आजबाट सियाको नाम बदलेर सिता राख्नुका साथै जसले शिव धनुष उठाएर त्यसमा ताँदो चढाउन सक्छ त्यसै पुरुषसँग सिताको विवाह गरि दिने कुरा घोषणा गरे। एक दिन सिता बगैचामा एउटा रुखको छहारीमुनी बसिरहेको बेला रुखमा भएका सुवाको भाले पोथीहरू सिताको वर्णन गर्दै थिए। उनीहरू एक आपसमा सिता लक्ष्मीको अवतार भएको र यिनको विवाह भगवान [[विष्णु]]को मनुष्य अवतार अयोध्या पति दरशरथका पुत्र [[श्रीराम अवतार|राम]]सँग हुने कुरा गर्दै थिए। यो सुनेर सिताले आफ्ना सखिहरू सँग ती पंक्षीहरूलाई समातेर ल्याउने आज्ञा दिईन्। यो सुनेर सबैले सुवाको जोडीलाई समात्ने कोसिस गर्न थाले। भाले सुवा उडेर गयो तर गर्भवती भएका कारण पोथी [[सुगा|सुवा]] उड्न नसकेका कारण सिताको सखिहरूले समातेर ल्याए। त्यस पछि सिताले रिसाएर सुवा सितसँग "राम भनेकोको हो ? मेरा वुवाले मेरो विवाह शिव धनुष चलाउन सक्ने पुरुष सितसँग गरिदिने निश्चय गरेका छन् तिमीहरू जाबो पंक्षी भएर मेरो विवाह हुने पुरुषको तुलना गर्छौ" भनेर सोध्न लागिन् यो देखेर भाले सुवा आएर गर्भवती भएका कारण पोथी सुवालाई छोडि दिने बिन्ती गर्न थाल्यो। तर सिताले पोथि सुवालाई नछोडेकाले पोथी सुवाको मृत्यु भयो। त्यस पछि भाले सुवाले सितालाई गर्भवती अवस्थामा पति विछोडको श्राप दियो। त्यही सुवाको जोडीको पछि गएर अयोध्यामा धोबीको रूपमा पुनर्जन्म भयो।<ref>बाल्मिकी रामायण</ref> कालान्तरमा राजा जनकले सिताको सयम्वर गराए। अयोध्या राजकुमार रामले राजा जनकको प्रतिज्ञा पुरा गरेकाले सिताको विवाह रामसँग भयो|
 
उर्मिला, माण्डवी र श्रुतकीर्ति सीताकी बहिनी हुन्। यिनको बिहे पनि क्रमशः लक्ष्मण, भरत र शत्रुघ्नसँग भएको हो। माइतीमा जस्तै घरमा पनि सीताले सबैको मन जितेकी थिइन्।
"https://ne.wikipedia.org/wiki/सीता" बाट अनुप्रेषित