"चन्द्रग्रहण" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
[[पृथ्वी]]ले [[सूर्य]]लाई घुम्ने गति र चन्द्रमाले [[पृथ्वी]]लाई घुम्ने गति समान छैन। यही असमानता नै [[ग्रहण]] हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो। पृथ्वीको छायाँ चन्द्रमामा पर्दा '''चन्द्रग्रहण''' र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा [[सूर्यग्रहण]]को स्थिति सिर्जना हुन्छ।
==चन्द्र ग्रहणको संयोग==
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो। चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ । भने सूर्यग्रहण औंशीका दिन लाग्दछ प्रत्येक [[औंसी]] र [[पूर्णिमा]]मा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला। सूर्यग्रहण हुन सूर्य र पृथ्वीको बीचमा चन्द्रमा परी तीनै पिण्डहरू एकै सीधा रेखामा परेको हुनुपर्छ, तर त्यतिले मात्र ग्रहण हुन सक्तैन। पृथ्वी र चन्द्र कक्षहरू एउटा सतहमा नपरी ५ दशमलव १५ डिग्रीको कोण बनाएर ढल्किएका छन्। वर्षमा दुईवटा यस्ता अवसर आउँछन् जतिबेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू पृथ्वीको कक्षसितकक्षसँग मेल खान्छन्। अर्थात् सूर्य र पृथ्वी सित एकै सरल रेखामा पर्छन्। यी मेल खाएका स्थानहरू सूर्य र पृथ्वीबीचमा पर्न आउँछन्। त्यसबेला ग्रहण हुन्छ। [[ज्योतिष]] शास्त्रका अनुशार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै [[राशि-चक्र|राशि]]मा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/चन्द्रग्रहण" बाट अनुप्रेषित