"माडी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३३:
|leader_title = [[मेयर]]
|leader_name = ठाकुर प्रसाद ढकाल
|leader_title1 = [[उपमेयर|उप मेयर]]
|leader_name1 = तारा कुमारी काजी महतो
|established_title = स्थापना
पङ्क्ति ४२:
|area_total_km2 = 218
<!-- Population -->
|population_as_of = [[एघारौं राष्ट्रिय जनगणना २०६८|राष्ट्रिय जनगणना २०६८]]
|population_footnotes = <ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)"/>
|population_note =
पङ्क्ति ७४:
}}
{{DistrictsOfNepal}}
'''माडी नगरपालिका''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र]] अन्तर्गत [[नारायणी अञ्चल]]मा पर्ने [[चितवन जिल्ला]]मा अवस्थित एक [[नगरपालिका]] हो।<ref name="स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम">{{cite news|title=स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम|url=http://lgcdp.gov.np/home/map_new61mun/02_Other_New_Municipalities/24_Madi.jpg|accessdate=मंसिर २०७१|publisher=[[सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय|स्थानीय विकास मन्त्रालय]]|date=मंसिर}}</ref><ref name="६१ नयाँ नगरपालिका घोषणा"/> [[सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय|स्थानीय विकास मन्त्रालय]]ले थप ६१ वटा नयाँ नगरपालिका थप्दा [[चितवन जिल्ला]]मा [[बघौडा]], [[गर्दी]], [[कल्याणपुर]] र [[अयोध्यापुरी]] यी ४ [[गाउँ विकास समिति (नेपाल)|गाउँ विकास समिति]]हरू लाई समेटेर माडी नगरपालिका घोषणा गरिएको हो।<ref name="६१ नयाँ नगरपालिका घोषणा">{{cite news|title=६१ नयाँ नगरपालिका घोषणा|url=http://www.himalkhabar.com/?p=87898|accessdate=१६ मंसीर|publisher=[[हिमाल खबरपत्रिका]]|date=१६ मंसीर २०७१}}</ref><ref name="फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका"/> माडी नगरपालिकाको केन्द्रभने साविकको [[बघौडा]] गाविस–३, '''बसन्तपुर बजार''' रहको छ।
 
==जनसङ्ख्या==
माडी नगरपालिका साविकका [[बघौडा]], [[गर्दी]], [[कल्याणपुर]] र [[अयोध्यापुरी]] गाविसहरू मिलेर बनेको हो। त्यसैले [[एघारौं राष्ट्रिय जनगणना २०६८|राष्ट्रिय जनगणना २०६८]] अनुसार यी ४ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा माडी नगरपालिकाको कूल जनसङ्ख्या ३९,४३८ हुन्छ।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग (नेपाल)|राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref>
 
==परिचय==
[[चितवन जिल्ला|चितवन]] जिल्लाको माडी क्षेत्र पनि वर्षौंदेखि भौतिक विकास र सहज जीवनयापनको पर्खाइमा रहिआएको छ । माडी क्षेत्र धार्मिक, ऐतिहासिक, आधुनिक कृषि र पर्यटकीय हिसाबले अग्रस्थानमा रहिआएको छ । माडी क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय अवस्थाका बारेमा अध्ययन, अनुसन्धान र वैज्ञानिक शोधकार्य तयार पार्नु आवश्यक देखिन्छ । पूर्व–पश्चिम राजमार्गको [[भरतपुर उपमहानगरपालिकामहानगरपालिका|भरतपुर]] खण्डबाट दक्षिणतर्फ करिब ३६ किमी परदेखि माडी क्षेत्र शुरू हुन्छ । यो यात्रा सार्वजनिक गाडीका लागि २ देखि ३ घन्टाको हुने गर्दछ । भरतपुरको चौबीसकोठीबाट दक्षिण तर्फ लागेपछि कृष्णपुर, यज्ञपुरी, प्रेमबस्ती, चोकबजार, [[गीतानगर]], पकौडी, [[पटिहानी]], [[जगतपुर, चितवन|जगतपुर]] अनि [[चितवन राष्ट्रिय निकुञ्ज]] पार गरेपछि आउने समथर भूभाग नै माडी क्षेत्र हो । समथर भूभागको बाहुल्य रहेको माडी क्षेत्रको चारैतिर उच्च पहाड देख्न सकिन्छ । चितवनको दक्षिण भेगमा भारतसँग सिमाना जोडिएर रहेको [[माडी उपत्यका|माडी]] क्षेत्रको कुल क्षेत्रफल (समुन्द्र सतहबाट १४४ मीटर देखि १९४७ मीटरसम्म )२३८.५५ वर्ग किमी रहेको छ । भूबनोटका हिसाबले माडीका अधिकांश भागहरु समथर भूभागले ओगटेको छ । माडीको चारैतिर घेरिएर रहेको जंगली क्षेत्र भने पहाडी भूबनोटले बनेका छन् । यसरी जगंली भागदेखि चुलिँदै गएका यी भूभागहरु मडी क्षेत्रको उत्तरमा चुरे पर्वत र दक्षिणमा सोमेश्वर पुगेर टुंगिन्छन् । माडीबासीको जीवन भोगाइको अनुभव लामो समयसम्म अस्वाभाविक रुपमा स्थिर रहिरहे पनि पछिल्लो समयमा भने माडीले भौतिक विकासतर्फ अगाडि बढेसँगैं माडीबासीको जीवन भोगाइ सहज बन्दै गइरहेको छ । माडीको भौगोलिक अवस्थिति, ऐतिहासिक दस्तावेज तथा प्राकृतिक श्रोत र साधन अझै राज्यको चासोको विषय बन्न सकेको छैन ।
 
==पृष्ठभूमि==
पङ्क्ति ९८:
 
==माडीको हालको अवस्था==
झन्डै पचास वर्षअघिको माडी र अहिलेको माडीमा भौतिक विकासका दृष्टिले धेरै नै फरक देखिन्छ । हुलाकी सडकमा कालोपत्रे कार्य सम्पन्न भैसकेको छ भने विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगिसकेको छ । माडी क्षेत्रमा पूर्व– दक्षिण र पश्चिम–उत्तर हुनेगरी फैलिएको हुलाकी सडकको दायाँ– बायाँ टम्म मिलेका उत्तर–दक्षिण मोहडाका घरहरु रहेका छन् । सडक क्षेत्रका घरहरुमध्येमा प्रशस्तै घरहरुमा पसल रहेका छन् । सडकछेउका प्रायः घरहरु सिमेन्ट र इँट प्रयोग गरी बनाइएका छन् । माडीका आदिबासी [[थारु जाति|थारु]] जाति भए पनि बस्तीमा बाहुन र क्षेत्रीको बाहुल्यता रहेको पाइन्छ । माडीका बस्तीहरुमा घरवरिपरि [[आँगन]] बनाउने र आँगन वा पिँढीको डिलमा [[मकै]]को सुली, परालको टौवा, गाईवस्तु बाँध्ने गोठ वा खोर आदि बनाउने चलन छ।माडीका चार गाविस बेग्लाबेग्लै चार वस्तुहरुका लागि प्रख्यात मानिन्छन् ।गर्दी गाविस तरकारी तथा फलफुल र तोरी खेतीका लागि । बघौडा गाविस रेशम खेतीका लागि ।कल्याणपुर गाविस माछापालन र रेशम खेतीका लागि । अयोध्यापुरी गाविस धान र मकै खेतीका लागि । धान, तोरी, रेशम र माछाका लागि माडी प्रख्यात छ ।माडीमा उत्पादित सम्पूर्ण किसिमका कृषिजन्य वस्तुहरु किसानहरुले स्थानीय व्यापारीलाई बिक्री गर्ने गर्दछन् भने स्थानीय व्यापारीले सदरमुकाम [[भरतपुर उपमहानगरपालिकामहानगरपालिका|भरतपुर]]सम्म ल्याई बेच्ने गर्दछन् । माडीमा उत्पादन गरिने अन्नबाली एवं [[आँप]], [[कटहर]], लिची, नासपती, [[केरा]], [[कागती]], आरू आदि फलफूलका बगैँचाहरु दक्ष जनशक्तिको पहुँचभन्दा परै हुँदा अलपत्र अवस्थामै हुर्किरहेका छन् ।
 
==माडीमा विकासको सम्भावना==
पङ्क्ति ११३:
 
===माडी आधुनिक कृषि फारमका रुपमा===
माडीका चार गाविसका आ–आफ्नै कृषि विशेषता रहेको छ । [[गर्दी]] गाविस तरकारी तथा फलफुल र [[तोरी]] खेतीका लागि प्रख्यात छ । [[बघौडा|बघौडा गाविस]] रेशम खेतीका लागि राम्रो सम्भावना रहेको गाविस हो । त्यस्तै गरी, [[माडी कल्याणपुर|कल्याणपुर]] [[माछा पालन]] र [[रेसम खेती]]का लागि परिचित छ भने [[अयोध्यापुरी]] गाविस [[धान]] र [[मकै]] खेतीका लागि उर्वर मानिन्छ । यसरी हेर्दा माडीका चारै गाविस धान, तोरी, रेशम र माछाका लागि प्रख्यात छन् । माडीको मौसम र माटोको प्रकार राम्रो खालको हुनाको कारणले पनि माडी [[पशु पालन|पशुपालन]] वा [[कृषि]] दुवै कुराका लागि उत्कृष्ट छ ।
 
==चुनौतीहरु==