"माघी" का संशोधनहरू बिचको अन्तर

फोटो थप
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १८:
==खान पिन==
 
माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् [[पौषपुष|पुस]]को अन्तिम दिन घर घरमा [[सुँगुर]] काट्ने चलन छ, जसलाई 'जिता मरना दिन' भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी -पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड-रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । यतिबेला 'सखियै हो, माघीक पिली गुरी जाँर' भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई 'धमार' भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकपि्रय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई 'माघ लहान' भन्ने गरिन्छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई 'खिचरहवा' भनिन्छ । <ref name="माघी">[http://www.gorkhapatra.org.np/mag/yubamanch.detail.php?article_id=608&cat_id=16 थारू समुदायमा माघी पर्व]</ref>
 
==छोरीचेलीलाई उपहार==
 
माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ । यसलाई [[थारूथारु भाषा|थारू]] भाषामा 'निसराउ' भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ । माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन् । <ref name="माघी"/>
 
==धार्मिक विश्वास==
"https://ne.wikipedia.org/wiki/माघी" बाट अनुप्रेषित