"महाशिवरात्रि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
|image=saga Shiva.jpg
|caption=शिवजी
|observedby=[[हिन्दू धर्म|हिन्दू]]हरू
|observances= व्रत, [[शिवलिङ्ग]]को [[पूजा|पुजा]]
|longtype=हिन्दू
|date = फाल्गुण कृष्ण चतुर्दशी तिथि
पङ्क्ति १६:
<section begin=अंश />'''महाशिवरात्रि''' अथवा '''शिवरात्री''' हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान [[शिव]]को प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।<section end=अंश /> व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी " ऊँ नमः शिवाय" मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन '''शिवरात्रि पर्व''' कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रिमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रिलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।<ref>कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल</ref>
 
[[चित्र:Worshipers in pashupati.jpg|thumb|right|200px| शिवरात्रिमा [[पशुपतिनाथ मन्दिर|पशुपतिनाथको मन्दिर]]मा दर्शनार्थीहरूको घुइंचो]]
 
[[फागुन|फाल्गुण]] [[कृष्ण पक्ष|कृष्ण]] [[चतुर्दशी]]मा शिवरात्रि पर्व मनाईन्छ । मानिन्छ, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ। तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन्। उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्-तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन् ।
 
==इतिहास==
पङ्क्ति ३०:
<div class="trending"><section begin=चित्र /><p>[[चित्र:02 Night View of Pashupatinath, A sacred Hindu temple.jpg|250px|left|]]<section end=चित्र /><p>पशुपतिनाथ मन्दिर</div>
शिकारी ध्यानमग्न भएर शिव सम्बन्धी धार्मिक कुराहरू सुनिरह्यो। चतुर्दशीमा उसले शिवरात्रि व्रतको कथा पनि सुन्यो। कथा श्रवणको प्रभावले साँझपख साहूमा दयाभाव उत्पन्न भयो र उसले शिकारीलाई आफू नजीकै बोलाएर ऋण चुकाउने विषयमा कुरा गर्यो, शिकारीले भोलि पल्ट सारा ऋण चुक्ता गर्ने वचन दिएर बन्धनबाट छट्यो। आफ्नो सधैंको दिनचर्या सरह ऊ शिकारका लागि जङ्गल तर्फ गयो। ऊ दिनभर बन्दी गृहमा रहेका कारण भोक प्यासबाट व्याकुल थियो। एउटा तलाउको किनारमा बेलको रुख थियो, शिकारी शिकार गर्ने सिलसिलामा त्यसै रूखमाथि चढ्यो। बेलको रुखमुनि शिवलिंग स्थापना गरिएको थियो, विल्वपत्रहरूबाट ढाकिएको हुनाले शिकारीले त्यस कुराको पत्तो पाएन ।
[[File:Sadhu PASHUPATI.jpg|thumb|300px|शिवरात्रिमा [[पशुपतिनाथ मन्दिर|पशुपतिनाथको मन्दिर]]मा धुनी बाल्दै साधुहरू]]
रुखमा चढ्ने क्रममा उसका खुट्टाले जुनजुन हाँगामा टेकियो, ती हाँगा भाँचिदै गए र संयोगले ती हाँगा रुखमुनि स्थापित शिवलिङ्गमा झरे। यसरी दिनभरि भोकै-प्यासै बस्नाले शिकारीको व्रत पनि पूर्ण भयो। एक पहर रात बिते पछि एउटी गर्भिणी मृग पोखरीमा पानी खान आइपुगी । शिकारीले धनुषमा बाण चढाएर प्रत्यञ्चा तान्नासाथ मृगीणीले भनी, 'म गर्भिणी छु। छिट्टै नै सुत्केरी हुनेछु। यतिबेला मेरो बध गर्दा तिमीले एकसाथ म र मेरा पेटमा भएका सबै जीवको हत्या गर्नेछौ, जुन उचित होइन। म बच्चा जन्मिउञ्जेल जीवनदानको याचना गर्दछु, सुत्केरी हुनासाथ म तिमीसमक्ष प्रस्तुत हुनेछु, त्यसबेला मेरो बध गर्नु!' शिकारीले प्रत्यञ्चा खुकुलो बनायो र त्यस मृगिणीलाई मुक्त बनायो ।
 
"https://ne.wikipedia.org/wiki/महाशिवरात्रि" बाट अनुप्रेषित