"मन्त्र" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १७:
 
शब्दहरूको शक्ती आफैमा निकै महत्वपूर्ण मानिएको छ । [[विज्ञान]]का अनुसार हामी जुन शब्द उच्चारण गर्छौं त्यसको ध्वनी पुरा ब्रह्माण्डमा फैलिन्छ र युगौंसम्म अक्षुण्ण बनिरहन्छ । उदाहरणको लागि [[रेडियो]]मा कुनै पनि भाषण अथवा संगित सुनिन्छ त्यो ध्वनी हजारौं कोष टाढाबाट उच्चारित हुन्छ । तर, हामीसँग रेडियोको रुपमा यस्तो साधन विद्यमान छ जसबाट हामी त्यो ध्वनीलाई सुन्न सक्छौं त्यसपछि हामी हजारौं कोष टाढा बसेर बोल्ने त्यो व्याक्तिको आवाज सुन्न समर्थ हुन्छौं । अतः शब्दको सिमा अपार छ । नजिकै बसेको व्यक्तिमा मात्र शब्दको प्रभाव पर्छ भन्ने छैन । हजारौं कोष टाढा बसेको व्यक्तिको चित्तमा पनि हामी यि शब्दद्वारा एक निश्चित प्रभाव पार्नमा समर्थ हुन सक्छौं<ref name= "मन्त्र रहस्य"/> । उदाहरणको लागि यदी कुनै हास्य रसको कवि हजारौं कोष टाढा बसेर कविता सुनाइरहेको छ भने हामीले रेडियो मार्फत त्यो कविता सुन्यौं भने पनि हामीलाई हाँसो उठ्न थाल्छ किनकी त्यो ध्वनीको प्रभाव हाम्रो चित्तमा पर्छ । फलस्वरुप त्यो शब्दले हामीमा जुन प्रभाव पर्नु थियो पर्छ त्यसैले हामी हाँस्न थाल्छौं । यसै प्रकार करुण रसको कविता सुनेर हाम्रो मन रुन्छ, वीर रसको कविता सुनेर हामी रोमाञ्चित हुन्छौं । वीभत्स रसको कविता सुनेर हामी घोर घृणा गर्न थाल्छौं । जसबाट उसको प्रभाव निश्चित एवं स्थाइ रुपमा पर्न सकोस् त्यो शब्दको मुख्य ध्वनी के हो भन्ने थाह पाउनको लागि गुरूको आवस्यकता पर्दछ किनभने [[गुरू]]ले नै उच्चारण गरेर त्यो शब्दको मूल ध्वनीलाई बुझाउन सक्छन् । हामीलाई मूल ध्वनीको ज्ञान भएपछि हामी त्यही लयसँग शब्दको उच्चारण गरेर निश्चित प्रभाव पार्नमा सक्षम हुन सक्छौं । गुरु त्यसलाई भनिन्छ जसलाई त्यो क्षेत्रको विशेष ज्ञान हुन्छ । अतः जो मन्त्रको व्याख्या, उपयोग, क्रिया, अर्थ र ध्वनी बुझाउन सक्छ त्यसैलाई गुरु भन्न सकिन्छ । <ref name= "मन्त्र रहस्य"/>
कतिपए मान्छेहरूको मुखबाट [[कलियुग]]मा मन्त्रहरू निरर्थक भइ सके, मन्त्रको कुनै प्रभाव पर्दैन, ग्रन्थहरूमा बताइए अनुसार गरे पनि जो हुनु पर्छ त्यो हुन्न भन्ने कुरा पनि सुनिन्छ । यसले गर्दा मन्त्रबाट मान्छेको आस्था हट्छ र उनीहरू मन्त्र आफैमा व्यर्थ हो भन्नेमा पुग्छन् । तर, यसको कारण अर्कै छ । मन्त्र या शब्द अथवा उसको अर्थ आफैमा अधिक महत्व राख्दैनन् । मन्त्रको ध्वनीले विशेष महत्व राख्दछ । मन्त्रमा जो चेतना मानिएको छ त्यो [[ध्वनि|ध्वनी]] हो । यो ध्वनी कुनै पनि ग्रन्थको निर्जिव पृष्ठहरूले भन्न सक्दैनन् । यसको लागि गुरूको उपस्थिती अनिवार्य छ किनभने उनैले मन्त्र र उसको मूल ध्वनी उच्चारण गरेर सिकाउन सक्छन् । अतः जबसम्म मन्त्रको ध्वनीको ज्ञान हामीमा हुँदैन तबसम्म मन्त्र तथा मन्त्र जप निर्थक हुन्छ । <ref name= "मन्त्र रहस्य"/>
मन्त्रको सत्ता आफैमा सर्वोपरी छ । यसको प्रभाव निश्चित तथा स्थाई हुन्छ । तर, हाम्रो वर्तमान पिंढीले मन्त्रको महत्वलाई अस्विकार गर्न लागेका छन् । मन्त्रको उपयोगताबाट हामी टाढिदै छौं । हामीले राम्रो गुरु खोजेर उनिबाट मन्त्रको मूल ध्वनी प्राप्त गर्नु पर्छ भन्ने धैर्यता पनि हामीमा छैन ।<ref name= "मन्त्र रहस्य"/>
 
"https://ne.wikipedia.org/wiki/मन्त्र" बाट अनुप्रेषित