"मत्स्य अवतार" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
[[ File:The_fish_avatara_of_Vishnu_saves_Manu_during_the_great_deluge.jpg|200px|thumb|भगवान मत्स्य भक्तहरूको उद्धार गर्दै]]
 
हिन्दू धर्म ग्रन्थका अनुसार प्राचिन कालमा सत्यव्रत नामका एक राजा थिए । उनी ठुला उद्धारवान र भगवानका परम भक्त थिए । एक दिन उनी कृतमाला नदीमा तर्पण गर्न लागेका थिए यसै बेला उनको हातमा एक सानो [[माछा|माँछा]] आयो । माँछाले राजालाई भने "हे! महाराज यी नदीका जिव तथा ठुला माँछाहरूले मलाई खान्छन् अत: तपाईँ मेरो रक्षा गर्नु होस् ।"
माँछाको विन्ती सुनेर दयालु राजा सत्यव्रतले माँछालाई आफ्नो कमण्डलुमा राखे । केही छिनमै मत्स्य बढेर कमण्डलुमा न अटाउने भए । यो देखेर उदार वादी सत्यव्रतले मत्स्यलाई एक मट्कामा राखे । केही छिन पछि मत्स्य बढेर मट्कामा पनि न अटाउने भए । यो देखेर राजाले पुन: मत्स्यलाई एक तलाउमा राखे । केही छिनमै मत्स्य तलाउमा पनि न अटाउने भए । अन्तमा राजा सत्यव्रतले हार मानी मत्स्यलाई समुद्रमा छोड्ने निधो गरे । यो देखेर मत्स्यले "महाराज ! समुद्रमा त झनै ठुला जलिय जिवहरू छन् तिनले मलाई खाई दिन्छन् मलाई समुद्रमा न छोड्नुहोस्" भनि विन्ती गरे । मत्स्यको यो मधुर वाणी सुनेर राजा मोहित भए राजाले भगवानको लिला हो भन्ने थाह पाए । राजाले हात जोरेर भगवान मत्यको प्रार्थना गर्न लागे ।
 
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/788351" बाट अनुप्रेषित