"भारतको विभाजन" का संशोधनहरू बिचको अन्तर

fix lint error
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
[[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]को विभाजन (हिन्दी:उर्दू हिन्दुस्तान का बटवारा(देवनागरी), تقسیم ہند (नास्तालिक)) धार्मिक आधारमा गरियेको ब्रिटिश भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नया स्वतन्त्र देशहरूको जन्म भयेको थियो [[पाकिस्तान स्वराज्य]] (जुन पछि गयेर [[इस्लामी गणराज्य पाकिस्तान]] र [[जनताको गणराज्य बंड्गलादेश]]मा विभाजित भयो) र [[भारत संघ]] (पछि गयेर [[भारत गणराज्य]])। [[भारतीय स्वतन्त्रता धारा १९४७]]ले १५ अगस्त १९४७ लाई विभाजनको दिनको रूपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आयो।
 
भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिश भारतको विभाजनको प्रस्ताव अगाडि सारियेको थियो यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिशहरूको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिश शासनको अन्त र दुई देशको निर्माणले गर्दा [[हिन्दू धर्म|हिन्दु]] र [[मुसलमान|मुश्लिम]]को बिच हिंसा उतपन्न भयो। यस हिंसामा लगभग १२.५ करोड जनताहरू घर विहीन भये र आफ्नो देश छोडेड एक-अर्काको देशमा स्थापित हुन बाध्य भये र यसै अनुपातमा जिवन-हानी पनि भयो। जिवन-हानीको संख्या अविश्वासनिय थियो जुन लाखौ-करोडमा थियो। (१९४७को बेला भारत र पाकिस्तानको सिमा पार गरेर एक अर्काको देशमा जानेहरूको अनुमान संख्या लगभग १२ करोड थियो)। हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध न राम्रो गरि बिग्रयो र त्यहि कारणले गर्दा भारत र पाकिस्तानको रिश्तामा आज पनि खटास छ।
 
यस विभाजनमा [[बड्गाल]]को भौगोलिक विभाजन भयेको थियो। बङ्गाललाई दुई हिस्सामा विभाजित गरेर पुर्वको बड्गाल पाकिस्तान स्वराज्यलाई दिइयेको थियो (१९५६ देखि पुर्व पाकिस्तान)। पश्चिमको बड्गाल भारतको हिस्सा बन्यो, यसै गरि [[पञ्जाब (स्पष्टता)|पञ्जाब]]लाई पनि दुई भागमा विभाजित गरेर पश्चिम पञ्जाब पाकिस्तनलाई दिइयो र पुर्वी पञ्जाव भारतको हिस्सा बन्यो। पछि पाकिस्तानले पश्चिम पञ्जाबलाई दुई हिस्सामा विभाजित गरेर [[पाकिस्तानी पञ्जाब]] र [[इस्लामावाद|इस्लामाबाद]] राजधानी बनायो। भारतले पुर्व पञ्जाबलाई तीन हिस्सामा विभाजित गरेर [[भारतीय पञ्जाब]], [[हरियाणा]] र [[हिमाञ्चल प्रदेश|हिमाचल प्रदेश]] वनायो। यस विभाजनमा ब्रिटिश भारतको सम्पतिको पनि विभाजन भयेको थियो। [[भारतीय नगर सेवा]], [[भारतीय सेना]], [[भारतीय रेल्वे]] र सबै केन्द्रिय सम्पतिको विभाजन गरियेको थियो।
 
दुई स्वशासित देशहरू भारत र पाकिस्तान १४ – १५ अगस्त १९४७को मध्यरातको अंतरालपछि अस्तित्वमा आयो। नया देशको शक्ति स्थान्तरण भयेपछि पाकिस्तानले कराँचीमा शक्ति स्थापन समारोह दिवस एक दिन पहिला १४ अगस्तको दिन मनायो ताकि अन्तिम ब्रिटिश भाइसरय (Viceroy), बर्माको लर्ड माउन्टबेटन दुबै ठाँउ कराँची र दिल्लीमा उपस्थित हुन सकुन। अतः पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्तको दिन र भारतको १५ अगस्तको दिन मनाईन्छ।