"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

Fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १२:
|known_for =
|father= धनञ्जय आचार्य
|religion = [[हिन्दू धर्म|हिन्दु]]
}}
 
पङ्क्ति १९:
==जीवनी==
[[File:Statue of Bhanubhakta Acharya at Chundi Ramgha Cropped.jpg|thumb| भानुभक्त आचार्यको जन्मस्थान चुन्धी, [[रम्घा|रम्घामा]] रहेको भानुभक्तको शालिक|339x339px]]
भानुभक्तको जन्म [[धनञ्जय आचार्य]] र धर्मावतीदेवीका पुत्रको रूपमा [[तनहुँ जिल्ला|तनहूँ]]को [[रम्घा]]मा [[विक्रम संवतसम्वत्|विक्रम सम्वत]] १८७१ असार २९ गते भएको थियो <ref name = "gorkhapatra">[http://www.gorkhapatra.org.np/detail.gopa.php?article_id=21134&cat_id=18 गोरखापत्र]</ref> । बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ ।
उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :
:पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
पङ्क्ति २९:
१९५ वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे ।
 
नेपाली जगतमा एकैपल्ट [[भाषा]], [[साहित्य]], [[संस्कृति]], [[धर्म]], [[दर्शनशास्त्र|दर्शन]], [[परम्परा]], [[चरित्र]], [[मर्यादा]], [[पितृप्रेम]], [[भ्रातृत्व]], [[दाम्पत्य]], [[कर्तव्य]], [[देशप्रेम]], [[जनवात्सल्य]] जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका हुन् ।
 
== भानुभक्त नेपाली साहित्यमा ==
पङ्क्ति ३७:
यहा केही पत्रपत्रिका र भानुसम्बन्धी कृतिहरूका आधारमा भानुभक्त सम्बन्धी/उनका कृतिहरूका बारेमा लेखिएका रचनाहरूबाट कतिपय शीर्षक र लेखकहरूको नाम उल्लेख गरिएको छ । शीर्षक र लेखकका बीचमा केही शब्दहरू राखिएका छन् त्यो केवल पूर्वापर सम्बन्ध जोड्ने र भाषिक मिठासका निम्ति भएको हो । भानुसम्बन्धी रचनाका यहा प्रस्तुत गरिएका शीर्षकहरू अध्ययनले भ्याएसम्म र प्राप्त भएसम्मका पत्रपत्रिकाहरूबाट उद्धृत गरिएको छ । शीर्षक प्राप्त भएका पत्रपत्रिका र अन्य स्रोतहरूको सम्पूर्ण विवरण यो सानो टिपोटमा दिन सम्भव देखिएन । यो एउटा सङ्केत मात्र हो ।
 
कवि भानुभक्तको जीवन चरित्र वि.सं. १९४८मा प्रकाशित गरेर पहिलोपल्ट भानुभक्तलाई [[तनहुँ जिल्ला|तनहुँ]] चुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम गरे [[मोतिराम भट्ट|मोतीराम भट्ट]]ले । अनि मात्र त्यस बेलाको नेपाल (काठमाडौंं उपत्यका) र वरपर [[वाल्मीकीय रामायण|रामायण]]का श्लोकसाग भानुभक्त गाइन थाले । [[सुब्बा होमनाथ, केदारनाथ]], सर्वहितैषी कम्पनी, बाबू माधवप्रसाददेखि बम्बै पुस्तक भण्डारसम्म प्रकाशकहरूले कतै सातकाण्ड त आठकाण्डका रूपमा अनि कतै [[भानुभक्तीय रामायण|भानुभक्तको रामायण]], [[भक्तमाला]] र [[बधूशिक्षा]] आदि नामबाट प्रकाशन गरेर भानुभक्तलाई अझ धेरै व्यापक बनाए । वि.सं. १९८६ तिरबाट [[सूर्यविक्रम ज्ञवाली]], [[पारसमणि प्रधान]]जस्ता व्यक्तिहरूले नेपालबाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुभक्तले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्टिय -नेपालीभाषी सबै क्षेत्रमा) मान्यता पाए ।
भक्त भानुभक्तका रूपमा [[बालकृष्ण सम]]ले नाटकीय अभिनयसहित मञ्चमा उभ्याइदिएपछि २००२ भाद्र २२को गोरखापत्रले पनि यसरी लेखेको छः 'गौरी शङ्कर नाट्यसमुदायले भक्त भानुभक्त नाटक देखायो । भानुभक्तको यौटा श्राद्ध मोतीराम भट्टले गरेथे । अर्को गौरी शङ्कर नाट्यसमुदायबाट भयो । '
 
अनि त्यही दिनको [[गोरखापत्र]]ले टिप्पणी पनि गर्‍योथ 'अहिलेसम्म भेट्टाएका पुस्तक र कहानीबाट मात्र स्व. कवि भानुभक्तको चित्र लेख्न कनि ट । ' तर त्यसैबेला [[दार्जीलिङ्गदार्जीलिङ|दार्जिलिङ]]को चौरस्तामा भानुभक्तको मूर्ति सूर्यविक्रमहरूको सत्प्रयासाबट स्थापित गरेरै छोडियो ।
ब्रहृम सम्शेर जबराले पनि कवि भानुभक्त भनेर लेखेका थिए । त्यसैबेला भानुभक्तको महत्त्वका रूपमा [[सूर्यविक्रम ज्ञवाली]]ले देखे । नेपाली साहित्यका इतिहासमा सर्वश्रेष्ठ पुरुष महाकवि देवकोटाका कलममा घोटिएर घासीसम्म बन्नपुगे । आदिकवि भानुभक्त आचार्य लिएर भाइ चन्द प्रधान उभिएकै बेला भानुभक्तको सच्चा जीवन चरित्रका रचनाकार [[पण्डित कविराज नरनाथ आचार्य]]का कलममा अझ तिखारियो । उनले भानुभक्त सम्बन्धि त्यसभन्दा पहिले प्रकाशमा नआएका धेरै तथ्य र फुटकर कविताहरू प्रकाशित गराई ठूलो गुन लगाए ।
'भानुभक्ताचार्यको जन्म जयन्ती यही आषाढ २९ गते मनाउनुहोस्' भनेर गोपाल पाडेले आहृवान गरेपछि २०१२ सालको [[भानुजयन्ती]] भव्यतासाथ सम्पन्न भयो । 'भानुले [[वाल्मीकीय रामायण|रामायण]] सिर्जना गरी नेपालीमा एकता ल्याउनुभयो । ' भनी सोही दिन कवि शिरोमणि लेखनाथ सभापतिको आसनबाट गुन्जिए । उक्त दिन सरस्वती सदनमा आयोजित [[भानुजयन्ती]] समारोहमा श्री जगदम्बा कुमारीद्वारा भानुभक्तको प्रतिमा बनाइदिने वचन दिइएपछि भानुभक्त सचेत सहृदयीहरूमा व्यापक बन्दैगए ।
 
'नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्' लेखनाथ पौडेलको त्यस बेलाको घोषणा आजसम्म सार्थक छ । नेपाली समाजप्रति आदिकवि भानुभक्तको देन सम्झिने गोपाल पाँडे, नेपाली साहित्यमा भानुभक्तको स्थान खोज्ने कृष्णप्रसाद ज्ञवाली, भानुभक्तको काव्य साधनामा अलमलिने गणेश भण्डारी, भानुभक्तको परिचय दिने ज्योति उपाध्याय, आदिकवि भानुभक्त र उनको साहित्यिक साधनको पृष्ठभूमि पहिल्याउने प्रो.ढुण्डीराज भण्डारी, भानुभक्तलाई नेपालीहरूमा भाषात्मक एकता स्थापित गर्ने श्रेय दिने राजेश्वर देवकोटा, भानुभक्तको गाउः अतीतको सम्झनाभित्र राख्ने रामचन्द्र न्यौपाने, दुई जोईको पोइः भानुभक्त निक्र्‍योल गर्ने काशीनाथ तमोट, कवि भानुभक्त र उनका दृष्टिमा नारी उभ्याइदिने राजेन्द्र सुवेदी, भानुभक्तको कान्तिपुर र आजको काठमाडौको तुलना गर्ने [[केशवराज पिँडाली]], भानुको भावना बुझ्ने मुक्तिप्रसाद आचार्य, भानुभक्त विद्रोही र रुढिवादी भावनाको समन्वय गराउने देवेन्द्रराज उपाध्याय, [[भानुभक्त रामायण]]बारे लेखिएका केही कुरा खोतल्ने रामदेव ठाकुर र नेपाली साहित्यका प्रज्वलित ज्योति आदिकवि भानुभक्त भन्दै मदन थापाहरू आएका छन् ।
एउटा खुलापत्र भानुभक्तलाई लेख्न पनि हिचकिचाउदैनन् । राष्ट्रियता तथा सांस्कृतिक चेतना जगाउन आदिकवि भानुभक्तको उल्लेखनीय योगदानको महत्त्व दिनेहरू पनि छन् । इन्द्ररत्न बज्राचार्यले पनि आदिकवि भानुभक्त चिनेका थिए । भानुभक्त [[वाल्मीकीय रामायण|रामायण]]को महात्म्य भागलाई संस्कृत मूलसित दाजेर हेर्दा भनेर डा. डिल्लीराम तिमसिनाको कलम तिखारियो । केशवप्रसाद उपाध्याय भानुभक्त र उनको [[वाल्मीकीय रामायण|रामायण]]को मूल्याङ्कन गर्छन् । भानुभक्तको देन पाएर नेपाली साहित्य समृद्धिशाली भन्नेहरू राष्ट्रभाषा भानुभक्तको देन ठानेर त्यसैमा रमेका पनि भेटिएका छन् ।
 
आदिकवि भानुभक्त र उनका सर्वश्रेष्ठ गुणहरूको खोजी गर्ने खड्गबहादुर लोहार, युग चेतनाका सजग कवि भानुभक्तः केही सन्दर्भ, केही प्रसङ्ग निकाल्ने डा. सूर्यनाथ, भानुभक्त जागीरे थिए भनेर औाल्याउने मङ्गलदेव परियार, भानुभक्त विषयक मतभेद बटुल्ने मोतीवीर राई, भानुभक्तले कलम किन चलाए ? भन्दै सोधीखोजी गर्ने श्रीभद्र शर्मा, भानुभक्तको युगबोध र नैसर्गिक कवित्व शक्तिसाग जोरी खोज्ने जगन्नाथ त्रिपाठी, भानुको साहित्यिक योगदानबारे प्रकाश पार्ने प्रो. यदुनाथ । भानुभक्तको स्मृतिमा विरह पोख्ने धर्मराज थापा, व्यंग्यात्मक कवि भानुभक्त भनेर व्यंग्य गर्ने श्रीप्रसाद पण्डित, आदिकवि भानुभक्तः केही बुादाहरूमा टिपोट गर्ने अमरकुमार प्रधान, भानुभक्तीय नेपाल भाषाः एक विवेचनामा टुंग्याउने विजय चालिसे, रसभावपूर्ण भानुभक्तभित्र पस्ने नरनाथ शर्मा, भानुभक्त र उनको दिग्दारीमा चिन्तित हुने प्रताप कालिकोटे, भानुभक्तले के गरे त भनेर निहु झिक्ने इन्द्रदेव सिंह, भानुभक्तका राममा रमाउने कमला साङ्कृत्यायन र यस्तैयस्तै धेरै कुराहरू धेरै जनाले देखेका छन् भानुभक्तका कृतित्व र व्यक्तित्वभित्र ।
पङ्क्ति ६७:
* [[प्रश्नोत्तर]] (वि.सं. १९१० )
* [[भक्तमाला]](वि.सं. १९१०)
* [[बधूशिक्षा|वधूशिक्षा]] (वि सं १९१९)
*[[वाल्मीकीय रामायण|रामायण]]
 
==कविताशं==
{| class="wikitable"
![[वाल्मीकीय रामायण|रामायण]] १.बाल काण्ड
!घाँसी
|-