"प्यानिक अट्याक" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''प्यानिक अट्याक''' एक प्रकारको [[एन्जाइटी डिसअर्डर]] हो । जसमा कहिलेकाहीँ कुनै प्रकारको डर अथवा [[फोबिया]] पनि अट्याकको कारण बन्न सक्छ । यसबाहेक चिन्ता, उदासीनता, निरासा जस्ता कारणहरुले पनि प्यानिक अट्याक हुन सक्छ । व्यस्त जीवनशैलीले मानिसहरुको जीवनशैली तनावयुक्त हुन थालेको छ । एक्लोपना, विभिन्न कुराको तनाव, डर जस्ता अनेक कारणले प्यानिक अट्याक हुने सम्भावना हुन्छ । पुरुषको तुलनामा महिलालाई प्यानिक अट्याक आउने बढी सम्भावना हुन्छ । घर र अफिसको धेरै जिम्मेवारी महिलाको काँधमा हुन्छ, जसका कारण उनी दबावमा काम गर्छिन् । त्यसैले महिलालाई प्यानिक अट्याकको सम्भावना बढी भएको हो । [[दम]], [[ब्लड प्रेसर]] र [[मधुमेह|डायबिटिज]] जस्ता बिरामीले ग्रस्त व्यक्तिलाई पनि प्यानिक अट्याक हुन सक्छ । <ref>{{cite news|url=https://www.onlinekhabar.com/2019/09/798378?fbclid=IwAR3CZS00mt2uCQqzoB_qdZl_hLdboh2ZNAChEuVoz5zYzMuZl0blG5yLXlU |title=किन, कसलाई र कसरी हुन्छ प्यानिक अट्याक ? |accessdate=25 Sep 2019}}</ref>
==किन हुन्छ प्यानिक अट्याक==
प्यानिक अट्याक कुनै पनि स्थितिमा आउन सक्छ । जस्तै सुतेको समयमा, आराम गरिरहेको समयमा, ड्राइभिङ गर्दा, घुम्न गएको समयमा अथवा अफिसमा काम गररहेको समयमा ।