"पूर्वीय सभ्यता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८:
[[Image:Abraham Dharma.png|thumb|275px|left|The [[धर्म]]का दुई मुख्य परिवारहरू [[अब्रहामीक धर्म]] तथा [[भारतीय धर्म]]को संसारभरी भएको प्रभावको नक्सा। यसले सुदूर पूर्व तथा अन्य संसार बिचको बिभेद देखाउन मद्दत गर्दछ।]]
 
पूर्व तथा [[पश्चिमी संस्कृति|पश्चिम]]को विभाजन युरोपेली सांस्कृतिक इतिहासको उपज हो र यसले युरोपको [[क्रिश्चियन]] समुदाय र पूर्वमा रहेका अन्य परदेशीहरूलाई छुट्याउने गर्दछ। [[संयुक्त राज्य अमेरिका|अमेरिका]] तथा [[अफ्रिका|अफ्रीका]]को सम्पूर्ण भाग पत्ता लाग्नु भन्दा पहिले सम्म युरोपेलीहरूलाई उत्तरी अफ्रिका र [[मध्यपूर्व]]का इस्लामीक देशहरूको बारेमा धेरै मात्रामा र [[जनबादी गणतन्त्र चीन|चीन]] तथा [[भारत]]को बारेमा निकै थोरै मात्रामा थाहा थियो। मध्य युगमा क्रिश्चियन तथा मुसलमानहरू बिचको युद्धले पूर्व तथा पश्चिमको स्पस्ट बिभाजन बनायो। युरोपेलीहरूले अमेरिका पत्ता लगाईसकेपछि पूर्व तथा पश्चिम बिचको विभाजन विश्वब्यापी हुन पुग्यो। पूर्वी अथवा ईण्डियन शब्दहरू जातीय, धार्मीक तथा सांस्कृतिक विभेद जनाउनको लागि प्रयोग गरियो। भारतमा मुसलमान धर्म आईपुग्नु भन्दा पहिले [[भारतीय उपमहाद्वीप]]का मानिसहरूलाई पहिले देखिनै हिन्दू भनेर चिनिने गर्थ्यो र उक्त उपमहाद्वीप [[हिन्दूस्तान]] अथवा [[भारतको]] नामले चिनिन्थ्यो। [[शीत युद्ध]]को समयमा पूर्वी संसार भनरे [[पूर्वी युरोप]] तथा अरू [[कम्युनिस्ट]] सासन भएका एसियाली देशहरूलाई जनाउने गर्दथ्यो भने [[पश्चिमी संसार]] भनेर संयुक्त राज्य अमेराका लगायत [[नेटो]] सदस्य पश्चिमी युरोपेली देशहरू जनाउने गर्थ्यो।
 
एक अर्को धारणा '''सुदूर पूर्व''' भन्ने छ जसले निकै मिल्दोजुल्दो धर्म तथा संस्कृति बोकेका पूर्वी एसियाली देशहरूलाई जनाउने गर्दछ। यी सम्पूर्ण देशहरूमा पूर्वीय दर्शन, कला, साहित्य तथा चालचलनहरूको ठूलो प्रभाव देख्न सकिन्छ। यसमा [[बुद्ध धर्म|बौद्ध]] तथा [[हिन्दू धर्म|हिन्दू]] धर्मको पनि धेरै हद सम्म प्रभाव भेटिन्छ।