"पुत्रदा एकादशी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
}}
 
[[हिन्दू धर्म|हिन्दू]] धर्ममा [[एकादशी तिथि|एकादशी]]को व्रतले महत्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । [[अधिकमास]] अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । [[साउन|श्रावण]] [[शुक्ल पक्ष|शुक्ल]] एकादशीको नाम '''पुत्रदा एकादशी''' हो । यसको नाम सुन्दा मात्र वाजपेयी यज्ञको फल मिल्छ भन्ने पौराणिक कथा मा उल्लेख गरिएको छ । यसैले [[नेपाल]] तथा [[भारत]] लगायत सबै ठाउँमा बसोवास गर्ने हिन्दूहरूले पुत्रदा एकादशीलाई पर्वको रुपमा मनाउने गर्दछन् ।
 
== कथा ==
एक पटक राजा [[युधिष्ठिर]] भगवान [[कृष्ण]]सँग भन्न लागे हे भगवान! [[साउन|श्रावण]] [[शुक्ल पक्ष|शुक्ल]] [[एकादशी तिथि|एकादशी]]को नाम के हो ? व्रत लिने विधि तथा यसको माहात्म्य कृपा गरेर भन्नुहोस् । मधुसूदन भन्न लागे यस एकादशीको नाम पुत्रदा हो । अब तपाईं शान्तिपूर्वक यसको कथा सुन्नुहोस् । यसलाई सुन्नाले मात्र वायपेयी यज्ञको फल मिल्दछ ।<ref name="पुस्तक"> गिता प्रस गोरखपुर द्वारा प्रकाशित हिन्दी पुस्क एकादशी महिमा तथा व्रतकथा</ref>
 
[[द्वापर युग]]को आरम्भमा महिष्मति नामको एक नगर थियो, जसमा महीजित नामका राजा राज्य गर्दथे, तर पुत्रहीन हुनाको कारण राजालाई राज्य सुखदायक लाग्दैन थ्यो उनको भनाई थियो कि जसको सन्तान छैन, त्यसको लागि यो लोक परलोक दुबै दु:खदायक हुन्छन् । पुत्र सुखको प्राप्तिको लागि राजाले अनेक उपाय गरे तर राजालाई पुत्र प्राप्ति हुन सकेन ।
पङ्क्ति ३१:
उनिहरूले अगाडि भने हामीहरू उनैका प्रजा हौं । अत: उनका दु:खले हामी पनि दु:खी छौं । तपाईंको दर्शनले हामीलाई पूर्ण विश्वास छ कि हाम्रो यो संकट अवश्य दूर हुनेछ किनकी महान पुरुषहरूको दर्शन मात्रले अनेक कष्ट दूर हुन्छन् । अब तपाईं कृपा गरेर राजाको पुत्र हुने उपाय बताउनुहोस् ।
 
यो वार्ता सुनेर ऋषिले केही समयको लागि नेत्र बन्द गरे र राजाको पूर्व जन्मको वृत्तान्त जानेर भन्न लागे यो राजा पूर्व जन्ममा एक निर्धन वैश्य थियो । निर्धन भएका कारण यसले धेरै नराम्रो कर्म गर्यो । यो एक गाउँबाट अर्को गाउमा व्यापार गर्न जाने गर्थ्यो । एक समय [[जेष्ठ|ज्येष्ठ]] मासको शुक्ल पक्षको [[द्वादशी]]को दिन मध्याह्नको समयमा दुई दिनदेखि भोको-प्यासो त्यो बनिया एक जलाशयमा पानी खान गयो । उसै स्थानमा एक तत्कालै ब्याएकी प्यासी [[गाई]] पानी खाइरहेकी थिइन् ।
 
राजाले त्यस प्यासी गाईलाई पानी खान नदिएर धपाई दिए र आफु पानी खान लागे , यसैले राजालाई यो दु:ख सहनु पर्यो । एकादशीको दिन भोको रहेकाले त्यो राजा भयो र प्यासी गाईलाई जल पिंदा धपाएका कारण पुत्र वियोगको दु:ख सहनु परेको छ । यो सुनेर सबै भन्न लागे हे ऋषि! शास्त्रहरूमा पापहरूको प्रायश्चित पनि लेखेको छ । अत: जुन प्रकार राजाको यो पाप नष्ट हुन्छ, तपाईं यस्तो उपाय बताउनुहोस् ।