"पहिलो विश्वयुद्धमा नेपाल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ११:
यो युद्धमा करिब ३० हजार नेपाली मारिएको अनुमान गरिन्छ । गेसोको अनुमान भने ६० हजारको छ । कति मानिसहरू युद्धपछि नेपाल फर्किएनन् । पहिलो र दोस्रो विश्वयुद्धको बीचमा नेपालको जनसङ्ख्या घटेको तथ्यांकले देखाउँछ ।
 
यसबाहेक विश्वयुद्धका बेला भारतमा रहेको बेलायत सरकारको सेवामा तत्कालीन राणा प्रधानमन्त्री [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्रशमशेर]]ले १६ हजार नेपाली सेना भारत पठाएका थिए । यिनले त्यहाँका रेजिमेन्टमा सुरक्षा दिन्थे र त्यहाँ पहिलेदेखि भएका [[सैनिक युद्ध]]मा जान्थे । त्यो बेला [[नेपाल सरकार]]ले केही सय थान [[राइफल]] पनि बेलायत सरकारलाई सहयोगमा दिएको थियो । तत्कालीन कम्पनी रुपैयाँ र नेपाली महेन्द्र मल्ली गरेर करिब १ करोड रुपैयाँ पनि [[राणा सरकार]]ले बेलायतलाई सहयोग दिएको थियो ।ब्रिटिस गोर्खामा भर्ना हुने एक जवान बराबर बेलायतले नेपाल सरकारलाई एउटा राइफल दिन्थ्यो ।त्यही जम्मा गर्दा नेपाल सरकार राइफलमा धनी भएको थियो ।
 
===जबर्जस्त सेनामा भर्ती===
पङ्क्ति १९:
 
==युद्धपछि नेपाली समाजमा प्रभाव==
यसका साथै युद्धबाट फर्किएका सैनिकले केही नयाँ बस्तीहरू बसाले । नेपालमा [[तास (स्पष्टता)|तास]], [[चुरोट]], ससाना भट्टी र रक्सीको बढी चलन यसै बेलापछि बढेको मानिन्छ । गाउँघरका केटीहरू [[लाहुरे]]सँग भाग्ने क्रम पनि चल्यो । ज्यालादारी गर्ने [[भरिया]]ले पैसा पाउन थाले । युद्धमा मान्छे मारेर वा धेरै मानिस मरेको देखेर आएका हुनाले यिनले अलग किसिमको दृष्टिकोण पनि समाजमा ल्याए । नयाँ खाले खेलहरू पनि ल्याए ।
 
गाउँमा जग्गाको भाउ बढ्यो । सन् १९२३ देखि नेपालमा जग्गाको किनबेच सजिलो भएको हो । जापानी सामान पनि आउन थाले । राडीपाखी, घरबुना जस्ता स्थानीय उद्योगलाई यसले नकारात्मक प्रभाव पार्यो । बन्दीपुरे भाडा, गहनाका व्यापार यसैबेलापछि ओरालो लागेको भनिन्छ । पहाडमा पुरुष कम भएकाले यसले अन्तरजातीय र अन्तर सांस्कृतिक विवाह पनि हुन थाल्यो । यस्ता धेरै कुराले गर्दा समाज अलि खुला हुन थाल्यो । परम्परागत मुल्य पद्धतिमा लाहुरेहरूले प्रश्न गरे । अंग्रेज साहेबको जीवनबाट उनीहरूले केही कुरा सिकेका थिए । उनीहरू कसरी खान्छन्, केलाई ठीक भन्छन् भन्ने जस्ता कुरालाई उनीहरूले एक किसिमको मानक बनाए ।
पङ्क्ति ३०:
 
==नेपालीको बेकार सहभागीता==
अहिले आएर हेर्दा सबैलाई लाग्छ, नेपालले यो युद्धबाट अझै कुनै पाठ सिकेको छैन । युद्धमा नेपालको कुनै शत्रु थिएन । हामी युद्धमा सहभागी हुनुपर्ने कुनै कारण थिएन । तैपनि [[नेपाल]] युद्धमा गयो । नेपालको ध्यान [[ब्रिटिश साम्राज्य|ब्रिटिस साम्राज्य]]सँग जोगिएर आफ्नो अलग अस्तित्व कायम गर्नेमा हुनुपर्ने थियो तर शासकहरूले आफ्नो शासन सत्ता जोगाउन देशलाई युद्धमा होमिदिए ।विदेशीको सेवा गर्ने उनीहरूको दलाली गर्ने काम गरे । देशमै [[उद्योग धन्दा]]को विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने ठाउँमा जनशक्ति विदेश निर्यात गरेर ढुक्क हुने चलन अहिले पनि कायम छ । वीर गोरखाली भनेर [[विदेशी सेनामा भर्ती]] हुने कुरालाई एउटा अवसरका रूपमा व्याख्या गरियो । यति भए पनि नेपालको खासगरी पश्चिम पहाडको चित्र बनाउँदा [[लाहुरे]] बिनाको कुनै चित्र बन्दैन । ती [[लाहुरे]] पहिले ब्रिटिसका थिए, अहिले अरबका होलान् ।
<ref>([[ब्रिटिस गोर्खा सैनिक]]बारे 'बेलायती साम्राज्यका नेपाली मोहरा' पुस्तकका लेखक सुवेदीसँग यज्ञशले गरेको वार्तामा आधारित ।)
</ref>