"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, removed: incubator|dty स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २२:
 
{{DistrictsOfNepal}}
'''पर्वत जिल्ला''' सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो । विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले 'पर्वत' अन्य जिल्ला भन्दा अगाडि छ। ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन् । हरेक वर्ष [[प्रवेशिका परीक्षा|एस.एल.सी.]] उतिर्ण गर्नेको दर अन्य जिल्लाको तुलनामा उच्च छ । यो नेपालको चौथो सानो जिल्ला हो । [[गण्डकी अञ्चल|गण्डकी ]] प्रदेशका ११ जिल्ला मध्येको एक पर्वतको सिमाना [[कास्की जिल्ला|कास्की]], [[स्याङ्जा जिल्ला|स्याङ्जा]], [[बागलुङ जिल्ला|बाग्लुङ]] र [[म्याग्दी जिल्ला|म्याग्दी]]सँग जोडिएको छ । ४ सय ९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्वतमा १ लाख ५७ हजार ८ सय २६ जनसङ्ख्या रहेको पछिल्लो जनगणनाले देखाएको छ ।
 
पर्वत जिल्लाको सदरमुकाम [[कुश्मा नगरपालिका|कुश्मा]] बजार हो। जिल्लाका हरेक गाउँलाई कच्ची नै भएपनि मोटरबाटोले जोडेको छ। [[मोदीखोला जलविद्युत आयोजना]] सञ्चालनमा आएदेखि जिल्लामा बिद्युतिकरणले तिव्रता पाएको छ। नजीकैको पर्यटकीय सहर [[पोखरा उपमहानगरपालिकामहानगरपालिका|पोखरा]] र विश्व प्रख्यात पैदलयात्रा क्षेत्र [[अन्नपूर्ण संरक्षण क्षेत्र]]लाई लक्षित गरेर जाने पर्यटकलाई आर्कषित गर्न सके यो सानो-सुन्दर जिल्लाको विकास गर्न मुस्किल पर्दैन।
 
पर्वत जिल्लामा अहिलेसम्म धेरै नै नगरपालिका भएको छ। सदरमुकाम कुस्मा बजार नै यहाँको मुख्य बजार हो। [[फलेबास]], [[कार्कीनेटा]], [[लुंखु]], वल्लो [[बेनी नगरपालिका|बेनी]] त्रिबेणि, हुवास जस्ता स्थान मुख्य ब्यपारिक केन्द्र हुन।
 
[[कुस्मा]] बजार नजीकै रहेका प्रसिद्ध धार्मिक स्थल [[गुप्तेश्वर गुफा]] र [[मोदीवेनी]] देशी तथा विदेशी पर्यटकका आर्कषणका केन्द्र हुन। [[महाशिवरात्रीमहाशिवरात्रि|शिवरात्री]], [[ठुली एकादशी]]र [[बालाचर्तुदशी]] जस्ता पर्वमा यहाँ भक्तजनको भिड लाग्छ। [[पन्चासे]] ,[[हम्पालको लेक]] र [[डहरेको लेक]] यस क्षेत्रका संभावना बोकेका पर्यटकिय स्थल हुन भने दक्षिणि भेगमा अवस्थित [[शालिग्राम शिला]] उत्तिकै प्रसिद्ध छ ।
कृषि यहाँका बासिन्दाको मुख्य पेशा हो। प्रायः कृषकहरू परम्परागत खेती प्रणालीमै निर्भर छन्। बैज्ञानिक खेती प्रणालीको अभावमा मेहेनत अनुसारको आय गर्न मुस्किल छ। कृषि बाहेक सरकारी सेवा र बैदेशिक रोजगारीमा लाग्नेको संख्या पनि धेरै छ।
"https://ne.wikipedia.org/wiki/पर्वत_जिल्ला" बाट अनुप्रेषित